Hamro Sanchar

कस्तो संयोग बिवाह र सहिद एउटै मितिमा

जानुका धमला प्रकाशित : २०७७/७/२२ गते

शिल्पकारको जस्तो कुशल कला हुँदो हो त मेरो पुस्ताले सर्वहारा वर्गको निम्ति गरेको बलिदानलाई निकै कलात्मक ढंगबाट सुन्दर कलामा कुदेर ती वीरहरुको योगदानलाई विश्वले हेर्न लायक बनाएर संसारलाई चिनाउने इच्छा पनि जाग्छ कहिलेकाँही । शिल्पकारको जस्तो सुन्दर कला छैन मसँग । मात्र छ त मेरा सहयात्रीहरुको सहयात्राको मिठो सम्झना अनि प्रिय यादहरु ।

वर्ग संघर्षको भट्टीमा आफुलाई ताप र रापले पोलेर स्पात जस्तै स्पातिलो कर्म गर्ने बीरहरुको बलिदानको सम्मान हो । शहीद जो शब्द यति प्यारो लाग्छ जे देश र जनताको लागि मरेर पनि आफनो भौतिक सुख सुबिधालाई तिलान्जली दिएर बाँचिरहेका छन र युगौ युगसम्म चम्कीरहने छन आकाशका धुव्र तारा जस्तै गरेर । महान् बनेका योद्धाहरु हुन भद्रटार गा.वि.स वडा न.२ का हालको पन्चकन्य गाँउपालिकाका सुनिल कुमार तामाङ्ग (क.असिम), सुनखानी गा.वि.स.हालको शिबपुरी गाँउपालिकाका दिपक ठकुरी (क.विवश) र रसुवा जिल्लाको धैवुङ्ग गा.बि.स. हालको कालिका गाँउपालिकाका गणेश कुमार सारु मगर (क.सविन) । तीनै विर योद्धाहरुको रगतले लत्पतएिको थियो रसुवाको जीबजिबे गाँउ जहाँ ती कर्मवीरहरुलाई घेरा हालेर शाही सेनाहरुले हत्या गरेको थियो ।

समिर कुमार तामाङ्ग (क.असिम)

उनको राजनैतिक आन्दोलनको गुरु हुन उनको सहोदर जेठो दाजु कृण्ण बहादुर तामाङ्ग (क.बिशाल) । जब जब नुवाकोटमा जनयुद्धले उच्चाई हासिल गर्दै थियो त्यो बेलामा यो परिवारका अतुलनिय भुमीका छ । नुवाकोटको वर्गसंघषको यात्रामा यो परिवारले निकै ठुलो त्याग बलिदान गरेको छ । २०५७ सालमा क.बिशाल पार्टीको पुर्णकालिन कार्यकर्ता भएपछि संकटकालमा घरमा भाई बहिनी, छोरा छोरी, बुबा आमाले भोग्नु पर्ने भौतिक पिडा देखी युद्ध मैदानमा क.असिमले एक इन्च पनि बर्गलाई नविर्सिकन गरेको जीबन बलिदानले पनि प्रमाणित गर्छ ।

२०४० सालमा हालको पन्चकन्य गाँउ पालिकामा बुबा मान बहादुर तामाङ्ग र आमा चिनिमाँया तामाङ्गको कोखबाट जन्मनु भएको थियो । एस एल सी सम्मको अध्ययन पुरा गरेपछि उहाँ २०५८ सालमा पार्टीमा पुर्णकालिन कार्यकर्ता भएर हिडनु भयो । २०६२ साल असोज २२ गते उहाँले पार्टीमा नै पुर्णकालिन हुनुभएको जनमुक्ति सेनाको महिला कमाण्डर लिला तामाङ्ग (क.सुचना) सँग जनवादी बिवाह गर्नुभयो । कस्तो बिडम्बना बिवाह भएको एक महिना पुगेकै दिन कार्तिक २२ गते नै उहाँ लगायत अरु दुईजना साथीहरुको पनि सँगै हत्या भयो ।

