
लोकप्रिय गायक खेम सेन्चुरी र गायिका जमुना सनमको ‘हिजो राति के के भो के के’ को भिडियो सार्वजनिक भएको छ । Sanam Creation को अफिसियल युटुव च्यानलबाट ‘हिजो राति के के भो के के’ को भिडियो सार्वजनिक भएको हो ।
चर्चित एवं लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र गायिका जमुना सनमको निकै सुमधुर आवाजमा ‘हिजो राति के के भो के के’ सजिएको छ । उक्त गीतको लय शब्द सृर्जना एवं संगित संयोजन सर्जक राजु सनमले उत्कृष्ट रुपमा गरेका छन् । रोधि वसेर गरिने माया प्रेमका कुराहरु निकै उत्कृष्ट शैलिमा गितमा दर्शाईएको छ ।
उत्कृष्ट म्युजिक भिडियोमा कुमार केसीले निर्देशन गरेका छन । प्रशान्त मगरको सहायक निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवं चर्चित कलाकारहरु तेजस रेग्मी, पुजन घिमिरे, अर्जुन गौतम, विना विश्वकर्मा, सिर्जना किराती लगायतका थुप्रै कलाकाहरुले अभिनय गरेका छन ।
उत्कृष्ट म्युजिक भिडियो दोहोरी बसेको शैलीमा थुप्रै चर्चित कलाकारहरुको साथमा छाँयाङ्कण गरिएको छ । अजय रेग्मीले गितको म्युजिक भिडियोमा छाँयाङ्कण गरेका हुन भने, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोसः–