Hamro Sanchar

स्मृतीमा हेड सर ‘कृपाश्वर’

जानुका धमला प्रकाशित : २०७७/९/२६ गते
युराेप

पराइको देशमा आप्रवासी भएर जीबन यापन गरिरदा पनि बिगतको त्यो त्याग समपर्णको सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरुसँग सोच्न रमाउने फुसर्द नै मिल्दैन । मेशिनले जसरी काम गर्नु पर्ने यो परदेशको पनि आफनै नियमहरु छन । भोगेका हरेक पिडाहरु सुन्दर हुनै पर्छ भन्ने छैन र सुख भनिएका सबै खुशीहरुले आनन्दता वा सुन्दरता प्रदान गर्छन भन्ने पनि नहुदो रहेछ ।

वगिर्य मुक्तिको खातिर देखिएको ज्वजोल्यामान सपनामा मैले पनि अरु सह योद्धाहरुले जस्तै जीबनमा धेरै असल राम्रा मान्छेहरुको संगत असल मानिसले जहिल्यै अरुलाई पनि असल र सत्मार्ग प्रसस्त गरेका हुन्छन । म बारबार लेख्ने गर्छु जो सत्कर्म गरेर संसारबाट भौतिक रुपमा विदा भएका छन उनीहरुले दिएको असल शिक्षाको कारण युगौै युगसम्म पनि असल गुरु चेलाहरुको मन मष्तिकमा सधै बाँचिरहेकै हुन्छन । तेस्तै मेरो यो पटकको मानस पटलमा बस्ने मेरो आदरणीय गुरु मेरो सैन्य जीबनको राजनैतिक कमिसार कमाण्डर हुनुहुन्छ । मैले अध्ययन गरेको क्रान्तिकारी विश्व बिद्यालयको हेडसर कृष्ण प्रसाद दहाल क.कृपाश्वर ।

आम्दानीको कुनै स्रोत र खाने, सुत्ने, बस्ने ठेगान नहुदाँ पनि आफ्नो क्रान्तिकारी कार्यकर्ताहरुको बिचमा रही ‘पार्टी नै मैरो लागि सबथोक हो भनी त्यसमा समर्पित भई र क्रियाशील भई आफुलाई अनि आफ्नो जीवनको बाँकी भागलाई पनि क्रान्तिको सपनामा बाँचेर हिँडिराख्नु भएको क कृपाश्वर साँच्चिकै लडाकु संघर्षशील, क्रान्तिकारी, लेखक, कुशल संगठक र असल शिक्षक र गौरबशाली इतिहास कायम गर्ने जनमुक्ति सेना नेपालको राजनैतिक कमिसार असल नेता हुनहुन्थ्यो । उहाँले पुर्वी नेपालमा माओवादी आन्दोलन र जनमुक्ति सेनाको फर्मेशनमा महत्वपूर्ण योजगदान पु¥याउनु भएको छ ।

जीबनको यो बिन्दु जहाँ आँशु हर्षका मनोभावहरुले पुल्लित छ । विगतमा भएको माओवादी आन्दोलनले साच्चै लालगद्दार लालदासहरु पनि जन्मायो । आज तपाईको सम्झनामा अक्षरहरु कोर्दै गर्दा लाग्छ साच्चै तपाई जीवित रहनु भएको भए कसलाई पो नेता मान्नुहुन्थ्यो होला ? तपाईको अभाब हामीलाई पलपल महसुष हुँदोरहेछ । कति सरल बिनम्र थियो तपाईको जीबनशैली । अकुतमा बाँचेका आफुलाई क्रान्तिकारी भन्न मनपराउनेहरुले तपाईको जीबनबाट कहिल्यै पनि सिक्ने इच्छा नै राखेनन ।

माली गाविस हालको जिरी नगरपालिक अन्तर्गत यलुङ्ग निमाबिको प्रधानाध्यापक एउटा शिक्षक देशलाई अग्रगमन दिशामा अगाडी बढाउन गाँउ समाजको जिम्मेवारी त छदै थियो, देश र दुनियाँ बदल्ने सपना सहित अखिल नेपाल शिक्षक संगठनमा पनि आबद्ध हुनुहुन्थ्यो । संसार बदल्ने सपना देख्ने मान्छेको लागि साँच्चै ब्यक्तिगत सपनाहरु नै हुदैनन । संसार बदल्ने सपनाले सताए पछि उहाँले पनि आफुले अध्यापन गराउदै आउनु भएको सम्मानित शिक्षक पेशालाई समेत राजिनामा दिएर वर्गीय मुक्ति आन्दोलनमा २०५४ सालमा पूर्णकालिन हुनु भयो ।

