Hamro Sanchar

छेडागाडमा पिएनसी घर भेटघाट सम्बन्धि अभिमुखीकरण

रेशम शाही प्रकाशित : २०७७/११/८ गते
जाजरकोट

छेडागाड नगरपालिकामा सनिबार पिएनसी (सुत्केरी पश्चात गरिने हेरचाह) घर भेटघाट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा पिएनसी घर भेटघाट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

नियमित गर्भ जाँच गराउने महिलाहरुको संख्या, संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या, सुत्केरी पश्चात जाँच गराउने महिलाको संख्या र अबस्थकाबारेमा अभिमुखीकरण गरिएको थियो । कार्कीगाउँ, साल्मा, दशेरा, सुवानाउली, पजारु क र पजारु ख बाट पिएनसी घर भेटघाट कार्यक्रम सम्बन्धिको प्रस्तुती प्रस्तुत गरिएको थियो ।

आब २०७४÷०७५ देखि आब २०७७÷०८८ सम्मको तीन बर्षे प्रगतिलाई गोष्ठीमा प्रस्तुत गगरिएको थियो । नगर प्रमुख लालबहादुर महतराको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीका सहभागीले तीन बर्षको पिएनसी रिर्पोट मुल्याङ्कण गर्नुको साथै आगामी योजना तर्जुको लागि आबश्यक सुझाव राखेका थिए । वडा नं, ५ का अध्यक्ष महेन्द्रबहादुर शाही, वडा नं. ९ का अध्यक्ष गोपाल नेपाली सहभागी रहेको कार्यक्रमको संचालन अहेव दिपक खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस्