Hamro Sanchar

प्रचण्ड–नेपाल निकट अनेम संघले जाजरकोटमा गठन गर्यो १ हजार १ सदस्य संघर्ष समिति

संघर्ष समितिको अध्यक्षमा कृष्ण शाह

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/१२ गते
जाजरकोट

जाजरकोटमा प्रचण्ड–नेपाल समुह नेकपा निकट अखिल नेपाल महिला संघले एक हजार एक सदस्य संघर्ष समिति गठन गरेको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजित प्रशिक्षण भेलाले एक हजार एक सदस्य संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिको अध्यक्षमा प्रचण्ड–नेपाल समुह नेकपा कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण शाहलाई चयन गरेको छ ।

नेपाली जनताको सर्वोच्व निकाय प्रतिनीधि सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेर असंबैधानिक तरिकाले निर्वाचनको मिति घोषणा गरेको बताउदै संघर्ष समितिकि अध्यक्ष शाहले असंबैधानिक कदमका विरुद्ध संघर्ष गर्न तथा प्रतिनीधि सभा पुर्नस्थापनाको लागि महिलाहरुले दवाव दिन जिल्लामा एक हजार एक सदस्य संघर्ष समिति गठन गरिएको बताईन् । एक हजार एक सदस्य जिल्लाको संघर्ष समितिलाई परिचालन तथा समन्वय गर्न १३ सदस्य सचिबालय गठन गरिएको जानकारी दिईन । जिल्ला स्तरीय १३ सदस्य सचिबालयमा कृष्ण शाह, प्रमिला सिंह, कमला शाही, राममाया हमाल, ज्ञानु लामिछाने, शिवा आचार्य, कृष्ण सिंह, धर्मशिला बस्नेत, देवी नेपाली, ओमा शाही, चन्द्रकला अधिकारी, सरस्वती विष्ट, नारायणी मल्ल रहेको अध्यक्ष शाहले जानकारी दिईन ।

त्यसैगरी अध्यक्ष शाहले जिल्लाका सबै नगर तथा गाउँपालिकामा पनि संघर्ष समिति परिचालन कमिटी निर्माण गरिएको बताईन् । शिवालय गाउँपालिकामा बालकुमारी बस्नेत, भिमकुमारी कठायत, भगवती घर्ती शाही, सिता पुन, लक्ष्मी केसी, झुपा शाहीले संघर्ष समितिलाई परिचालन गर्ने छन् भने, छेडागाड नगरपालिकामा टिका वुढा, कविता जैसी, विष्णु खड्का, डिलसरा अधिकारीले परिचालन गर्ने भएका छन् । त्यसैगरी जुनीचाँदे गाउँपालिकामा सिता बस्नेत र गोरीकला बस्नेतले परिचालन गर्ने भएका छन भने, कुशे गाउँपालिकामा भवानीसरा हमाल, धनमाया शाही, सरस्वती विष्ट र सिता विकले परिचालन गर्ने भएका छन् । नलगाड नगरपालिकामा तारा रावल, लक्ष्मी शर्मा, तारा पुन, लक्ष्मी विक र गोपी विकले परिचालन गर्ने भएका छन् भने, भेरी नगरपालिकामा सिला विश्वकर्मा, अमृता वली, कमला केसी, मुन्नी कुमारी सुनार, लक्ष्मी जैसी, हरिकला जैसी, कविता शाह र खिमा खत्रीले परिचालन गर्ने भएका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिकामा सृजना बस्नेत र जैकला वलीले परिचालन गर्ने भएका छन् । अध्यक्ष शाहले दिएको जानकारी अनुसार उक्त संघर्ष समिति प्रतिनीधि सभा पुर्नस्थापना पश्चात कामको मुल्याङ्कणका आधारमा पार्टीका अन्य जनवर्गिय संगठनमा परिणत गर्न सकिने बताईन् । उनले जिल्लामा गठन गरिएको एक हजार एक सदस्य संघर्ष समितिलाई संसद पुर्नस्थापना पश्चात अनेमसंघको जिल्ला कार्यसमितिमा परिणत हुन नसक्ने बताईन् । अध्यक्ष शाहले दिएको जानकारी अनुसार यहि माघ १८ गते भित्रै जिल्ला सबै गाउँ तथा नगरपालिकामा अनेम संघले पालिका स्तरीय संघर्ष समितिको गठन गरि परिचालन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रचण्ड–नेपाल समुहको नेकपा निकट दलित मुक्ति संगठनले पनि सोमबार नै जिल्ला सदरमुकाम खलंगामा प्रशिक्षण भेलाको आयोजना गरेको थियो । उक्त प्रशिक्षण भेलाले मधुकर नेपालीको संयोजकत्वमा २५ सदस्य संघर्ष समिति गठन गरेको शान्ता विकले जानकारी दिएकी छन् । विकले दिएको जानकारी अनुसार उक्त संघर्ष समितिले पनि प्रतिनीधि सभा पुर्नस्थापनाका लागि सडक संघर्षमा दलित समुदायलाई परिचालन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्