Hamro Sanchar

पाँचकाटियाको करकले भीरमा ट्याक्टर दुर्घटना, चालक र सह–चालक घाईते

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/८ गते
जाजरकोट

पाँचकाटियाको करकले भीरमा ट्याक्टर दुर्घटना हुदा चालक र सह–चालक घाईते भएका छन् । घुमारो मोडबाट ट्याक्टर तल खसेपछि चालक र सह–चालक घाईते भएका हुन् ।

खलंगाबाट बिद्युतका पोलहरु लिएर कुशे–५ दम्दाला तर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ त ००६६ नम्बरको ट्याक्टर करकलेको भीरको अन्तिम मोडबाट अन्दाजी ४० देखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरका चालक भेरी नगरपालिका–६ भेरेका ३४ बर्षिय नविन घर्ती र सह–चालक भेरी–६ तिमेलेका २१ बर्षिय डिल्लीबहादुर वुढा घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

दिउसो ३ बजेर ५० मिनेटमा दुर्घटना भएको ट्याक्टरका चालक तथा साहु नविन घर्ती सामान्य घाईते भएका छन् भने, सह–चालक डिल्लीबहादुर वुढा गम्भिर घाईते भएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् । घाईते चालक र सह–चालकलाई लिन अहिले खलंगाबाट अर्को गाडी पाँचकाटिया पठाईएको डिएसपी थापाले जानकारी दिएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्