Hamro Sanchar

नेपाल प्रजातान्त्रिक महासंघको आमन्त्रित केन्द्रिय सदस्यमा जाजरकोटकी हजारी नेपाली मनोनित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/१७ गते
जाजरकोट

नेपाली कांग्रेस पार्टीको शुभेक्षुक संगठन नेपाल प्रजातान्त्रिक महासंघको आमन्त्रित केन्द्रिय सदस्यमा जाजरकोटकी हजारी नेपाली मनोनित भएकी छन् । केन्द्रिय कार्यसम्पादन समितिको निर्णय अनुसार नेपालीलाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।

कार्यसम्पादन समितिको निर्णय अनुसार नेपाल प्रजातान्त्रिक महासंघ जाजरकोट जिल्ला अध्यक्ष हजारी नेपाली र भक्तपुर जिल्ला अध्यक्ष गंगालक्ष्मी अवाललाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरिएको नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिएका छन् ।

आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकोमा नेपाली र अवाललाई महासचिब भक्तराज भुसालले हार्दिक बधाई दिनुको साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएकी जाजरकोटकी नेपालीले खुशी व्यक्त गर्दै आफुले पार्टी राजनीतिको लागि गरेको कामको उच्च मुल्याङकण गरेर मनोनित गर्ने केन्द्रिय समिति प्रति हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्