Hamro Sanchar

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन

अबैद्य घरेलु मदिरा बरामत गरी नष्ट

सरु बस्नेत प्रकाशित : २०७७/९/२५ गते
जाजरकोट

जिल्ला प्रशासन कार्यालय अगुवाईमा भेरी नगरपालिका, १० स्थित फेरा, भुरचौर बजार अनुमगमन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले सनिबार फेरा, भुरचौर र कुदुका पसलहरु अनुगमन गरेको हो ।

बजार अनुमगन गर्नुले म्याद गुर्जिएका अखाद्य बस्तु, अबैद्य मदिराको उत्पादन तथा वित्रीवितरणमा नियन्त्रण हुने जिल्ला प्रशासन कार्यालयले बताएको छ । अखाद्य बस्तुको विक्रिवितरण, अबैद्य मदिराको उत्पादन तथा विक्रि वितरणले मानव स्वास्थ्यमा समस्या पैदा गर्नुको साथै समाजमा अराजकता सृजना गर्ने भएकोले २५, ३० दिनको बीचमा गरिने अनुगमनले समस्यामा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

सनिबार गरिएको अनुगमनमा भेरी नगरपालिकाको, भुरचौर, फेरा र कुदुका पसलहरुमा म्याद गुर्जिएका सामाग्रीको अनुगमन गरिएको थियो । साथै विक्रिवितरणको लागि पसलमा राखिएको ६५ लिटर अबैद्य घरेलु मदिरा बरामत गरेर नष्ट गरिएको थियो । अनुगमनकै क्रममा दर्ता बिना संचालन गरिएका पसलहरुलाई तत्काल दर्ता गर्न सल्लाह दिएको थियो ।

प्रतिकृया दिनुहोस्