Hamro Sanchar

गिता गिरी सेरचनको “हेरुँ–हेरुँ लाग्छ” म्युजिक भिडियो बजारमा (भिडियो सहित)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२३ गते
जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिका–८ मा माईतिघर भएकी गिता गिरी सेरचनको शब्द रचनामा रहेको “हेरुँ–हेरुँ लाग्छ” म्युजिक भिडियो भक्खरै बजारमा आएको छ । ओएसआर डिजिटल युटुब च्यानलबाट “हेरुँ–हेरुँ लाग्छ” म्युजिक भिडियो सोमबारदेखि बजारमा आएको हो ।

जाजरकोटको छेडागाडबाट म्याग्दी जिल्लामा बिबाह गरेकी गिता स–परिवारसहित हाल बेलायतमा बस्दै आएकी छन् । आफ्नो रचनामा गिताले ‘हेरुँ–हेरुँ लाग्छ मलाई जति हेरेपनि, बोली बचन मिठो लाग्छ जे–जे बोलेपनि ।’, ‘देखौं–देखौं लाग्छ जति देखेपनि, भेटौं–भेटौं लाग्छ जति भेटेपनि ।’ जस्ता प्रेम कहानीका शब्दहरुलाई सुन्दर तरिकाले समेटेकी छन् ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गितमा राजु सिंहले संगित भरेका छन् । सानै उमेरदेखि गित तथा जगलहरु लेख्दै आएकी गिताको कलालाई बाहिर ल्याउनमा संगितकार राजु सिंहको मुख्य हात रहेको गिताले बताएकी छन् । गित, गजलहरु लेख्ने सानै उमेरदेखिको क्षमतालाई संगितकार सिंहको उत्प्रेरणाले यो गित लेख्नुको साथै म्युजिक भिडियो बजारमा ल्याउन सफल भएको गिताको भनाई रहेको छ ।

सांगितिक क्षेत्रमा आफुले निरन्तरता दिने बताउदै गिताले तत्कालै अर्को गित रचना गरेर संगित भर्न सिंहलाई नै जिम्मेवारी दिने बताईन् । गित संगितको क्षेत्रमा श्रीमान खिम सेरचनले आफुलाई साथ दिएको बताउदै गिताले खुशी व्यक्त गरिन् ।

नेपाली सिनेमाको हिरो धुर्ब दत्त र शुभेक्षा भारतीको सुन्दर अभिनय रहेको म्युजिक भिडियोको छाँयाकङ्कण लण्डनको टावर ब्रिज, लण्डन आई सहितका विभिन्न ठाउँमा गरिएको छ । टावर ब्रिज लण्डनको मुख्य शहर हो । कुशल श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको बिच भागमा गिताका छोरा आल्फ्रेडको अभिनयले भिडियोलाई झनै सुन्दर बनाएको छ ।

उक्त म्युजिक भिडियोमा गिताका श्रीमान खिम सेरचनले लगानी गरेर बजारमा ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस्