Hamro Sanchar

प्रिय उषा तिमीप्रति लाखौं श्रद्धासुमन

जानुका धमला प्रकाशित : २०७७/९/२७ गते

आजकाल घरको भिताहरु चिसो लाग्छन । देउराली चौतारीहरु शुन्य शुन्य छन उषाको न्यानो छाउदै गर्दा भालेको डाडोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे । एक समय थियो हाम्रो घरको भिताहरुले पनि क्रान्तिको राप ओकलेको आभाष गर्ने म खै आजकाल शुन्यतामा छु अतितसँग रमाउन नसकेर अतालिन्छु । अनि फेरी खोज्छु क्षितिजमा हराएको मेरो प्यारो उषा । सायद बिपनाहरु सपनामा फेरिएको भए झुल्के घामले रातो तातो राप दिएको भए मेरो घरको मात्रै होइन गरिब दुखी गरिबको घरको भिता पनि तातो हुन्थ्यो होला सायद । झुल्के घामलाई कालो बादलले छोपिदियो । मेरा प्यारा मान्छेहरु तिमीहरुसँगको सहकार्य विगतको एउटा अनौठो अनुपम प्यार किन यति सामिप्यताको आभाष गर्छु म मेरो विगतसँग ? मेरो उषाहरुको सपनालाई सत्ता र शक्तिसँग नसाटेको भए अझै पनि गरिबका दोबाटोहरुले तिम्रो पदचापको अभाव महशुष गर्नु पर्दैन थियो । तिम्रो बलिदानले झुल्कीएको रातो घाम फेरी रातो भएर उदाएन ग्रहणको आबरणमा पो अर्के छिद्रामा देखा पर्यो ।

मेरो घरका क्रान्तिकारी कथाहरु लेख्दै गर्दा मेरो नसाका धमनीहरुमा रगतको सट्टामा आँशुको प्रवाह भैरहेको पनि आभाष गर्छु । कसरी लेखौ मेरो घरको कथा म खै ? बहिनी उषा थापाको बलिदानको कथा हो, आजको बसाई । २०३९ सालमा बुबा हेम बहादुर थापा र आमा मैया थापाको कोखबाट २ दाजु पछिको उनको जन्म भएको थियो । महाकाली गाविस वडा नम्बर ५ हालको शिवपुरी गाँउपालिकामा वडा नम्वर ५ मा भएको हो । क.उषाको राजनैतिक गुरु उहाँको बुबा आमा, दाजु आनन्द कुमार थापा हुनुहुन्थ्यो ।

पहिलो पटक उनीसँग भेट हुँदा उनी स्कुलमा पढने विधार्थी थिइन । गाँउ घरमा फैलिएको क्रान्तिको लहरले उनलाई उनीलाई अछुतो राख्न सकेन २०५८ सालमा सिक्रेमा भएको एनजीओ को कारवाही पछि उनी प्रशासनको आँखामा परिन । उनको दाई आनन्द कुमार थापा पुर्णकालिन भएपछि स्कुलबाट नै पुलिसले गिरफतार गर्ने योजना बनाएको थियो तर, पटक पटक बिफल भयो उनीहरुको योजना । सँकटकाल लागु भएपछि भने उनी घरमा बस्ने अवस्था रहेन अन्तत २०५८ मंसिरमा माओवादी पार्टीमा पुर्णकालिन सदस्य हुनभयो ।

देश संकटकालमा घर गाँउ तिर बस्ने अवस्था नै भएन सिआडी सुराकीका कारण उहाँलाई नुवाकोटबाट रसुवा कार्यक्षेत्रमा पठाइयो । रसुवाको बसाईमा धेरै नै विरामी भएपछि उहाँ नुवाकोट फर्कनु भयो । गम्भीर प्रकारको विरामीको कारण उहाँलाई थप उपचारको लागि काठमाडौ लैजानु पर्ने भयो । उपचारको क्रममा पनि उहाँलाई सेनाको सुराकीहरुले निकै नै खोजी गरे दाई प्रदिप थापाले उहाँलाई विभिन्न बहानामा अस्पतालबाट गिरफतार हुनबाट बचाँउनु भयो । रोग निको भएर घर आउने क्रममा उहाँलाई काठमाडौंको शेषमती पुलबाट सुराकीको कारणले शाही सेनाहरुले गिरफतारी गरेर बालाजुमा रहेको सैन्य क्याम्पमा राखिएको थियो । १५ दिन पछि मानव अधिकारकर्मीहरुको पहलमा उहाँ त्यहाँबाट निस्कनु भयो पुर्ण पार्टीको सम्पर्कमा जानु भयो । सानै उमेरमा क्रान्तिप्रतिको त्यो लगाबको कारण उहाँले क्रान्तिमा नै सपाना देख्नु भयो र फेरी पनि परिवर्तनको बाटोमा नै अगाडी बढनु भयो ।

