Hamro Sanchar

नलगाडको दल्लीमा १५ शैयाको अस्पताल उद्घाटन

चुनाव भन्दा अगाडी जनताकाे आँखामा लगाई दिएको रङ्गिन चश्मा आज कता गयो ?: –मन्त्री बस्नेत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/१३ गते
जाजरकोट

नालागाड नगरपालिकाको दल्लीमा सनिबार वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले १५ शैयाको अस्पताल उद्घाटन गरेका छन् । रिभवन काटेर मन्त्री बस्नेतले १५ शैयाको स्वास्थ्य सेवा उद्घाटन गरेका हुन् ।

एक औपचारिक कार्यक्रमको आयोजना गरेर नलगाड नगरपालिका–७ दल्लीमा १५ शैयाको अस्पताल उद्घाटन गरिएको नगलगाड नगरपालिकाको प्रवक्ता राममाया शाहीले जानकारी दिईन । शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आफु लागिपरेको मन्त्री बस्नेतले भनाई राखेका थिए । १५ शैयाको अस्पतालले स्वास्थ्य सेवा दिन थालेपछि सेवा क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न सहज हुने मन्त्री बस्नेतले दावी गरेका थिए ।

अस्पतालको भवन निर्माण मात्र नभएर अस्पतालबाट सेवा दिने चिकित्सक, स्वास्थ्यकर्मी सहित उपकरणको व्यवस्थापनमा आफु लागि परेको छु मन्त्री बस्नेतले भने–‘जाजरकोटमा एकथरी साथीहरुले चुनाव अघि नै जनताका आँखा झिलिमिली बनाउन रङ्गिन चश्मा लगाइ दिन अस्पताल बनाउछौं भनेर रङ्गिन भवन बनाएता पनि ति भवन अहिलेसम्म खालि छन् तर, हामीले नेकपाको सरकार बन्यो भने प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउछौ भनेर घोसणा गरेका थियौ, त्यो पुरा गर्यौ ।’

पार्टीको आन्तरिक बिवादका बिषयमा मन्त्री बस्नेतले केही बोलेनन् । पार्टीको आन्तरिक बिवादका बिषयम भएका चासो र जिज्ञासाहरु मन्त्री बस्नेतले नमेटाएपछि सर्वसाधारणहरु दुखी बनेका छन् भने, १५ शैयाको अस्पताल उद्घाटन भएपछी नियमित स्वास्थ्य सेवा पाउने आशामा स्थानीयहरु खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस्