Hamro Sanchar

बारेकोट–१ बयालमा आगलागी हुदा एक घर जलेर नष्ट

२ लाख नगद सहित ५ लाख बराबरको क्षेति

रमेशराज गौतम प्रकाशित : २०७७/७/१५ गते
जाजरकोट

बारेकोट गाउँपालिका–१ बयालामा बिहिबार राति आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । नलगाड हाइड्रोपावरबाट मुआब्जा बुझेको दुई लाख नगद सहित ५ लाख बराबरको धनसम्पति क्षेति भएको अनुमान गरिएको छ ।

बारेकोट गाउँपालिका–१ बयालाका पृर्थीबहादुर कामीको घरमा राति लागेको आगोबाट जलेर छाना र माथिल्लो तल पुरै नष्ट भएको इलाका प्रहरी कार्यालय रामिडाँडाका ईन्चार्ज तथा प्रहरी निरिक्षक हेरम्ब पाण्डेले जानकारी दिएका छन् । आगलागीबाट नलगाड हाईड्रोपावरबाट मुआब्जा बुझेको दुई लाख नगद सहित लत्ता कपडा, भाडाकुढा र अन्नगरि जम्मा ५ लाख बराबरको क्षेति भएको ईनिस्पेक्टर पाण्डेले बताएका छन् ।

कामीको सम्पूर्ण परिवार गाउँ नजिकै राति लाग्ने मेलामा सहभागी भएको बेला राति १२ बजे एक्कासी घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरमा आगलागी भईसकेपछि मेलामा सहभागी जत्रालुहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिन सफल भएको पृर्थीबहादुरले जानकारी दिएका छन् । उक्त आगलागिबाट मानविय तथा अन्य पशुचौपाय कुनै पनि क्षेति नभएको कामी परिवारले जनाएको छ ।

 

कामी परिवार गत असार २५ गते राति आएको बाढी पहिरो पिडित परिवार पनि भएको प्रहरीले जानकारी दिएको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्