देशमा बर्बरतन्त्र शुरु भएको थियो । कथित संकलकाल लगाएर गाँउका सिधासाधा जनतालाई आतंककारीको नाममा दिन प्रतिदिन हत्या गर्ने, मार्दै थियो राज्य । गाँउ गाँउमा शाही सेनाहरुले गस्ती गर्थे । गाँउमा सिआडी सुराकीहरु निकै बढेका थिए । त्यो बेला जनयुद्धलाई निमिटयान बनाउन लाग्नेहरु अहिले बडेमानको क्रान्तिकरी भएका छन । गाँउ गाँउमा परिचालन भएको सुराकीको कारण समुन्द्रटारको एक घरमा सेल्टरमा लिएर बसिरहेको बेलमा उनीलाई गिरफतार गरयो तत्कालीन शाही सेनाले । उनी बिरामी भएर सेल्टरमा आराम गरिरहेकी थिइन । उनलाई पहिलेको रोगले सताएको थियो पाल्सरोग र अत्याधिक रक्तस्रापको कारण उनी निकै कमजोर भएकी थिइन । बिरामी अवस्थामा उनीलाई पक्रिएर गाँउ गाँउ घुमाए शाही सेनाहरुले संगै सुराकी गर्न पनि लगाए उनीलाई राम्रोसँग थाहा थियो । सुन्दरादेबीमा जिल्ला कमिटीको बैठक बसिरहेको थियो । सेनाहरु आउनेबाटो सातबिसे आसपास एम्बुसहरु बिछाइएको थियो तर, उनले त्यो गोपनियतालाई खुलाइनन आफु सकिएर नेतृन्वलाई बचाइन । यदि उनले आत्मसमपर्ण गरेको भए उनी बाच्ने थिइन तर, उनले त्यसो गरिनन । त्यो अवस्थाबाट बाचेका नेतृत्वहरुले उनीहरुको बलिदानलाई भ¥याङ्ग बनाएर सत्तामा पुगे र सत्ताको आँखीझ्यालबाट मनोरन्जन लिरहेका छन ।

गिरफतार पश्चात उनलाई गाँउ गाँउमा लगेर सुराकी गर्न लगाइयो तर उनले कसैलाई पनि सुरकी गरिनन । उनले सोचिन होला सायद गद्दारी भन्दा बलिदान लाखौ गुणा मुल्यान हुन्छ भनेर । त्यो बेला उनलाई आफुलाई अततायीहरुले मार्छन भन्ने निश्चित भएको थियो त्यसैले उनले आफुले कानमा लगाएका सुनको टप अर्जुन श्रेष्ठ (जो हाल बेपत्ताको सुचिमा हुनुहुन्छ.) उहाँको बुबा आमालाई सेनाहरुले नदेख्ने गरी खसालेर दिएकी थिइन रे आँखाको इसारले आमालाई दिनु है भन्दै । छोरा छोरीको बिछोडमा तडपिएको मेरो आमाको हृदय विदारक कथा पनि बयान गर्ने शब्द नै छैन । अहिले पनि आमा बाबाले त्यो बिगतलाई सम्झदै रुनु हुन्छ ।

जब सेनाहरु समुन्द्रटारबाट ढाडे हुर्दै सातबिसे स्कुलमा जम्मा भए पहिलोपल्ट नपडकीएको एम्बुस दोस्रो पटक पक्कै पडकिन्छ भनेर उनी फेरी सेनालाई लिएर एम्बुस भएको ठाउँमा गइन उनीलाई माइन राखेको ठाँउ पनि थाहा थियो । त्यहाँ उनीले सेनालाई भनिन रे म तपाईहरुलाई हतियार भएको ठाँउमा लिएर जान्छु पछि पछि आउनु, सेना पछि पछि लागे जसले त्यो एम्बुसको कमण्ड गरेको थियो त्यो कमरेडले यो सबै दृष्यहरु देखेर पनि एम्बुस बिस्फोट गरेनन रे यदि त्यो एम्बुस पडकाए भने म पनि त्यही एम्बुसमा परेर मर्छु र मैल बलत्कार जस्तो जघन्य पिडा सहनु पर्दैन भनेर उनले अर्काे आट गरिन । त्यहाँ उनी माथि मज्जाको झेल भयो फेरी किन एम्बुस विस्फोट गरिएन त्यो भने सोचनिय कुरा छ ।

जब एम्बुस बिस्फोट नभए पछि उनी त्यहाँबाट फकिर्न थाले पछि भने शाही सेनाले निकै यातना दियो रे समुन्द्रटार सातबिसे खरानीटार सबै तिरका जनताले राम्रोसँग चिन्थे उनलाई यति यातना दिइयो की उनी बसेको ठाँउबाट उठन समेत नसक्ने गरी बन्दुकको कुन्जाले कुटीकुटी अर्धकल्चो शरिर बनाए तर पनि उनले पार्टी नेतृत्व र आफनो साथीहरुको बारेमा केही शब्द भनिन । अर्धकल्चो शरिरलाई घिसार्दै घिसार्दे रामहरी पण्डिको घरमा लिएर गए रातभरी रक्त पिपासुहरुको सामुहिक बलत्कार पश्चात अर्धनग्न अचेत शरिरलाई सातबिसे खोलामा ढुगामा राखेर तिम्रो हत्या भएको दिन आज १८ वर्ष पुगेछ ।

प्रिय उषा १८ वर्षमा सातबिसेको खोलाहरुमा धेरै पानी बगिसकेको छ । तिमीले मृत्यु जस्तो कठोर र भयानक सत्यलाई जितेर प्राप्त गरिएको संघीय लोकतान्त्रीक गणतन्त्र माथी कु भएको छ । तिमीले सर्बहारा वर्गको लागि जुन चमक देखेर भौतिक शरिरको बलिदान गर्यौं । त्यो सपनामा अधुरो अपुरो नै छ ।

कम्युनिष्ट हुनु भनेको संसारको सबै भन्दा असल मानिस हुनु हो तिमी सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्यौं । तिम्रो भागमा लोभ पाप लालचा कहिल्यै परेन त्यही कारणले पनि तिमी महान् बन्यौं । तिमीले थुप्रै सर्वहारा साथी कमायौं । तिमी अनिकालको बेलामा बचेको एक बिउ औसीको रातको एक जुनकिरी मेरो जीबनको विकट पहराको एक सुनाखरी । प्रिय उषा तिमी प्रति लाखौ श्रद्धासुमन, लाखौँ श्रद्धान्जली ।

प्रतिकृया दिनुहोस्