Hamro Sanchar

राष्ट्रिय युवा संघ नेपालद्धारा जाजरकोटमा मसाल जुलुस

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१०/८ गते
जाजरकोट

प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले जिल्ला सदरमुकाम खलंगामा मसाल जुलुस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेर घोषणा गरेको निर्वाचन मितिको बिरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटले बिहिबार मसाल जुलुस गरेको हो ।

प्रतिनीधि सभा बिघटन गरेर मध्यावती निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिगामी तथा असंबैधानिक कदम भएको बताउदै त्यसका विरुद्ध मसाल जुलुस गरिएको राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटका ईन्चार्ज मोहित बिसीले जानकारी दिए । पार्टीले तयार गरेको संघर्षका कार्यक्रम अनुसार राष्ट्रिय युवा संघ नेपालले आज देश व्यापी रुपमा मसाल जुलुस गरेको जानकारी दिदै ईन्चार्ज बिसीले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा भोली शुक्रबार जाजरकोटको सदरमुकाम खलंगामा विरोध सभाको आयोजना गरिएको जानकारी दिए ।

बेलुका साढी ६ बजेतिर सिटिजन बैंक नजिकबाट निकालिएको मसाल जुलुसलाई राष्ट्रिय युवा संघ नेपाल, जाजरकोटले ठाँटी बजारमा लिएर कोणसभामा गरेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्