Hamro Sanchar

काली प्रसाद थापाको “ए पापी लुटेरा” बजारमा (भिडियो सहित हेर्नुहोस)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/८/५ गते
जाजरकोट

जाजरकोटका युवा सर्जक काली प्रसाद थापाको म्युजिक भिडियो “ए पापी लुटेरा” बजारमा आएको छ । राजु सुनाम अफिसियल युटुव च्यानबाट सर्जक थापाको म्युजिक भिडियो “ए पापी लुटेरा” शुक्रबारदेखि बजारमा आएको हो ।

काली प्रसाद थापाको शव्द संकलनमा रहेको म्युजिक भिडियो “ए पापी लुटेरा” मा कपिल लामाको निर्देशनमा सारिका केसी र काली प्रसाद थापाले अभिनय (लिप्सिङ्ग) गरेका छन् । राजु सुनाम र कमला पोखरेलको स्वरमा सजिएको “ए पापी लुटेरा” को राजु सुनामकै संगित (एरेन्ज) रहेको छ । दिपक गिरीले छाँयाङ्कण गरेको म्युजिक भिडियो “ए पापी लुटेरा” लाई अमृत चापागाईले सम्पादन गरेका छन् । गाउँले जीवनशैलीलाई झल्काउने म्युजिक भिडियो “ए पापी लुटेरा” को दृष्य निर्माण जनता डिजिटल फिल्मस्मा गरिएको हो ।

“कहाँ जाउली छुटेर, पैसाका लागि सम्बन्ध जोड्ने–ए पापी लुटेरा” भन्ने बोलको गितलाई गोविन्द पराजुलीले रेकर्डिङ्ग गरेका थिए भने, कपिल लामाको निर्देशनमा म्युजिक भिडियोको छाँयाङ्कण गोदावरीमा गरिएको थियो । गाउँले जीवनशैलीमा आएका आधुनिक संस्कार विकासलाई चित्रण गरिएको म्युजिक भिडियो निकै रमाञ्चकारी रहेको छ ।

पुरा भिडियो हेर्नुहोसः–

प्रतिकृया दिनुहोस्