Hamro Sanchar

आफ्नो जन्मदिन मनाउन लोकेन्द्र पुगे नेपाल आमा अनाथ आश्रममा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/१६ गते
जाजरकोट

जन्म दिन मनाउन राष्ट्रिय युवा संघ नेपालका नेता लोकेन्द्र गौतमले नेपाल आमा अनाथ आश्रम, जाजरकोट पुगेका छन् । नेपाल आमा अनाथ आश्रमका संचालक र अनाथ बाल बालिकाहरुको हातबाट टिका र खादा ग्रहण गरेर आफ्नो जन्म दिन मनाउन गौतम आश्रममा पुगेका हुन् ।

अनाथ आश्रममा पुगेर जन्म दिन मनाउनाले आफ्नो मूख्य पेशा राजनीति र समाज सेवालाई स्पादिलो बनाउने गौतमको भनाई रहेको छ । अनाथ आश्रममा पुगेर जन्म दिन मनाउदा आफुलाई समाजशास्त्र र राजनीतिशास्त्रलाई बुझेर प्रयोग गर्न मद्दत पुग्ने गौतमले भनाई राखेका थिए ।

राष्ट्रिय युवा संघ नेपालका कर्णाली प्रदेश सदस्य गौतमले आफ्नो जन्म दिनमा नेपाल आमा अनाथ आश्रम, जाजरकोटमा रहेका २९ जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री आश्रम व्यवस्थापक मार्फत हस्तान्तरण गरेका छन । गौतमले शिक्षा प्राप्तीका लागि अनाथ बाल बालिकालाई आवश्यक पर्ने कापी, कलम लगाएतका स्टेशनरी वितरण गरेका थिए ।

शैक्षिक व्यवसायको अनुभव हासिल गरीसकेका गौतमले जन्मदिनको अवसरमा अनथालयका बाल बालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर समाज सेवाको नमुना प्रस्तुत गरेको जयमालिका गुरुकुल विद्यापीठका अध्यक्ष शहदेव जंग शाहले बताए । सानो सहयोगले बालबालिकाको पढाईमा ठुलो योगदान पुग्ने अध्यक्ष शाहको भनाई राखेका थिए ।

बारेकोट गाउँपालिका–९ सक्ला स्थायी घर भएका गौतम साविकको युवा संघ नेपालको कर्णाली प्रदेश कमिटी सदस्य हुन भने, हाल नेकपा बारेकोट गाउँ कमिटी सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्