कसरी सम्झनुहुन्छ त क.सुचना आफनो प्यारो जीवनसाथी क.असिमलाई
पुँजीपति र सामान्तिहरुको बिवाह हुन्थ्यो भने त हनिमुनको समय पनि सकिन नपाई नै विद्युवा भएको चेली हँु म । असोज २२ मा हाम्रो र्माक्सवादी तरिकाले विवाह भयो, कार्तिक २२ गते नै उहाँ लगायत क.विवस क सबिनलाई रसुवाको कालिका गाँउपालिका जिबजिबे बजारमा सेल्टर लिएर बसिरहेको अवस्थामा स्थानिय सुराकीले खबर गरेर शाहीसेनालाई बोलाएर नै उहाँहरु बसेको घर घेरा हाली कब्जामा लिएर हत्या गरेको हो । जीवन साथी शहिद भएको कुरा गोर्खाको स्वारामा थाहा पाएको हुँ म तेतिखेर जनमुक्ति सेनाको गण्डक कमाण्डमा कार्यरत थिए । उहाँ रसुवा नुवाकोटको कमाण्डो ग्रुपमा हँुनुहुन्थ्यो । एक कुशल लडाकु त पक्कै पनि हुनुहुन्थ्यो नै साथै एउटा असल जीवनसाथी पनि । जीबनमा संघर्षको लागि जे जति प्रेरणा पाएर अहिले बाँचेकी छु त्यसमा उहाँको पनि निकै ठुलो योगदान छ । जो छैन त्यो चिज निकै प्यारो हुन्छ । नभएको बस्तु नै मेरो लागि कुहिनर भएको छ । उसैले छोडेर गएको क्रान्तिको अभिभार पुरा गर्दै उसको हातबाट झरेको बन्दुकलाई उठाउदै वर्गप्रतिको निष्ठाले नै यो ठाँउसम्म ल्याइपुराएको छ । अहिले बुझदै छु यो समाजमा विधुवा भएर बाँच्नुको पिडा । तर मैले हारिन उसको गर्विलो इतिहासको गौरबपुर्ण वलिदानले मलाई प्रत्येक अप्ठयाराहरुको साँक्षी बनायो र यो समाजसँग लडने आँट बटुलेकी छु । हृदयमा सजीएको उसको याद नै काफी छ मलाई यो दुनियाँको चुनौतिको सामाना गर्न ।

कसैले अनुमान गर्छ भने कस्तो हुन्छ विवाह भएको एक महिना पुगेकै दिन जीवन साथीको हत्या हँुदा जसले भोेगेको छ उसलाई न थाहा छ । अहिले हाम्रो जीवन भोगाई कति मान्छेलाई क्यामराले खिचेको रिल जस्तो पनि लाग्न सक्छ तर यो मैले र म जस्तै युद्धमा जीवनसाथी गुमाउनेहरुले भोगेको साँझा पिडा हो ।

अहिलेको अवस्थामा हिजो युद्ध अवस्थाबाट आएको नेतृत्व पनि फेरिएर हिजोको वलिदानलाई नजर अन्दाज गरेको देखेर दुख लाग्छ । उनी मरेर महान् शहिद भए म बाँचेर प्रत्येक पल मरेर बाँच्नुका पिडा सायद कमैले अनुमान गर्लान । यो अवस्थाको लागी हाम्रो मान्छेहरुको रगत बगेको होइन बिडम्बना हामी यही अवस्था र व्यवस्था हेरिरहेका छौ । साँचै कवि भुपी शेरचनले भनेको जस्तै “मर्नेहरु हो यहाँ एक पटक जियर त हेर यहाँ जीउन कति गाह्रो छ” यहि कविताको लाईन जस्तै भएको छ अहिले हिजोको जनयुद्धमा जीवनसाथीहरु गुमाउनेहरुको जीवन दसा । देशमा व्यवस्था फेरियो तर हामी जस्तै हजारौ जनयुद्धमा सहाभागी योद्धाहरु र जनताको अवस्था फेरिएन । मलाई मेरो वीरताको इतिहास प्रति कहिल्यै गुनासो र दुखेसो छैन कुरा यो हो की जुन उदेश्यका लागि रगत बग्यो त्यो उदेश्य पुरा भएको छैन ।

