Hamro Sanchar

त्रिभुवन मावि खलंगामा स्वघोषित प्रअमा राजु विक्रम शाह

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/१३ गते
जाजरकोट

राजु विक्रम शाह त्रिभुवन माध्यामिक विद्यालय खलंगामा स्वघोषित प्रधानाध्यापक भएका छन् । शाहले शुक्रबार पत्रकारहरुको बीचमा प्रेस विज्ञप्ती जारी गरेर स्वघोषित प्रअ भएको घोषण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्तिको प्रक्रियालाई नटुङग्यादासम्म स्वतः निमित्त प्रअको पदभार ग्रहण गरेको छु, शाहले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ–‘रिक्त विद्यालय प्रअमा शैक्षिक योग्यता र बरिष्ठ शिक्षकलाई नियुक्ति गर्नुपर्ने शिक्षा नियमावली लगाएत अन्य कानुनी व्यवस्था रहेको छ ।’

कानुन विपरित योग्यता पुगेका बरिष्ठ शिक्षकलाई साईट लगाएर विद्यालय व्यवस्थापन समितिले कनिष्ट शिक्षकलाई निमित्त प्रअमा नियुक्ति गर्न गरेको निर्णय र नगर शिक्षा शाखाको सिफारिसमा कनिष्ट शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोटले निमित्त प्रअको नियुक्ति गरेको शाहले जारी गरेको विज्ञप्तीमा आरोप लगाएका छन् ।

शिक्षा नियमावली–२०५९ को दशौ संशोधन सहितको परिच्छेद १७ को उपनियम ९३ को १२ बमोजिम बरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रअ भई कार्य गर्नेछ भन्ने नियमले व्यवस्था गरे बमोजिम २०७७ मंसिर १२ गतेदेखि त्रिभुवन मावि जाजरकोट खलंगामा पदभार ग्रहण गरेको छु, शाहले आफ्नो फेसवुक वालमा लेखेका छन् ।

निवर्तमान प्रअ हेरम्ब बहादुर शाह गत फागुण महिनादेखि सेवा निवृत्त भएपछि उक्त बिद्यालय केही समयसम्म प्रअ विहिन भएको थियो । गत असारमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ नियुक्तिको प्रक्रिया पुरा नहुदासम्म निमित्त प्रअबाट विद्यालयको आर्थिक तथा प्रशासनिक कामहरु संचालन गर्नेगरी शिक्षक हरिबहादुर बस्नेतलाई निमित्त प्रअ नियुक्ति गर्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय र भेरी नगर शिक्षा शाखाको सिफारिसमा बस्नेतलाई निमित्त प्रअको नियुक्ति शिक्षा विकास तथा समन्वय इकाईले गरेको थियो ।

प्रतिकृया दिनुहोस्