Hamro Sanchar

केपी ओली समुह नेकपा, जाजरकोटको संयोजकमाः–बटाला

–२४७ सदस्य जिल्ला कमिटी गठन, ११ केन्द्रिय सदस्य, ३ प्रस्तावित केन्द्रिय सदस्य, जिल्ला सुकुम्बासी आयोगको अध्यक्षमा सिंहको नाम सिफारिस, २९ जनाको नाम प्रदेश कमिटीमा सिफारिस, जिल्लाका सात वटै पालिकाको संयोजक र सह–संयोजकको जिम्मेवारी किटान

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
जाजरकोट

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जाजरकोटको संयोजकमा गोपाल बटालालाई चयन गरिएको छ । मंगलबारदेखि जिल्ला सदरमुकाम खलंगामा सुरु भएको जिल्ला कमिटीको बैंठकले बटालालाई संयोजक चयन गर्नुको साथै विभिन्न पद तथा जिम्मेवारीको बाँडफाँड गरेको हो ।

तीन दिनसम्म सदरमुकाम खलंगामा चलेको बैंठकले बटालाको संयोजकत्वमा २ सय ४७ सदस्य जिल्ला अबिधेशन आयोजक समिति गठन गरेको केन्द्रिय सदस्य रत्नप्रसाद शर्मा न्यौपानेले जानकारी दिए । केन्द्रिय सदस्य न्यौपानेले दिएको जानकारी अनुसार जिल्ला अबिधेशन आयोजक समितिको सह–संयोजकमा नारायण घर्ती, भक्तबहादुर बस्नेत, जनकबहादुर शाही र कमारा चदारा रहेका छन् । जिल्ला अबिधेशन आयोजक समिचिको सचिबमा गोपाल नेपालीलाई चयन गरिएको छ भने, सह–सचिबमा रत्नबहादुर रोकायलाई चयन गरिएको छ ।

भैरब सुन्दर श्रेष्ठ, गोविन्द विक्रम शाह, रत्नप्रसाद शर्मा न्यौपाने, डम्बरबहादुर सिंह, लालबहादुर महतरा, कौशिला खत्री, चन्द्रप्रकास घर्ती, बेदबहादुर शाही, लालबहादुर थापा, धर्मबहादुर शाही र जेवी शाही गरी ११ जना केन्द्रिय सदस्य भएको जाजरकोटबाट जिल्ला कमिटी बैठकले केन्द्रिय सदस्यमा थप गर्न हेरम्बबहादुर शाह, प्रेमप्रसाद घर्ती र कालु हमालको नामलाई सिफारिस गर्ने निर्णय भएको अर्का केन्द्रिय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । बैठकले जिल्ला सकुम्बासी आयोगको अध्यक्षमा नवराज सिंहलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय भएको केन्द्रिय सदस्य सिंहले बताए ।

त्यसैगरी जिल्ला कमिटी बैंठकले प्रदेश कमिटीको सदस्यमा राख्नलाई नवराज सिंह, वीरबहादुर गिरी, खिमबहादुर शाही, गणेश थापा, धनबहादुर वुढा, डिल्ली सिंह, सुनिता बोहरा, लक्ष्मी प्रसाद शर्मा, कृष्ण गिरी, डम्बरबहादुर बस्नेत, अमर सिंह, विष्णु पुन, गणेशप्रसाद शर्मा, अंगतबहादुर शाही, जीतबहादुर थापा, गौरी कार्की, तारा शाक्य, नगेन्द्र शाह, मित्रगणेश श्रेष्ठ, नैनसरा शाही, तुल्सीप्रसाद रेग्मी, गीता सिंह, भावना भण्डारी, टीका बिसी, कुमारी थापा, सिरता वली र महेन्द्रबहादुर शाही गरी जम्मा २९ जनाको नाम सिफारिस गर्ने निर्णय भएको केन्द्रिय सदस्य सिंहले जानकारी दिए ।

प्रदेश कमिटी सदस्य र जिल्ला कमिटिका सदस्यहरुलाई सपथग्रहण गराउनुको साथै बैठकले जिल्लाका सात वटै पालिकाका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको नेता सिंहले बताए । नेता सिंहले दिएको जानकारी अनुसार भेरी नगरपालिकाको संयोजकमा टेकबहादुर गिरी रहेका छन् भने, सह–संयोजकमा विश्व विक्रम शाह, हिरा प्रसाद शर्मा र भीमबहादुर चन्द रहेका छन् । छेडागाड नगरपालिकाको संयोजकमा जयराम न्यौपाने रहेका छन् भने, सह–संयोजकमा अमरबहादुर थापा र मानबहादुर केसी रहेका छन् । नलगाड नगरपालिकाको संयोजकमा जनकबहादुर शाही रहेका छन् भने, सह–संयोजकमा जीतबहादुर मल्ल, ओम बुढा र अनिल रावल रहेका छन् ।

त्यसैगरी शिवालय गाउँपालिकाको संयोजकमा हरिबहादुर थापा रहेका छन् भने, सह–संयोजकमा चित्रप्रसाद रेग्मी र गंगबहादुर शाही रहेका छन् । जुनीचाँदे गाउँपालिकाको संयोजकमा रामबहादुर नेपाली रहेका छन् भने, सह–संयोजकमा रुप बहादुर बस्नेत र जगत शर्मा रहेका छन् । त्यसैगरी कुशे गाउँपालिकाको संयोजकमा जयबहादुर विक रहेका छन् भने, सह–संयोजकमा दीर्घबहादुर सिंह, कृतिबहादुर शाही र हरिबहादुर सिंह रहेका छन् । बारेकोट गाउँपालिकाको संयोजकमा भक्तबहादुर बस्नेत रहेका छन् भने, सह–संयोजकमा प्रेमबहादुर सिंह, लक्षमण बोहरा, कविराज पुन र टेकबहादुर सिंह रहेका छन् ।

प्रतिकृया दिनुहोस्