Hamro Sanchar

अनेरास्ववियू, जाजरकोटले मन्त्री थापालाई देखायो कालो झण्डा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/२२ गते
जाजरकोट

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाका विरुद्धमा अनेरास्ववियू, जाजरकोटले बुधबार कालो झण्डा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा निकट अनेरास्ववियू, जाजरकोटले जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारा र बोहरामा मन्त्री थापाका विरुद्ध कालो झण्डा प्रदर्शन गरेको हो ।

प्रतिनीधि सभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक प्रतिगामी कदम भएको बताउदै अनेरास्ववियू, जाजरकोटले मन्त्रीका विरुद्ध कालो झण्डा प्रदर्शन गरिएको अनेरास्ववियू, जाजरकोटका सचिबालय सदस्य दिनेश गौतमले जानकारी दिए । सर्वसत्तावादी चिन्तन र सोचबाट ग्रसित केपी ओलीको निरंकुश कार्यशैलीको परिणाम संसद बिघटन भएको बताउदै सचिबालय सदस्य गौतमले प्रतिगामी कदम नसच्याउदासम्म अनेरास्ववियूले संघर्ष गर्ने बताए ।

जनतामा भ्रम सृजना गर्न जाजरकोट पुगेका मन्त्रीलाई कालो झण्डा देखाएर बिदाई गरिएको बताउदै गौतमले भने–‘दुधको साँछी बस्न बिरालो बन्ने मनसायले मन्त्री ज्यु जाजरकोट पुग्नु भएको थियो, उहाँलाई हामीले शान्तिचौरा देखि बोहोरासम्म कालो झण्डा देखाएर बिदाई गर्यौं ।’

देशका ठुला–ठुला राजनैतिक परिवर्तनकारी आन्दोलनमा अग्रभागमा रहदै आएको अनेरास्ववियुले विद्यार्थी आन्दोलन मात्र नभएर राजनैतिक आन्दोलन र परिवर्तनहरुमा महत्वपूर्ण योदान गर्दै आएको अनेरास्ववियू, जाजरकोटका जिल्ला कमिटी सदस्य चागुनारायण बिष्टको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्