एउटा राजा फाल्यौ गाँउ गाँउमा छोटे चन्द्रशम्शेरहरु राजा चलेको छ । यसले झन जनतामा निरासा र अन्योलता छाएको छ । अहिले हामी परिकल्पना गरेको राजनिति सबै भ्रम रहेछ, जस्तो लाग्न थालेको छ । अहिलेको अवस्थालाई नियाल्दा । दिनदहाडै लुट हत्या हिंसा बलत्कार बाहेक केही छैन । जनताको हितमा दुई तिहाई नजिक जनमत पाएको नेकपा पार्टीसँग हजारौं शहिद परिवार जनताको आशा भरोसा थियो तर पुरा भएन ।

ठ्याक्कै शब्दमा भन्न गाह्रो छ त्यो त्यहिबेला हो हामी प्रचण्ड कमरेडको एक आदेशमा मर्न र मार्न तयार थियौ, पार्टी र नेतृत्वप्रति प्रतिबद्ध थियौ । नेतृत्वप्रति विश्वास थियो कि पुरातन राज्यसत्ताको ध्वंश र जनवादी राज्यसत्ताको स्थापना हुने छ । कि त जनताले समान अवसर पाउने छ र समृद्ध समाज र देश बन्ने छ. तर आज राजनीतिक नेतृत्व हिजोका आफ्नो प्रतिबद्धताहरु शहिदहरु र जनताका सपनाप्रति इमान्दार रहन सकेनन, अझै भनौ युद्धबाट आएका नेताहरुको दिन दुइ गुणा रात चौगुणको दरले वर्ग रुपान्तरण भैइरहेको छ । सबै नेतागण परिवारवादमा फसेका छन । एउटा राजा फाल्यौ गाँउ गाँउमा छोटे चन्द्रशम्शेरहरु राजा चलेको छ । यसले झन जनतामा निरासा र अन्योलता छाएको छ । अहिले हामी परिकल्पना गरेको राजनिति सबै भ्रम रहेछ, जस्तो लाग्न थालेको छ । अहिलेको अवस्थालाई नियाल्दा । दिनदहाडै लुट हत्या हिंसा बलत्कार बाहेक केही छैन । जनताको हितमा दुई तिहाई नजिक जनमत पाएको नेकपा पार्टीसँग हजारौं शहिद परिवार जनताको आशा भरोसा थियो तर पुरा भएन ।

सम्झनामा दिपक ठकुरी (क.विवश)


उनी एक कुशल राजनैतिककर्मी र लाल र निपुर्ण जनमुक्ति सेनाका लडाकु सिपाही थिए । २०५७ सालमा पार्टीमा पुर्णकालिन कार्यकर्ता भएका हुन । उनी नुवाकोटमा बनेको जनमिलिसियाको सदस्य हुँदै नुवाकोटमा बनेको जनमुक्ति सेनाको स्पेशल फोर्सको प्लाटुन सह–कमाण्डर समेत थिए भने, पार्टी संगठनमा पार्टीको जिल्ला कमिटी सदस्य समेत हुन । नुवाकोटमा हुँने प्रत्येक फौजी कारवाहीमा उनको समान सहभागिता थियो । उनी निकै निडर र सहासी योद्धा थिए । नुवाकोटको रसुवा लगायतका गरिब जनताको प्रत्येक बस्तिमा उनको पदचाप पुगेको छ । २०५८ सालको युद्धको बेलामा उनीसंगै सहकार्य गर्ने अबसर प्राप्त भएका थियो । निकै सरल स्वाभाबका धनि थिए । अन्याय पटक्कै मन पर्दैन थियो उनलाई । नुवाकोटमा जनयुद्धको बेलादेखी नै जातिवाद र गुटवादले राम्रो जरा गाडिसकेको थियो तिनै वादहरुको सिकार उनी पनि भएका थिए ।

एक जमान थियो नुवाकोटमा माओवादी विरोधीहरु अझ भनौ त्यो बेलामा माओवादीलाई ध्वस्त पार्न सरकारले बनाएको गाँउ गाँउबाट माओवादी मासौ भन्ने अभियानका नाइकेहरु जो प्रतिकार समितिको अध्यक्ष समेत थिए उनीहरु भन्ने गर्थे कुन चाँही माओवादी सानो की ठुलो ? त्यो समयमा नै उनी ठुलो माओवादीको लिष्टमा परेका थिए अर्थात लडाकु सिपाही युद्ध कलाले भरिपुर्ण परिस्थिति अनुसार आफुलाई जस्तोसुकै रुपमा पनि परिवर्तन गर्न सक्ने ।

