Hamro Sanchar

कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी

कसले लगाएको आगो भन्ने पुष्टी भएको छैन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१७ गते
जाजरकोट

कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा आज राती आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका साँसद सिंहको गाडीमा राति कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी भईसकेको छैन ।

कर्णाली प्रदेश ‘क’ का सांसद तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा राति १० बजेतिर कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी हुन सकेको छैन प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले भने–‘शुक्रबार भेरी नगरपालिकाको स्यालीबजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनका लागि माननीय ज्यु र पार्टी अध्यक्ष ढकवीर राना बिहिबार नै वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा पुग्नु भएको रहेछ, वडाअध्यक्षको घरमा गाडी नपुग्ने भएपछि गाडी पार्किङ्ग गरेर वडाअध्यक्षको घरमा बास बसिरहेको अबस्थामा राति १० बजेतिर पार्किङ्ग गरेको ठाउँमा माननीय ज्युको गाडीमा कसले आगो लगाई दिएछ ।’

गाडीमा कसले ? किन ? आगो लगायो भन्ने बिषयमा अहिलेसम्म केहि पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्टले बताए । सरकारी गाडीमा आगो लगाउने मान्छेको पहिचान गर्न नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्टले जानकारी दिएका छन् ।

यो समाचार तयार पार्नेवेलामा सांसद सिंहसंग टेलिफोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिकृया दिनुहोस्