Hamro Sanchar

गजल

(भाबुक रिदम बाबु) प्रकाशित : २०७७/९/१० गते
भेरी नगरपालिका, ७ जाजरकोट

 

मेरो देशमा आज आफ्नै दुश्मनलाई पनि मित्र सम्झिनु पर्छ ।
यो कस्तो बाध्यता हो मैले रहर दिनु पर्छ बैशाखी दिनु पर्छ ।

भुलि दिनुहोस् साथी अब यी राजनेताका झुठो भाषणहरु,
हाम्रो देश बनाउन हामी युवाहरू अब मैदानमा उभिनु पर्छ ।

मेरो बाबाले मेरी आमाले छातीमा राखेर सजायको देशमा,
अब भ्रष्टाचारीहरु सकिनु पर्छ, बलात्कारीहरु सकिनु पर्छ ।

यी भ्रष्टाचारी, पापी, दलालीहरुको सालिक बनाउनु भन्दा,
देशका भित्ता भित्तामा नेपाली आमाका तस्बिर टासिनु पर्छ ।

आफू पानी जस्तै शुद्धता छु भनेर घमण्ड नगर्नुहोस् महोदय,
जति शुद्ध पानीलाई पनि आखिर गाग्रीबाट नै पोखिनु पर्छ ।


Tagged
प्रतिकृया दिनुहोस्