परिवर्तनकारीहरु ठाँउ र भुगोल विशेषमा मात्रै सिमित रहदैनन । त्यही जिम्मेवारीलाई बहन गर्ने क्रममा उहाँ सोलु ओखलढुङ्गा जिल्ला समिति सचिवालय सदस्य एरिया सेक्रेटरी हुनु भयो । उहाँले कयौ युद्ध मोर्चाहरु आफैले कमाण्डमा सम्हाल्नु भएको छ । २०५७ सालमा मंसिर १५ गते भएको मैलुङ्ग मोर्चामा उहाँकै कमाण्डमा राष्ट्रिय बाणिज्य बैक कब्जा भएको थियो । २०५९ साल चैत १९ गते दोलखाको मैना पोखरी मोर्चामा सहभागी हुनुहुन्थ्यो । २०५८ सालमा भएको जनसरकार घोषणा सभामा जनसरकार सदस्य समेत हुनुहुन्थ्यो ।

जब जनमुक्ति सेनालाई ७ वटा मुख्य शिविर र २८ वटा सहायक शिविरमा थन्काइयो । त्यो भन्दा पछि जनमुक्ति सेनालाई राजनैतिक कमिसारको आवश्यकता रहेन क्यारे केही कमाण्डर सहित जसले जनयुद्धको बेलामा राजनैति प्रशिक्षण दिएर जनमुक्ति सेनालाई लाल र निपूर्ण बनायो क्यान्टोनमेन्ट बसाईपछि वाइसियल गठन गर्ने र संगठनसंग जोडेर उत्पादन ब्रिगेड स्थापन गर्ने उदेश्यले सम्बन्धीत जिल्लाहरुमा पठाउने काम भयो । अर्काे महत्वपूर्ण जिम्मेवारी लिएर साँगठनिक क्षेत्रमा जानु भएपछि तपाईसँग फेरी भेटने अवसर मिलेन । आजको परिवेश नियाल्छु यदी तपाई मात्रै पनि जीबत रहनु भएको भए विगतको इतिहास सम्झेर असल अभिभावको अगाडी मन भरीका बेदनाहरु पोख्ने थिए असल र कुशल नेतृत्वको अभावमा तितरवितर भएको जनमुक्ति सेनालाई तपाईले पो एकताबद्ध गर्नु हुन्थ्यो की आशाको सुनाखरीले अझै पनि मिठो सुवास छरेको आभाष हुन्छ । तपाईहरुको भौतिक शरिर बलिदानले सिर्जन भएको गणतन्त्रमा मन फुकाएर रुन सक्ने अवस्था समेत छैन । चिच्हाट कोलाहाल र अशान्तीको भयको त्रासदी छाएको छ ।

यातनाका हरेक दस्तावेजहरुमा हस्ताक्षेर गर्न सक्ने क्रान्तिकारी महान् योद्धा तपाई जीबनमा मैलाउदै गएको भयानक रोगसंग भने पटक्कै लडन सक्नु भएन । तपाईको ठाँउमा अहिलेका नवधनाड्यहरु भएको भए तपाई त्यो अवस्थामा पक्कै पनि बाँच्न सफल हुनुहुन्थ्यो तर तपाईलाई त्यो अकुतको मोह पनि थिएन । नेपालमा पनि तपाईलाई सताएको रोगको उपचार सम्भब थियो जुन अवस्थामा तपाईले उपचारको ब्यवस्था पाउनु भयो त्यो बेला अबेला भैसकेको थियो उपचार । आफुलाई बडेमानको क्रान्तिकारी पार्टीले बेलैमा तपाईको उपचारमा ध्यान दिएको भए अवश्य तपाईले जित्नु हुन्थ्यो रोगसँग । जीबनभर क्रान्तिकारी बनेको एउटा इमान्दार क्रान्तिकारी सिपाही पैसाको अभावमा उपचार नपाएर जीबनलाई बिर्सजीत गर्नु पर्यो यो भन्दा बिडम्बना के होला परिवर्तनकारी योद्धाको जीबनमा ।

