Hamro Sanchar

अदालतको फैसला अगाडी चुनाव सम्भव छैनः राष्ट्रिय सभा सदस्य श्रेष्ठ

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/८ गते
जाजरकोट

अदालतको फैसला अगाडी नै प्रतिनीधि सभाको निर्बाचन सम्भब नभएको राष्ट्रियसभा सदस्य भैरव सुन्दर श्रेष्ठले बताएका छन् । जिल्ला सदरमुकाम खलंगामा बिहिबार जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा राष्ट्रियसभा सदस्य श्रेष्ठले यस्तो भनाई राखेका हुन् ।

नेकपाको आन्तरिक बिवादका कारण प्रतिनीधिसभा विघटन गरेर मध्यावती निर्वाचनको घोषणा गरिएको बताउदै नेकपा ओली समुहका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले संबैधानिक अदालतको फैसला पश्चात सरकारले तोकेकै मितिमा चुनाव हुने वा नहुने भन्ने बिषयको टुङ्गो लाग्ने भनाई राखेका थिए । कानुनी मान्यता पाउन नसकेता पनि राजनैतिक रुपमा नेकपा बिभाजन भईसकेको बताउदै श्रेष्ठले संबैधानिक अदालतले प्रतिनीधि सभा पुर्नस्थापनाको फैसला गरेमा चुनाव हुन नसक्ने बताए । यदि अदालतले प्रतिनीधि सभा पुर्नस्थापना हुन नसक्ने फैसला गरेपनि विभाजित दुई नेकपाको पार्टीको नाम र चुनाव चिन्हको कानुनी टुङ्गो नलाग्दासम्म चुनाव हुन नसक्ने बताउदै श्रेष्ठले चुनावको सबै तयारी पुरा गर्न निर्वाचन आयोगलाई सुझाव दिएका थिए ।

संबैधानिक अदालतले गरेको फैसलालाई आफ्नो पार्टीले स्वीकार गर्ने बताउदै नेता श्रेष्ठले प्रतिनीधि सभा पुर्नस्थापना भएमा बिश्वासको मत लिएर पार्टीले पाँच बर्षसम्मको लागि सरकार चलाउने, संसद पुर्नस्थापना नभए निर्वाचनमा जान पार्टी तयार रहेको भनाई राखेका थिए ।

पाँचौं निर्वाचन दिबस–२०७७ को उपलक्ष्यमा जिल्ला निर्वाचन कार्यालयले सदरमुकाम खलंगामा ‘निर्वाचन आचार संहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले कार्यन्वयनमा नआउने नेपालमा धेरै ऐन कानुनहरु बन्ने गरेको भनाई राखेका थिए । निर्वाचन आचार हिता उलंघन गर्ने व्यक्ति वा दललाई हालसम्म निर्वाचन आयोगले कारबाही गर्न नसकेको बताउदै प्रमुख रावलले निर्वाचन आचार संहितालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, बिश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई मताधिकारको निर्वाध उपभोग गर्ने अबसर प्रदान गरी लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धनमा योगदान गर्ने उदेश्यले निर्वाचन आचार संहिता आबश्यक पर्ने जिल्ला निर्वाचन अधिकारी डिलबहादुर कार्कीले भनाई राखेका थिए । जाजरकोट जिल्लामा मतदान स्थल तथा मतदान केन्द्र पुर्नरावलोकन कार्यक्रम–२०७७ संचालन गरिएको जानकारी दिदै जिल्ला निर्वाचन अधिकारी कार्कीले ८५ मतदान स्थलमा ११६ मतदान केन्द्र रहेको जिल्लामा ८५ मतदान स्थल कायम गरेर १३६ मतदान केन्द्र स्थापना गरिएको जानकारी दिएका थिए ।

गत पुस ५ गते १८ बर्ष उमेर पुगेका मतदाताहरुले मात्र आगामी बैसाख १७ र २७ गते सरकारले तोकेको निर्वाचनमा मतदान गर्न पाउने जानकारी दिदै जिल्ला निर्वाचन अधिकारी कार्कीले ९५ हजार ७ सय ८४ जना मतादाताहरु मध्ये मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम २०७७ ले ७ सय ६८ जना मृत्यू भएका, १ जना नागरिकता रद्ध भएका, ११ जना दोहोरो नाम परेका र १ सय १६ जनाको बसाई सराई गरेकाको नाम सच्याएर अब जिल्लामा जम्मा ९४ हजार ८ सय ८८ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्