२०५९ साल संकटकालमा भाद्र महिनामा तलाखुमा सेल्टर लिएर बसेका थियौ हामी बसेको घरको छिमेकीले थाहा पाए पछि अल्छेमा रहेको सेनाको ब्यारेकमा गएर शाही सेनाहरुलाई बोलाएर ल्याएछ । हामीलाई दुश्मनले घेरा हालेसकेको थियो त्यो बेलामा उनले म लगायतका साथीहरुलाई नबचाएको भए म तेही बेला नै मारिएकी हुने थिए । उनको युद्ध कौशलताको कारण नै हामी बाँच्न सफल भयौ । बेलुका उनले त्यो सुराकीलाई एक्कै गएर भौतिक कारवाही (सफाय) गरेर फर्किए उनी आफ्ना बिपक्षी दुश्मनको सामु निकै कठोर रुपमा प्रस्तुत हुन्थे । त्यहि नै अन्तिम भेट भयो मेरो क.विवससँग ।

गणेश सारु मगर (क.सविन)


तत्कालित रसुवा जिल्लाको धैबुङ्ग गा.बि.स.हालको कालिका गाँउपालिकामा बुबा कृष्ण बहादुर सारु मगर आमा बेल कुमारी सारु मगरको कोखबाट गणेश सारु मगर (क.सविन) को जन्म भएको थियो । सानै उमेर देखी विद्रोही स्वाभाबका क.सबिनलाई पनि देशमा चलेको जनयुद्धको चहलपहलले कहाँ अछुतो राख्न सक्थ्यो । क. दिक्षा, क. क.ज्वाला, क.बसन्त मगर लगायतको बलिदानले पनि उहाँलाई क्रान्तिमा लाग्नको लागि प्रेरणा मिल्यो । उहाँ २०५९ सालमा स्कुलमा पढदा पढदै सर्वहारा वर्गको मुक्तिको खातिर सुनौलो सपना देखेर जनयुद्धमा सहभागि हँुन भयो । देशभर युद्धको राँको दिन दुइ गुणा रात चौगुणा जसरी फैलिदै गयो । त्यहि अनुरुप जनमुक्ति सेनाले पनि फौजी कारवाही पनि तिव्र रुपमा अगाडी बढाएको थियो । फौजी आक्रमणलाई बढाउदै पार्टीको १६ आंै कार्ययोजनालाई कार्यन्वयन गर्ने क्रममा रसुवा जिल्लाको हाल कालिका गाँउपालिकाको जिबजिबे बजारमा दुश्मनलाई मानिङ्ग (एम्बुस) राख्ने क्रममा स्थानिय सुराकीको सुचनाको आधारमा गिरिफ्तारगरी शाही सेनाले हत्या गर्यो । त्यहि दिन तिन जना चेलीहरुको सिउदोको सिन्दुर पुछियो आमाहरुको काँख रित्तियो छोरा टुहुरा भए । (सन्दर्भ क.विवशको एक छोरा हुनुु हुन्छ ।)

“तपाईको हेराईले हराएको प्रियजनहरु एकदिन फर्किन सक्छन कठिनाइमा परेको मानिसलाई घरमा कसैले पर्खिरहेको छ भन्ने भावना मात्रले पनि बाँचेर फर्किन प्रेरित गरिरहेको हुन्छ ।” रुसी कवि कन्स्तान्तिन सिमोनोभ सन १९४१ दोस्रो विश्व युद्धमा रेड स्टार पत्रिकाको सँम्पादकको रुपमा खटाइएका थिए र त्यो बेला जन्मिएको यो कविताको हरफले सन्देश दिएको छ । उनले युद्ध मैदानबाट आफ्नी पत्निलाई “पर्खनु है मलाई ! म फर्किआउने छु” भनेर लेखेको कविताका यि हरफहरुले नेपालमा संचालन भएको जनयुद्धको क्रममा उदयमान क्रान्तिकारी सपना देखेर वर्गदुश्मनको राज्यलाई ध्वस्त बनाउने क्रममा सहिद वा बेपत्ता भएका परिवारजनको मनको भावनाको पनि प्रतिनिधित्व गरेको छ । म पनि खोज्ने गर्छु मेरा प्रिय आत्माहरुलाई तिनीहरुको अन्त्यष्ठी स्थानको समिप पुगेर कहि कतै फर्किहाल्छन की भनेर तर उनिहरु फर्कियनन् जो भौतिक रुपमा बिलय तारापुञ्ज बनेर चम्कीरहेका छन ।

