Hamro Sanchar

नेपाल मगर संघ, जाजरकोटको पाँचौ जिल्ला अबिधेशन सम्पन्न

२३ सदस्य जिल्ला कार्यसमितिको अध्यक्षमाः–धिरेन्द्र पुन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/११ गते
जाजरकोट

जाजरकोट जिल्लामा २०५२ सालमा स्थापना भएको नेपाल मगर संघको पाँचौ जिल्ला अबिधेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार नेपाल मगर संघ, जाजरकोटको पाचौं जिल्ला अबिधेशन सम्पन्न भएको हो । सम्पन्न पाँचौं जिल्ला अबिधेशनले अध्यक्ष पदममा धिरेन्द्र पुनलाई सर्बसहमत चयन गरेको छ ।

अबिधेशनले जिल्ला अध्यक्ष लगाएतका २३ सदस्य जिल्ला कार्यसमितिलाई सर्बसहमत चयन गरेको हो । सर्बसहमत चयन भएको जिल्ला कार्यसमितिको उपाध्यक्षमा रिता पुन र दिपेन्द्र पुन, सचिबमा कृष्णबहादुर थापा, सहसचिबमा नरेन्द्र घर्ती, कोषाध्यक्षमा प्रविना थापा मगर, सह–कोषाध्यक्षमा धनसरा पुन रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा भविलाल पुन, तेजबहादुर वुढा, अमृत घर्ती, तारा घर्ती, लक्ष्मण पुन, हर्कबहादुर पुन, प्रेमबहादुर थापा, पदमे राना, विरवल पुन, गणेश थापा, शान्ति पुन, भगवान घर्ती, खम्बप्रसाद घर्ती, प्रमिला वुढा, धनसरा कुमारी थापा र डिलबहादुर पुन रहेका छन् ।

पाँचौं जिल्ला अबिधेशनको उद्घाटनमा अबिधेशन सफलताको शुभकामना मन्तव्य भेरी ज्ञानोदय क्यापस प्रमुद चन्द्रबहादुर वुढा, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्ती, टोपबहादुर थापा, भुमिलाल रोकाय, ढकवीर राना, नेपाल आदिबासी जनजाती महासंघ, कर्णाली प्रदेश उपाध्यक्ष गोविन्द वुढा, नेपाल मगर संघ, कर्णाली प्रदेशका सचिब भक्तबहादुर थापा, अध्यक्ष आसुराम, केन्द्रिय सदस्य खगेन्द्र पुन, केन्द्रिय उपाध्यक्ष तेजबहादुर तारामी मगरले राखेका थिए । कार्यक्रमको बिच बिचमा मगरहरुको सँस्कृति झल्किने साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

स्वायत्त प्रदेशको माग राख्दै सम्पन्न भएको पाँचौं जिल्ला अबिधेशनमा जाजरकोट जिल्लामा झण्डै २० हजार मगर समुदाय रहेको चर्चा गरिएको थियो । अरुको अधिकार खोस्दैनौं आफ्नो अधिकार छोड्दैनौं भन्ने नारा सहित सम्पन्न गरिएको पाँचौं जिल्ला अबिधेशनमा मगर समुदायको अधिकारलाई सुनिश्चित गर्न सत्ता सन्चालनको तहमा मगर समुदायको उपस्थितिलाई सशक्त बनाउनुपर्ने दावी गरिएको थियो । पुर्खादेखि हालसम्म जाजरकोट जिल्लामा मगर समुदायबाट उल्लेखिय जनप्रतिनीधि हुन नसकेको चर्चा गरिएको थियो । मगर समुदायबाट बिरबल पुन रामीडाँडाका प्रधानपञ्च, भद्रवीर पुन लहँका उपप्रधानपञ्च, बीरबहादुर पुन रामीडाँडाका प्रधानपञ्च, मीनबहादुर घर्ती पैंकका प्रधानपञ्च, तुलाराम घर्ती ढिमेका उपप्रधानपञ्च र जिल्ला सदस्य, गोबर्धन पुन डाँडागाउँका प्रधानपञ्च, मनसुर घर्ती पुन्मका प्रधानपञ्च, कमारा थापा खलंगाका उपप्रधानपञ्च, मेघबहादुर थापा खलंगाका उपप्रधानपञ्च, नरबहादुर पुन रामीडाँडाबाट जिल्ला सदस्य, जयबहादुर थापा डाँडागाउँ गाविस अध्यक्ष, कमान थापा रामीडाँडा गाविस अध्यक्ष, कुशबहादुर वुढा रामीडाँडा गाविस उपाअध्यक्ष, रत्नबहादुर वुढा रामीडाँडा गाविस उपाअध्यक्ष, टोपबहादुर थापा खलंगा गाविस अध्यक्ष, खडक बहादुर रोकाय रोकायगाउँ अध्यक्ष र जिल्ला सदस्य, भिमबहादुर पुन डाँडागाउँ गाविस अध्यक्ष, बिष्णु पुन रोकायगाउँ अध्यक्ष र जिल्ला सदस्य र चन्द्रप्रकास घर्ती भेरी नगरपालिकाको प्रमुख हुन सफल भएको चर्चा गरिएको थियो । उक्त जिल्ला अबिधेशनमा नगन्ने मात्रमा वडा अध्यक्षहरु हुन सफल भएको चर्चा गर्दै निर्वाचित जनप्रतिनीधिहरुले पनि मगर समुदायको हितमा काम गर्न नसकेको गुनासाहरु व्यक्त गरिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्