Hamro Sanchar

जाजरकोटका सामना शाह र केशव श्रेष्टको “पानी पाए पछि” म्युजिक भिडियो बजारमा (हेर्नुहोस भिडियो सहित)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१९ गते
जाजरकोट

जाजरकोटकी सामाना शाहको शब्द संकलन र केशव श्रेष्टको अभिनय रहेको “पानी पाए पछि” बोलको म्युजिक भिडियो बजारमा आएको छ । सामाना म्युजिक क्रियशन युटुब च्यानलबाट सनिबार बेलुका पानी पाए पछि म्युजिक भिडियो बजारमा आएको हो ।

सामाना शाहको शव्द संकलनमा रहेको “पानी पाए पछि” बोलको गीतमा “देब्रे–देब्रेपट्टी छातीमा छौ सानु, मेरो रोगको ओषती हौं सानु । तिम्रो हातबाट पानी पाए पछि, डाक्टर बैद्य चाहिदैन चाहिन्न ओषती, आउन सानु आउ, म सन्चो भैहाल्छु तिमी आए पछि ।” जस्ता शव्दहरुलाई शाहले समेटेकी छन् ।

चर्चित लोक दोहरी गायिका बिष्णु माझी र भगीरथ चलाउनेको स्वरमा सजिएको “पानी पाए पछि” बोलको गीतमा भगीरथ चलाउनेको संगित रहेको छ । अन्जली अधिकारी र जाजरकोटका केशव श्रेष्टको अभिनय रहेको पानी पाए पछि बोलको म्युजिक भिडियोको एरेन्ज बिनोद पराजुलीले गरेका छन् भने, रेकर्डिङ्ग राजेन्द्र बाजुरालीले गरेका छन । सिर्जन बरालको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् भने, राजेश घिमिरेले छायाङ्कण गरेका छन् । निरज श्रेष्टको सह–निर्देशन रहेको भिडियोको फोटोग्राफर आयुष सापकोटा रहेका छन् ।

प्रेम कहानीमा आधारित कारुनीक म्युजिक भिडियोको दृष्य निर्माण जनता डिजिटल फिल्मस नेपालले गरेको थियो ।

प्रतिकृया दिनुहोस्