Hamro Sanchar

प्रचण्ड, माधव नेकपा जाजरकोटको बैठक सम्पन्न

पालिका र जिल्ला स्तरीय भेला तथा प्रशिक्षणको मिति तय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१५ गते
जाजरकोट

प्रचण्ड माधव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला कमिटीको बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला कमिटीको बैठक सम्पन्न भएको हो ।

पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह–ईन्चार्ज कालीबहादुर मल्ल, केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज निरज आचार्य र रामदीप आचार्यको विशेष उपस्थिति रहेको जिल्ला कमिटी बैठकले जिल्लाका सबै पालिका र जिल्ला स्तरीय भेला तथा प्रशिक्षण संचालन गर्ने निर्णय गरेको प्रदेश कमिटी सदस्य कृष्ण शाहले जानकारी दिईन् । पार्टी अध्यक्ष ढकवीर रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्लालाई तीन कमाण्डमा विभाजन गरेर पहिलो चरणमा पार्टीको पालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको प्रदेश सदस्य शाहले बताईन् ।

यहि पुस १७ गते नलगाडको दल्लीमा, १९ गते बारेकोटको लिम्सामा पार्टीको भेला तथा प्रशिक्षण संचालन गर्ने बैठकले निर्णय गरेको शाहले जानकारी दिईन् । पूर्वी कमानमा राखिएको नलगाड र बारेकोटको भेला तथा प्रशिक्षणमा केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज निरज आचार्य र प्रदेश कमिटी सदस्य गणेशप्रसाद सिंह सहभागी हुने बैठकले निर्णय गरेको छ शाहले भनिन्–१७ गते भेरीको स्याउली बजार, १९ गते कुशेको घरङ्गामा पार्टीको भेला तथा प्रशिक्षण संचालन गर्ने निर्णय भएको छ । मध्ये कमानमा राखिएको भेरी र कुशेको पार्टी प्रशिक्षण तथा भेलामा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका सह–ईन्चार्ज कालीबहादुर मल्ल र जिल्ला अध्यक्ष ढकवीर राना सहभागी हुने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले छेडागाडमा १७ गते, १८ गते शिवालय र १९ गते जुनीचाँदेमा पार्टीको भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको शाहले बताईन् । पश्चिम कमानमा राखिएको छेडा, शिवालय र जुनीचाँदेमा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज रामदीप आचार्य र जिल्ला सचीब करवीर शाही सहभागी हुने बैठकले निर्णय गरेको छ ।

बैठकले यहि पुस २५ गतेसम्म सबै जनवर्गिय संगठनहरुका भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने, पार्टीको वडा कमिटीका बैठकहरु सम्पन्न गर्ने निर्णय गरेको शाहले जानकारी दिएकी छन् । २८ गते पार्टीको जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको बैठकले जिल्ला भेला तथा प्रशिक्षण स्थान भने तोकि नसकेको शाहले जानकारी दिएकी छन् ।

पार्टी विभाजन पश्चात पहिलो पटक बसेको जिल्ला कमिटीको बैठकमा बहुमत जिल्ला कमिटीका सदस्यहरु सहभागी भएको दावी गर्दै प्रदेश कमिटी सदस्य शाहले जिल्लामा प्रचण्ड माधव पक्षकै बाहुल्यता हुने जिक्किर गरेकी छन् ।

प्रतिकृया दिनुहोस्