Hamro Sanchar

कुशे गाउँपालिकालाई सुचना, प्रविधीमैत्री बनाउछौंः– अध्यक्ष बस्नेत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/९/१ गते
जाजरकोट

जाजरकोटको कुशे गाउँपालिकालाई सुचाना, प्रविधीमैत्री गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । गाउँपालिकाको सु–शासनलाई प्रवद्र्धन गर्नु साथै पालिकाका नागरिकहरुलाई सुसुचित गर्न सुचना प्रविधीमैत्री गाउँपालिका बनाउन लागेको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

आजको युग सुचना प्रविधीको युग भएको बताउदै अध्यक्ष बस्नेतले कुशे गाउँपालिकालाई प्रविधीमैत्री गाउँपालिका बनाउनेमा जोड दिएका छन् । प्रविधीमैत्री बनाउन गाउँपालिकाको वेईबसाईट, मोबाईल एप्सलाई संचालनमा ल्याउनुका साथै गाउँपालिकाको डिजिटल बोर्ड, डिजिटल नागरिक वडा–पत्रलाई संचालनमा ल्याएको जानकारी दिए । पालिकाको कार्यसम्पादनलाई व्यवस्थित गर्नुको साथै प्रबिधीमैत्री बनाउन गाउँपालिकाले दर्ता चलानी व्यवस्थापन सफ्टवेयर, योजना व्यवस्थापन, जिन्सी व्यवस्थापन, राजश्व व्यवस्थापन र स्थानीय सञ्चित कोष व्यवस्थापन गरी जम्मा ५ वटा सफ्टवेयरलाई संचालनमा ल्याएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

दर्ता चलानी व्यवस्थापन, योजना व्यवस्थापन, जिन्सी व्यवस्थापन, राजश्व व्यवस्थापन र स्थानीय सञ्चित कोष व्यवस्थापन जस्ता सफ्टवेयरले गाउँपालिकाको कार्यसम्पादनलाई व्यवस्थित गर्नुको साथै अभिलेखिकरणमा सहयोग पुग्ने अध्यक्ष बस्नेतले दावी गरेका छन् भने, गाउँपालिकाको वेईबसाईट, मोबाईल एप्स, डिजिटल बोर्ड र डिजिटल नागरिक वडा–पत्रले आम नागरिकहरुलाई सुसुचित गर्न मद्दत पुग्ने बिश्वास व्यक्त गरेका छन् । गाउँ सरकारका नीति तथा कार्यक्रम र गरेका काम कारबाहीहरुलाई जनताको घर दैलोसम्म पुर्याउनका लागि गाउँपालिकाले तत्कालै रेडियो संचालन गर्ने योजनामा रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । गाउँपालिकाले यसै आर्थिक बर्षमा रेडियो संचालनमा ल्याउने योजनामा रहेको छ अध्यक्ष बस्नेतले भने–‘रेडियो संचालनमा ल्याउनु भन्दा पहिला पालिकाले जनताको घर–घरमा रेडियो वितरण गर्ने कार्यक्रम रहेको छ, हामीले रेडियो संचालन कार्यविधी निर्माण गरिसकेका छौं, कार्यविधीलाई कार्यपालिकाको बैठकबाट पास गरेर तत्कालै कार्यान्वयनमा ल्याउने योजनामा छौं ।’

गत आर्थिक बर्ष २०७६÷०७७ मा मात्र कुशे गाउँपालिकाले पर्यटन तर्फ १३, शिक्षातर्फ ४३, स्वास्थ्य तर्फ ५, सिचांई तर्फ ६, तटबन्धन तर्फ ७, खानेपानी तर्फ ५, स्थानिय सडक तर्फ १९, सडक मर्मत तर्फ १९, झोलुङ्गे पुलतर्फ २, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ १९ र मुख्यमन्त्री रोजगार आयोजना तर्फ २३ गरी जम्मा १ सय ६१ वटा आयोजनाहरु सम्पन्न गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । भौतिकपूर्वाधार तर्फ गाउँपालिकाले १३ वटा नयाँ, २ वटा सुधार र ४ वटा क्रमागत गरी जम्मा १९ वटा मन्दीर, शिक्षा तर्फ १० वटा नयाँ, ४ वटा निर्माणधिन, ६ वटा सौचालय, ११ वटा फिल्ड तथा घेराबार, २ वटा विद्यालयमा फर्निचर निर्माण तथा मर्मतगरी जम्मा ४३ वटा विद्यालयमा उक्त आयोजनाहरु सम्पन्न गरेको अध्यक्ष बस्नेतले बताए ।

त्यसंगरि गाउँपालिकाले आव २०७६÷०७७ मा ३२ किलोमिटर नयाँ सडकको ट्याक ओपन, १ सय ३६ किलोमिटर सडक मर्मत, २४ किलोमिटर नयाँ घोरेटो बाटो निर्माण गरेको थियो भने, सिंचाई तर्फका ६ वटा आयोजनामा ९ सय ५२ मिटर आरसिसी कुलो, १ हजार १९ मिटर कुलो मर्मत र ९ सय २५ मिटर पाईपलाईनबाट सिंचाई योजना सम्पन्न गरेको थियो । ५ वटा खानेपानी आयोजनामा ६५ वटा धारा निर्माण गर्नुको साथै ६ हजार ५ सय मिटर पाईपलाईन विस्तार गरेको थियो । १ हजार ८ सय ३४ मिटर कच्ची र ९५ मिटर पक्की भएको ४ वटा ढल निकास, ६ वटा पर्खाल निर्माण, २ वटा पुल निर्माण, ३ वटा खेलमैदान निर्माण, ४ वटा आयोजना सुरक्षा तर्फ, १० वटा आयोजना सामाजिक विकास, १ स्वास्थ्य चौंकी र ४ वटा सामुदायिक स्वास्थ्यगरी स्वास्थ्य तर्फ जम्मा ५ वटा र कृषि तर्फ १ वटा पूर्वाधार योजना निर्माण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

एकै बर्षमा गाउँपालिकाले निर्माण कार्य सम्पन्न गरेका पूर्वाधार विकास तर्फका उक्त कामहरुको सन्देश जनतासम्म पुग्न नसकेको जानकारी दिदै अध्यक्ष बस्नेतले गाउँपालिकाले गरेको सामाजिक विकास, आर्थिक विकास र संस्थागत विकासका कामहरुको जानकारी जनतालाई दिन गाउँपालिका आफ्नै रेडियो हुन आबश्यक भएको भनाई राखेका छन् । गाउँपालिकालाई प्रविधीमैत्री बनाउन सकिएमा पालिकाले गरेका काम कारबाहीको जानकारी जनताले घर–घरमै बसेर पनि पाउन सक्ने र पालिकाले गरेका कार्यसम्पादनको मुल्याङ्कण गर्न पनि सजिलो हुने अध्यक्ष बस्नेतको बुझाई रहेको छ ।

प्रतिकृया दिनुहोस्