शान्ति प्रकिया पछि सबै इमान्दार कार्यकताको यही नै थियो आर्थिक अवस्था त्यही आर्थिक जजरतामा तपाई पनि पर्नु भयो । अन्तमा गरिएको उपचारले निको हुने सम्भब कम भयो । २०६६ साल पुस २७ गते तपाईले नेपाली समाज, देश दुनियाँ सर्वहारा वर्गको लागि दिनु भएको महत्वपूर्ण योगदानलाई बिसाएर सदाको लागि यो स्वार्थी दुनियाँबाट हराउनु भयो । दोष रहित तपाईको सम्मानजनक अन्तेष्ठीले मैले एउटा कुशल हेड सर गुमाए सर्वहारा वर्गले एउटा इमान्दार नेता गुमायो ।

उहाँ सर्वसाधारण जनमानसका सामु जति सिधा, सादा र सरल हुनुहुन्थ्यो, त्यति नै आफ्ना विपक्षी र दुश्मनहरुका सामु कठोर हुनुहुन्थ्यो अझै पनि बेजेडका यादहरु मानस पटलमा दगुरीरहेका छन, त्यो बर्गदुश्मनसंगको लडाईमा सर्लाहीको मोथे तोरीबारी नारायण खोलाको २०६१ पुस १५ गते अम्लेखगन्ज फायरिङ्ग एम्वुस नम्बर ३ बारा, २०६० चैत २२ गते यदुकुवा इलाका प्रहरी कार्यालयमा आक्रमण, २०६१ बैशाख २५ गते मैना पोखरी लगायतका भिडन्तहरु महत्वपूर्ण भिडन्त र मोर्चाबद्ध लडाईमा तपाईले पुर्वी कमाण्ड अन्तर्गत बेथान स्मृति व्रिगेड र जनमुक्ति सेनाको सैन्य फर्मेशन तेस्रो डिभिजन अन्तर्गत भएको सम्पूर्ण मोर्चाहरुमा कमिसारको भुमिकामा भए पनि अन्तत कमाण्डरले गर्ने सम्पुर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो । तपाईले सम्हाल्नु भएको हरेक फौजी कारवाहीमा समाहित एक सिपाहीले यो कुरा निधक्क साथ भन्न सक्छु ।

२०६१ पुस १५, अमलेखगञ्ज फायरिङ एम्बुस ३ नं पूल, बारा चौतार, बन्दीपुर लगायत मोर्चामा तपाईले लिनु भएको पहल कदमी बाँच्न सफल सयौ कार्यकताले अहिले पनि तपाईलाई विर्सका छैनन । त्यही भएर त देशका सम्पूर्ण भागका क्रान्तिकारी, न्यायप्रेमी जनताले तपाईको नाममा श्रद्धासुमन अपर्ण गर्छन । तपाईको भौतिक शरिर बिलिन भएको यति लामो समय वितिसक्दा पनि उहाँप्रति भावपूर्ण क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दैछन्, उहाँप्रति अत्याधिक माया, स्नेह, श्रद्धा राख्छन् र भावपूर्ण श्रद्धाञ्जलीहरु अर्पण गर्दै आइरहेका छन ।

मैले उहाँसँगको सहकार्य र चिनारीबाट बुझन पाएको हृदयस्पर्शी कुरा के थियो भने–हामी जहिले पनि राज्यसत्ता र प्रतिक्रियावादीहरुको षड्यन्त्रमा परी आफ्नो ज्यान गुमाउन नपर्ला भन्ने स्थिति कसैले नसोचे पनि हुन्छ । हामी राजनीतिमा पर्सिएका व्यक्ति हौँ । आज हामी सबै सँगसँगै छौं, उठबस, खानपिन, गम्भीर छलफल, मनोरञ्जन गरिराखेका छौं । हुन सक्दछ हामी मध्ये कोही पनि कहिले पनि स्वाभाविक मृत्यु, दुर्घटना र हत्याको शिकार हुन सक्दछौँ मृत्यु सामान्य मान्छेका लागि अशुभ संकेत हो, तर हाम्रो मृत्यु भनेको तपाईं हामी राजनीतिक कार्यकर्ताहरुको लागि क्रान्तिको आगो बाल्ने एउटा सुकेको सलाइएको काँटी हो । क्रान्तिकारी पार्टीको बौद्धिक राजनैतिक कमिसारमा हुनुपर्ने उर्जा र बौद्धिकत्व थियो उहाँमा । यस्तो कुराहरु उहाँले जनमुक्ति सेनाको रोलकलको बेलामा भन्नु हुन्थ्यो ।

