Hamro Sanchar

जाजरकोटमा वली नेकपाको आमसभा २१ गते

सभालाई मणिचन्द्र थापाले सम्बोधन गर्ने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१६ गते
जाजरकोट

केपी शर्मा वली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटमा यहि पुस २१ गते आमसभा गर्ने भएको छ । जिल्ला सदरमुकाम खलंगामा वली नेकपाले २१ गते आमसभा गर्ने भएको हो ।

उक्त सभालाई सम्बोधन गर्न पार्टीका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापा प्रमुख वक्ताका रुपमा सहभागी हुने वली नेकपाका केन्द्रिय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए । केन्द्रिय सदस्य सिंहले दिएको जानकारी अनुसार सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुमा केन्द्रिय सदस्य भैरबसुन्दर श्रेष्ठ, रत्नप्रसाद शर्मा, डम्बरबहादुर सिंह, लालबहादुर महतरा, चन्द्र प्रकास घर्ती, जेवी शाही रहेका छन् ।

सभालाई अन्य जनवर्गिय संगठनका केन्द्रिय सदस्य तथा नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ केन्द्रिय सदस्य सिंहले भने–‘सरकार संचालन गरिरहेको पार्टीले आयोजना गरेको आमसभामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरिने छ । सभामा आम जनतालाई सहभागी नगराएर हामीले जिल्ला कमिटीका सदस्य, स्थानीय तहका जनप्रतिनीधिहरु, जवस र पार्टी कमिटीका सदस्यहरुलाई मात्र हामी सहभागी गराउने छौं ।’

सरकारको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष केपी वलीले प्रतिनीधि सभाको विघटन गर्नुको औचित्य पुष्टी गर्न जाजरकोटमा आमसभाको आयोजना गरिएको केन्द्रिय सदस्य सिंहले जानकारी दिए । प्रतिनीधि सभा विघटन भएपश्चात देश चुनावी दिशामा अगाडी बढिसकेको बताउदै केन्द्रिय सदस्य सिंहले आम पार्टी कार्यकर्ता, सर्मथक र शुभ चिन्तकहरुलाई चुनावी तयारीमा जुट्न अपिल गर्न पनि हामीले जाजरकोटको जिल्ला सदरमुकाममा आमसभाको आयोजना गरेका हौं भने ।


Tagged ,
प्रतिकृया दिनुहोस्