Hamro Sanchar

अनेम संघ, जाजरकोट पालिका स्तरीय संघर्ष समिति गठनमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/२१ गते
जाजरकोट

प्रचण्ड–नेपाल समुह नेकपा निकट अखिल महिला संघ, जाजरकोट पालिका स्तरीय संघर्ष समिति गठन प्रकृयामा जुटी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटित प्रतिनीधि सभाको पुर्नस्थापना गर्न अनेम संघ, जाजरकोटले जिल्ला र पालिका स्तरीय संघर्ष समिति गठन प्रकृयामा जुटी रहेको हो ।

केहि दिन पहिला एक हजार एक सदस्य जिल्ला स्तरीय संघर्ष समिति गठन गरेको अनेम संघ, जाजरकोटले यतिवेला पालिका स्तरीय संघर्ष समिति गठन गरिरहेको जिल्ला स्तरीय संघर्ष समितिकी संयोजक कृष्ण शाहले जानकारी दिईन् । संयोजक शाहले दिएको जानकारी अनुसार आईतबार बारेकोट गाँउपालिकामा सिर्जना बस्नेतको संयोजकत्वमा एक सय ६० सदस्यीय संघर्ष समिति गठन गरिएको छ । २ सय महिलाहरुको भेलाले बारेकोटमा ९ सदस्य संघर्ष समिति परिचालन समिति तथा सचिबालय गठन गरेको संयोजक शाहले जानकारी दिईन ।

त्यसैगरी नलगाड नगरपालिकामा सोमबार ३ सय महिलाहरुको भेलाले देवी मल्लको संयोजकत्वमा २ सय ५१ सदस्य नगर संघर्ष समिति गठन गरेको संयोजक शाहले जानकारी दिईन । उनले दिएको जानकारी अनुसार नलगाड नगरपालिकामा १५ सदस्य संघर्ष समिति परिचालन तथा सचिबालय गठन गरिएको छ ।

संयोजक शाहले दिएको जानकारी अनुसार अनेम संघ, जाजरकोटले यहि माघ २४ गते छेडागाड नगरपालिकामा, २५ गते शिवालय गाउँपालिकामा र २६ गते भेरी नगरपालिकाका महिलाहरुको भेला गरि प्रशिक्षण संचालन गर्नुको साथै संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको छ । जुनीचाँदे र कुशे गाउँपालिकामा गरिने कार्यक्रमको भने मिति भने तय भई नसकेको संयोजक शाहले जानकारी दिएकी छन् ।

अनेमसंघको उक्त कार्यक्रममा पुर्व सांसद तथा सभासद रीता रावल, नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेत प्रवक्ता राममाया हमाल, बारेकोट गाँउपालिकाकी उपाध्यक्ष ओमा शाही लगायतका महिला नेतृहरुले असंवैधानिक कदमका विरुद्ध एकजुट हुन सवै अगुवा महिलाहरुलाई निर्देशन दिएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्