Hamro Sanchar

गजल

लोकेन्द्र बस्नेत प्रकाशित : २०७७/८/२७ गते
कुशे गाउँपािलका ३, जाजरकाेट, हाल काठमाडौं

जति गुन लगाउदा पनि बैगुनी लाग्न सक्छ।।
रगतले पत्र लेखे तिमीलाई खुनी लाग्न सक्छ ।।

एक सेकेण्ड मात्रै लाग्दैन सम्झिन जसलाई
हजुर, उसैलाई बिर्सन एक जुनी लाग्न सक्छ ।।

तिमी सुन्दरीको उदाहरण दिदा अप्सरा लिन्छौ
एक असल प्रेमीलाइ सबथोक उनी लाग्न सक्छ ।।

सबै सबैलाई यो दिल पत्थर जस्तै लाग्ला
कसै कसैलाई त्यही दिल नौनी लाग्न सक्छ ।।


Tagged
प्रतिकृया दिनुहोस्