Hamro Sanchar

सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटको मसाल जुलुस

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/९ गते
जाजरकोट

सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटले मसाल जुलुस निकालेको छ । संसद बिघटन गरी मध्यावती निर्वाचन घोषणा गरेको सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटले बिहिबार मसाल जुलुस निकाल्नुको साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

केपी वली प्रधानमन्त्री रहेको मन्त्री परिषदको सिफारिसमा संसद बिघटन गरी मध्यावती निर्बाचनको मिति घोषणा गर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको असंबैधानिक कदम खारेज गर्नुपर्ने माग राख्दै अनेरास्ववियू, जाजरकोटले मसाल जुलुस निकाल्नुको साथै पुत्ला दहन गरेको अनेरास्ववियू, जाजरकोटका संयोजक प्रदिप खड्काले जानकारी दिए । अनेरास्ववियूको केन्द्रिय कार्यक्रम अनुसार सरकारका बिरुद्ध आज देश व्यापीरुपमा मसाल जुलुस गर्नुको साथै पुत्ला दहन गरिएको संयोजक खड्काले बताए ।

संयोजक खड्काका नेतृत्वमा सिटिजन बैंक आसपासबाट निकालिएको मसाल जुलुसलाई अनेरास्ववियू, जाजरकोटले ठाँटी स्थित बर चौतारीमा पुर्याएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिन्टेड फोटा दहन गरेको थियो । बेलुका सवा ६ बजेतिर निकालिएको मसाल जुलुसमा “आर्यघाटले के भन्छ–केपी वली ल्या भन्छ । प्रधानमन्त्री केपी वलीको असंबैधानिक कलमलाई–खारेज गरौं । पार्टी एकता–जिन्दावाद । पार्टी फुटाउन–पाईदैन । जनघाती केपी वली–चाहिदैन ।” जस्ता नाराहरु लगाएका थिए । आक्रमक रुपमा प्रस्तुत भएको अनेरास्ववियूको मसाल जुलुसलाई नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्