Hamro Sanchar

पत्रकार बिद्यार्थी संगठन, नेपालका केन्द्रिय सदस्य शाही कोहपुरबाट पक्राउ

शाहीलाई विनासर्त रिहाई गर्न संगठनका अध्यक्ष गैरेको आग्रह

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/१८ गते
बाँके

पत्रकार बिद्यार्थी संगठन, नेपालका संस्थापक केन्द्रिय सदस्य डिबी शाहीलाई मंगलबार कोहलपुरमा प्रहरीले पक्राउ गरेको छ । राजनैतिक आस्थाका आधारमा शाहीलाई कोहलपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

रिर्पोटिङ्गका लागि बजारमा हिडिरहेको अबस्थामा शाहीलाई प्रहरीले पक्राउ गरेको पत्रकार विद्यार्थी संगठन, नेपालका अध्यक्ष मुक्ति गैरेले जानकारी दिएका छन् । गैरन्यायिक तरिकाले पक्राउ गरिएका शाहीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएको घटनाले संगठनलाई अच्चमित बनाएको अध्यक्ष गैरेले बताएका छन् । अध्यक्ष गैरेले एक प्रेस विज्ञप्ती जारी गर्दै शाहीलाई विनासर्त रिहाई गर्नुपर्ने माग राखेका छन् । शाहीलाई विना सर्त रिहाई गराउन पत्रकार, मानव अधिकारकर्मीहरुलाई सहयोग गर्न अध्यक्ष गैरेले अपिल गरेका छन् ।

शाही पत्रकार बिद्यार्थी संगठन, नेपालका संस्थापक केन्द्रिय सदस्य र कुशे न्युज अनलाईनका रिर्पोटर हुन् ।

अध्यक्ष गैरेले निकालेको प्रेस बिज्ञप्तीको पूर्ण पाठः–

पत्रकार विद्यार्थी संगठन,नेपाल
केन्द्रीय समिति
२०७७
मिति २०७७÷०७÷१८ गते
प्रेस विज्ञप्ति
हाम्रो संगठन पत्रकार विद्यार्थी संगठन, नेपालका संस्थापक केन्द्रीय सदस्य तथा पश्चिम नेपालको चर्चित अनलाइन मिडिया कुसे न्युजका रिर्पाेटर डिबी शाहीलाई आस्थाकै आधारमा आज बिहान बाँकेको कोहोलपुर बजारमा हिडिरहेको अवस्थामा प्रहरीले गिरिफ्तार गरी हिरासतमा राखि अनुसन्धान गरेको घटनाले आश्चर्यचकित बनाएको छ । उहाँ एउटा कुशल पत्रकार बिद्यार्थी रिर्पोटर हुनुहुन्छ । एउटा सामान्य आस्थाको नजिरलाई लिएर गरिने गैर न्यायिक गिरिफ्तारले नागरिकको तथा राज्यको चौथो अंगको सिङ्गो पत्रकार जगतको उपहास भएको छ । त्यसैले उहाँलाई बिनासर्त रिहाइ गर्न माग गर्दछौं । साथै रिहाइको लागि सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मीहरुलाई समेत आवश्यक सहयोग गरिदिनु हुन् विनम्र अनुरोध गर्दछौं ।

मुक्ति गैरे
अध्यक्ष


Tagged
प्रतिकृया दिनुहोस्