Hamro Sanchar

न्याय खरिद बिक्री हुदैनः– जिल्ला न्यायधीश आचार्य

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/११/८ गते
जाजरकोट

यथार्त प्रमाणका आधारमा अदालतले न्याय सम्पादन गर्ने जाजरकोट जिल्ला न्यायधीश यज्ञप्रसाद आचार्यले बताएका छन् । जिल्ला कारागारमा रहेका कैदी÷बन्दीहरुसंग सनिबार जिल्ला अदालत जाजरकोटले आयोजना गरेको न्यायिक बाह्य पहुँच अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायधीश आर्यायले यस्तो बताएका हुन् ।

पैसामा न्याय खरिद बिक्री हुन नसक्ने बताउदै जिल्ला न्यायधीश आचार्यले जिल्ला न्यायधीशको कार्यसम्पादनलाई उच्च तथा सर्बोच्व अदालतका न्यायधीशले अन्तिम मुल्याङ्कण तथा फैसला गर्ने कानुनी ब्यबस्था रहेको जानकारी दिए । कारागारका कैदी÷बन्दीहरु मिसिलमा दोषी र अपराधी भएतापनि ब्यक्तिगत रुपमा दाजु–भाईको सम्बन्ध रहेको तर्क गर्दै न्यायधीश आचार्यले कैदी÷बन्दीहरुसंग मानविय सम्बन्ध कायम राख्न अन्रक्रिया गर्न आफु कारागार पुगेको बताए ।

आचार्य कैदी÷बन्दीहरुसंग अन्तरक्रिया गर्न कारागारामा पुग्ने पहिलो जिल्ला न्यायधीश हुन । न्यायधीश आचार्यसंग नाईके कुशबहादुर महतराले कानुनका दोषीहरुले जेल सजाय भोग्नु पर्ने बताएका थिए । सुनियोजित तरिकाले जेल सजाय भोग्न बाध्य बनाईका कैदी÷बन्दीहरुलाई जेल सजाय पश्चात सहजरुपमा समुदायमा पुर्नस्थापित हुन सक्ने बाताबरण सृजना हुर्नुपर्ने नाईके महतराले भनाई राखेका थिए ।

कारागारमा जेल सजाय भोगीरहेका सबै दोषी मात्र नभएर कतिपय निर्दोेषीहरुले पनि सजाय भोग्नु परिरहेको बताउदै कर्तव्य ज्यानका दोषी दीर्घबहादुर नेपालीले अनुसन्धान प्रणालीलाई बस्तुवादी बनाउनुपर्ने भनाई राखेका थिए । न्यालयबाट कैदी पुर्जी समयमै जानकारी हुनुपर्ने, उच्च र सर्वोच्व अदालतको फैसला भएको जानकारी ढिला आई पुग्नेगरेको, पुर्नरावेदनको म्याद समयमा जानकारी नहुने गरेको जस्ता समस्याहरु रहेको नेपालीले भनाई राखेका थिए ।

जिल्ला न्यायधीश आचार्यले गरेका सबै फैसलाहरुबाट अदालतप्रति नयाँ भरोसा पैदा भएको कर्तब्य ज्यानका दोषी टोपबहादुर बिकले भनाई राखेका थिए । न्यायधीश आचार्यले गरेको फैसलाबाट कमजोर आर्थिक अबस्था भएका नागरिकले पनि न्याय पाउन सक्छन भन्ने बिश्वास पैदा भएको विकले तर्क गरेका थिए ।

जिल्ला अदालतका श्रेष्तादार (उपसचिब) जगदिशप्रसाद भट्ट, प्रहरी नायव उपरिक्षक मधुकुमार थापा, बैतनी अधिवक्ता भीमबहादुर सिंह सहित अन्तरक्रिया गर्न कारागार पुगेका जिल्ला न्यायधीश आचार्यलाई कैदी÷बन्दीहरुले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

सुचना अधिकारी बलराम खड्काले दिएको जानकारी अनुसार जाजरकोट जिल्ला कारागारमा कर्तव्य ज्यानका दोषी १३ जना कैदी छन् भने, पूर्पक्षमा ३ जना बन्दी रहेका छन् । जबरजस्ती करणीमा १७ जना कैदी रहेका छन भने, पूर्पक्षमा ४ जना बन्दी रहेका छन् । जबरजस्ती करणी उद्योगमा ३ जना कैदी रहेका भने, पूर्पक्षमा १ जना बन्दी रहेका छन् । लागु औषधमा ४ जना कैदी रहेका छन् भने, पूर्पक्षमा १ जना बन्दी रहेका छन् । डाँकाचोरीमा १ जना कैदी रहेका छन् भने, पूर्पक्षमा १ जना बन्दी रहेका छन् । बहुँबिहामा १ जना कैदी रहेका छन् । ४९ जना कैदी÷बन्दी रहेको जिल्ला कारागारमा पूर्पक्षमा १० जना बन्दी रहेका छन् भने, ३९ जना कैदी रहेका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अबसरमा सुक्रबार ३ जना कैदीलाई माफी, मिनाह गरेर रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन र आचारण भएका कैदीलाई माफी मिनाह गर्न कारागार प्रशासनले गरेको सिफारिसमा नेपाल सरकारले २ जना बहुबिबाहका कैदी १ जना कर्तव्य ज्यानका कैदीलाई माफी मिनाह गरेर रिहा गरिएको थियो ।


Tagged ,
प्रतिकृया दिनुहोस्