
भ्रष्टाचार गरेरै लगाउनु भयो कालो कोट वहाँ ले ।
सोझा सिधा जनता ठगेरै बनाउनु भयो नोट वहाँ ले ।
भ्रष्टाचार गरेरै लगाउनु भयो कालो कोट वहाँ ले ।
सोझा सिधा जनता ठगेरै बनाउनु भयो नोट वहाँ ले ।
चुनाव जितेको बर्षौ नपुग्दै चिल्ला गाडि अनि महल,
कठै हामी जनतालाई ठुलै दिनुभयो चोट वहाँ ले ।
देशलाई भ्रष्टाचार गरेर थिचेर अझै नपुगे पछि,
माग्न आउनु भयो दसऔंला जोडेर भोट वहाँ ले ।
आज आएर थाहा भयो हामी सोझा जनतालाई,
देखाउनु भए छ झुठो आशा र अठोट वहाँ ले ।
आज वहाँ कै बिरुद्धमा सडकमा ढुंगा, मुढा हुदा पनि,
अहँ अझै थाहा पाउनु भएन आफ्नो खोट वहाँ ले ।