Hamro Sanchar

बारेकोटमा प्रतिबन्धित नेकपाको आयोजनामा बिरोध ¥याली तथा कोणसभा सम्पन्न

शुशिला बिक प्रकाशित : २०७७/७/२१ गते
जाजरकोट

बारेकोट गाउँपालिकाको घाँटमा प्रतिबन्धित नेकपाको आयोजनामा बिहिबार बिरोध ¥याली तथा कोणसभा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारको जिम्मेवारीबाट सरकार पछि हटेको भन्दै प्रतिबन्धित नेकपाले बिरोध ¥याली तथा कोणसभा सम्पन्न गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको जिम्मेवारीबाट पछि हटेको सरकार जनताको नभएर दलालहरुको सरकार भएको सितलको भनाई रहेको थियो । उक्त कोण सभालाई सम्बोधन गर्दै सितलले बिद्यमान सरकारका बिरुद्ध युवा, बिद्यार्थी लगाएत आम जनसमुदाय एकजुट भएर बैज्ञानिक समाजवादका लागि एकीकृत जनाक्रान्तिमा लामबद्ध हुनुपर्ने भनाई राखेका थिए ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार गर्ने जिम्मेवारीबाट पछि हट्ने सरकारी निर्णय देश र जनताको बिरुद्धमा भएको एरिया नं. २ का सेक्रेटरी निर्ममले भनाई राखेका थिए । सरकारले गरेको निर्णय सच्याएर जनताको निःशुल्क स्वास्थ्य जाँच तथा उपचारको तत्काल ब्यवस्था गर्न सरकारलाई निर्ममले अनुरोध गरेका थिए । पद र कुर्सीका लागि वैदेशिक शक्तिको पाउ मल्न छोडेर विश्व मानवजाती आतंकित बनाईरहेको कोरोना भाइरसको उपचारमा लाग्न निर्ममले सरकारलाई सुझाव दिएका थिए ।

कोरोना भाइसरको आतंक फैलाएर भ्रष्टाचार गर्ने, बजारमा कृतिम अभाव सृजनागरी महंगी र कालाबजारी गर्नेहरुलाई आफ्नो पार्टीले कारबाही गर्ने निर्ममले चेतावनी दिएका थिए । स्थानिय स्तरमा गरिने जाँड रक्सीको जथाभावी बिक्री–बितरण र सेवन न्युनिकरण गर्न प्रत्येक होटेल, पसल दर्ता गर्ने, अनिवार्य सम्वन्धित निकायले निर्धारण गरेको मुल्यसुचीे टाँस्नुपर्ने निर्ममले धारणा राखेका थिए ।

राष्ट्रियता र जनजिविकाका हितमा गरिएको संघर्षको कोहि बाधक बनेर आएमा त्यसले ठूलो मूल्य चुकाउनु पर्ने निर्मलले चेतावनी दिएका थिए । दलाल संसदीय ब्यवस्थाको पक्षमा नभएर देश र जनताको वास्तविक मुक्तिका लागी सम्पुर्ण देशभक्त, क्रान्तिकारी, युवा, विद्यार्थी, किसान, मजदुर, कर्माचारी, सेना, प्रहरी, विभिन्न पार्टीमा रहेका क्रान्तिकारी, प्रगतिशील, कम्युनिष्टहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुन निर्ममले अपिल गरेका थिए ।

बारेकोट–२ रोकायगाउँ देखि सुरु गरिएको बिरोध ¥याली घाँट बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । दिउसो २ बजे देखि सुरु गरिएको बिरोध ¥याली तथा कोणसभा ४ बजे सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी, किसान, युवायुवती लगाएत सयौं जनाको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्