म पनि खोज्ने गर्छु मेरा प्रिय आत्माहरुलाई तिनीहरुको अन्त्यष्ठी स्थानको समिप पुगेर कहि कतै फर्किहाल्छन की भनेर तर उनिहरु फर्कियनन् जो भौतिक रुपमा बिलय तारापुञ्ज बनेर चम्कीरहेका छन ।

मैले यी वीरहरुको गाथा लेख्दै गर्दा उनीहरुको जीवन साथीहरुकाबारेमा पनि केही त खोतल्दीन पर्छ । यी तिन योद्धाहरु विवाहित हुन उनीहरुलाई तत्कालिन पार्टी नेकपा (माओवादी) ले शहिद घोषणा गर्यो तर ति योद्धाहरुको घर परिवार र तिनको जीवनसाथीहरु र तिनका छोरा छोरीको अवस्थाको बारेमा कहिलै पनि सोचेन । तत्कालिन माओवादी पार्टीको नेतृत्व गरेर आएका नेताहरु सत्तामा पुगेर पनि शहिद र उनीहरुको परिवारलाई समेत चिन्न छोडेको देखेर दुख लाग्छ । तिनै योद्धाहरुको रगतको आहालमा पौडिएर बाँचेको नवधनाढ्यहरुलाई यो रगतले नपोलेको देखेर अचम्म पनि किन मान्नु छ र अहिले ! तर अचम्म मान्नु पर्ने कारण पनि देख्दिन वर्ग फेरिएकाहरुसँग अहिले जनयुद्धको त्याग बलिदान समपर्णको कुरा गर्ने सुन्ने सुनाउने फुर्सद छैन रे । जो ठेकेदारको चङगुलमा फसेका छन र नाफा खाएर सानको जिन्दगी बाँचीरहेका छन । सबै कुराको निर्धारण विचारले गर्छ जहाँ बिचार शुन्य हुन्छ त्यहाँ बिचार बिहिन झुण्डहरु भेला हुन्छ ।

अग्रज र मेरा पुस्ताले राज्य व्यवस्था परिवर्तनको लागि कयौ पटक विद्रोहको आवाज बुलन्द गर्यो र मेरो पुस्ताले विभिन्न काल खण्डमा भएको विद्रोहलाई मुर्तरुप दिन माओवादी पार्टीको नेतृत्वमा शसस्त्र युद्धमा नै भौतिक शरिरको पर्वाह नगरी उपस्थिति जनायो यसबाट उपलब्धी के भयो त यसको लेखाजोखा के ले निर्घारण गर्ने अहिले ? लाचार सरकार भर्ती अभियानमा अमुखको आर्शिवाद पाएर नेता भएकाहरुलाई हिजोको योगदानले छुदैन र विगतको त्यागलाई नआदर गर्नु कुनै अनौठो पनि नमान्दा हुँने रहेछ ।

यो वलिदानलाई पक्कै पनि पछिल्लो पुस्ताले सम्मान गर्ने छ । मेरो पुस्ताले त एउटा इमान्दार नेतृत्व नदेखिकनै देहत्याग गर्नुपर्ला । फेरी परिवर्तन कै बाटोमा नयाँ पुस्ताले पनि सँघर्ष गर्न जरुर आवश्यकता छ । साँच्चै युद्ध सुनौलो विहानी लिएर आउछ र डर लाग्दो चित्कार छोडेर जान्छ । ती वीर योद्धाहरुको सम्झनामा लाखौ श्रद्धासुमन लाखौ श्रद्धाजली ।


Tagged
प्रतिकृया दिनुहोस्