अलि जिज्ञासु थिए एक पटक सर्लाहीको नारायण खोलमा सेल्टर लिएर बसिरहेको घरमा सामुहिक छलफलमा सोधे उहाँसंग क्रान्ति किन आवश्यक छ अहिलेको अवस्थामा ? त्यो शब्दहरु याद छन अहिले पनि आफ्नो स्वतन्त्रता र स्वाभिमानको लागि चीन, भारत, कोरिया, भियतनाम, अमेरिका, टर्की, फ्रान्स, मिश्रका असंख्य जनता र क्रान्तिकारीहरुले लडेको, ठुलठुलो आहुती प्राप्त गरेको, त्याग र बलिदानको उच्चतम उदाहरणहरु प्रस्तुत गर्नु भएको थियो उच्च बौद्धिकत्व थियो उहाँमा । जटिल परिस्थितिलाई पनि आफु अनुकुल बनाएर सधै जनमुक्ति सेनाको मनोबल उच्च राख्नेमा र उनीहरुको देख भालमा नै निकै समय बेतित भएका छन तपाईको ।

क.कृपाश्वरले यो कुरा जब जनमुक्ति सेनाको फर्मेशनमा कमिसारका भुमिका निर्वाह गर्दे जाँदा पहिलोपल्टको परिचय भई उठबस हुँदा क्रान्तिकारीहरु कसरी के गरी वामपन्थी राजनीतितिर आकर्षित हुन्छन र स्थापित हुन पुग्छन् भनेर कुरा गर्दा उहाँले सुरुमा नकल्ली हामी सबैले विश्वमा भएका ठुला ठुला क्रान्तिहरुलाई आफनो देशको सापेक्षतामा अनुसार सिक्न हो नक्कलै गरेर सिकेका हुन्छन् । जुनसुकै क्षेत्र पनि प्रारम्भिक अवस्थामा नक्कलै सेम्बोलिक हुन्छ पछि जबजब उनीहरुको अध्ययन र अनुभव तिखारिंदै जान्छ, बुझ्दै, सिक्दै, ठक्कर खाँदै जान्छन परिपक्व हुन पुग्छन नेपालको जनयुद्ध पनि संझौतामा पुगेर टुङगियो ।

क.कृपाश्वर पत्नी, चित्रमाया दहाल छोरा, छोरीहरु छोडेर जनयुद्धमा लाग्नु भएको थियो । उहाँको जेठो छोरा दिपक दहाल क.विश्वासले आफनो जीम्मेवारी बहन गर्दे गर्दा युद्धकै क्रममा चितवनको दारेचोक भिडन्तमा सहादत प्राप्त गर्नु भयो । कमरेड कृपाश्वरबाट मैले सिकेको कुरा र उहाँ सँगको सहकार्यको समयको विभिन्न बेलाको सद्भावबाट मैले पाएको प्रेरणा भनेको के हो भने क्रान्तिप्रति अगाध आस्था र विश्वास राखी त्यसमा निरन्तर रुपमा आफुलाई परिचालन गरिराख्नु हो ।

क.कृपाश्वर क्रान्तिकारी राजनीतिमा आफुलाई होमेर कहिल्यै पनि आफुलाई न त अपराधीको रुपमा प्रस्तुत गर्न भयो, न त कुनै प्रकारको अपराध नै गरेको अनुभुती । मृत्यू शैयामा बसेको बेलामा समेत अर्थचेत अवस्थमा उहाँले बरवराउदै भन्नु भएको थियो नेतागणहरु हाम्रो क्रान्ति सकिएको छैन देश र जनतालाई कहिल्यै धोका नदिनु होला यही अन्तिम बाणी थियो उहाँको खै यो अवस्थालाई नियाल्दा धोका भयो या गद्दारी ? तपाईको विद्यार्थीको भएको नाताले पनि यो भन्छु हिजोको बलिदान र उपलब्धी माथी उपहास गद्दारी भयो । उहाँको जीवनकार्य भनेको जनता र पार्टीप्रति समर्पित जीव नै थियो । १२ औं स्मृति दिवसको अवसरमा कृष्ण प्रसाद दहाल क.कृपाश्वर प्रति भावपूर्ण श्रद्धाजली, हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

प्रतिकृया दिनुहोस्