Hamro Sanchar

भीरबाट लडेर छेडागाडमा एक बालिकाको मृत्यु

नवराज न्यौपाने प्रकाशित : २०७७/७/६ गते
जाजरकोट

छेडागाड नगरपालिका–८ घोगीमा बुधबार भीरबाट लडेर एक बालिकाको मृत्यू भएको छ । जंगलमा बाख्रा चराउदै गर्दा घाँस काट्ने क्रममा चिप्लिएर लडेपछि बालिकाको मृत्यु भएको हो ।

लडेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–८ घोगीकी १५ बर्षिय रञ्जना बस्नेत रहेको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । मृतक बस्नेत एक बर्षको उमेरमै उनको आमाको मृत्यु भएको थियो । बस्नेत नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।


Tagged
प्रतिकृया दिनुहोस्