Hamro Sanchar

चोरी भएर हराएका मोटरसाईकल खोजीगरी प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१९ गते
जाजरकोट

चोरी भएर हराईका मोटरसाईकलको खोजीकार्यलाई जाजरकोटको प्रहरीले तिब्रता दिएको छ । फेला पारेका दुई वटा मोटरसाईकललाई प्रहरीले सोमबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

फरक–फरक मिति र फरक–फरक स्थानबाट चोरी भएका मोटर साईकलको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट सनिबार खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका–१ मा दुई वटा मोटर साईकल फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए । फेला परेका मोटर साईललाई सोमबार सम्बन्धित व्यक्तिलाई बुझाईएको डिएसपी थापाले बताए ।

डिएसपी थापाले दिएको जानकारी अनुसार एउटा मोटरसाईकल नलगाड नगरपालिका–१ अनापानी स्थित सार्वजनिक जंगलमा र अर्को मोटर साईकल बैरीताल स्थित झाडीमा लुकाई राखेको अबस्थामा प्रहरीले फेला पारेको थियो । सुर्खेत चौकुने गाउँपालिका–९ का सन्तोष कुमार शाहीको नाममा रहेको लु ६२ प १६०८ नम्बरको १५० सिसीको पल्सर मोटरसाईकल र सुर्खेत भेरीगंगा नगरपालिका–१२ का महेन्द्र बस्नेतको नाममा रहेको कर्णाली प्रदेश ०–२–००१९२४ नम्बरको १५० सिसीको मोटरसाइकल सोमबार सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

उक्त मोटरसाइकल सम्बन्धि आवश्यक अनुसन्धान प्रहरीले जारी राखेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्