Hamro Sanchar

नलगाड नगरपालिकाद्धारा ५ सय परिवारलाई कोरोना राहत बितरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/१५ गते
जाजरकोट

नलगाड नगरपालिकाले ५ सय परिवारलाई कोरोना राहत बितरण गरेको छ । कोरोना प्रभावित, अति गरिब तथा बिपन्न परिवारलाई नगरपालिकाले कोरोना राहत बितरण गरेको हो ।

१३ वटै वडाका कोरोना (कोभिड–१९) प्रभावित, अतिगरिब तथा बिपन्न ५ सय परिवारलाई नगरपालिकाले कोरोना राहत बितरण गरेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन् । महान् चार्ड वडा दशैको वेला नगरपालिकाले प्रतिपरिवार २५ किलो चामल, १ लिटर तेल र १ किलो दालका दरले ५ सय घरपरिवारलाई कोरोना राहत बितरण गरिएको नगर प्रमुख रावलले बताएका छन् ।

नगर प्रवक्ता राममाया शाही (हमाल) ले दिएको जानकारी अनुसार वडा नं–१ मा ५८ परिवार, वडा नं–२ मा ३१ परिवार, वडा नं–३ मा ४३ परिवार, वडा नं–४ मा ३४ परिवार, वडा नं–५ मा ४७ परिवार, वडा नं–६ मा ३९ परिवार, वडा नं– ६ मा ४० परिवार, वडा नं–८ मा ५८ परिवार, वडा नं–९ मा २८ परिवार, वडा नं–१० मा २६ परिवार, वडा नं–११ मा २४ परिवार, वडा नं–१२ मा ३७ परिवार र वडा नं–१३ मा ३५ परिवारगरी जम्मा ५ सय परिवारलाई दाल, चामल र तेल सहितको कोरोना राहत वितरण गरिएको छ ।

कोरोना (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राखेर राहत वितरणमा हुने भिडभाडलाई कम गर्न नगरपालिकाले कुपन प्रणालीबाट राहत बितरण गरिएको पवक्ता शाहीले जानकारी दिईन् । ५ गते देखि सुरु गरिएको राहत बितरण कार्यक्रम ९ गतेसम्म संचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्