आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/२ गते
जाजरकोट

व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा आचार्य (बस्नेत) आज गाउँपालिकाको अबस्था परिवर्तनको यात्रामा लागि परेकी छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ हजार ७ सय ७८ मत प्राप्त गरेर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित काबा अध्यक्ष आचार्य यतिवेला चुनावी घोषणा–पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई मसिनो तरिकाले केलाई रहेकी छन् ।

सामाजिक, आर्थिक, संस्थागत र पूर्वाधार जस्ता समग्र पक्षको विकास नगरि समृद्ध गाउँपालिकाको परिकल्पना गर्न नसकिने कावा अध्यक्ष आचार्यको भनाई रहेको छ । पूर्वाधार विकास बिना गाउँपालिकाले गुणस्तरीय सेवा प्रवाह गर्न नसक्ने बताउदै कावा अध्यक्ष आचार्यले सड्क, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता पूर्वाधार विकास निर्माणका कामहरुलाई पहिलो प्राथमिकता राखेर विकास निर्माणका कामलाई अगाडी बढाई रहेको बताईन् । पूर्वाधार विकासले गाउँपालिकाको सचिबालयलाई व्यवस्थित गराउने भनाई राख्दै काबा अध्यक्ष आचार्यले व्यवस्थित सचिवालयले मात्र सरल तरिकाले नागरिकहरुलाई सेवा प्रवाह गर्न सक्ने बताईन् ।

सामाजिक विकासमा जोड दिन नसके गाउँपालिकालाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताउदै काबा अध्यक्ष आचार्यले भोलीको समृद्ध जुनीचाँदे गाउँपालिकालाई परिचालन गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अन्य सामाजिक बिकासका कामहरुलाई पनि अगाडी बढाई रहेको बताईन् । स्वस्थ जनशक्ति उत्पादन गर्नका लागि गाउँपालिकाले–‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम संचालन गरेको जानकारी दिदै मातृ तथा शिशु मृत्यदरलाई काम गर्नुको साथै गाउँपालिकाले पोषण सुधारमा जोड दिएको बताईन् । समाजमा विद्यामान बाल बिबाह, बहु बिबाह, अनमेल बिबाह, दाईजो प्रथा, छाउपडी प्रथा, लैङ्गिंक तथा जातिय विभेद, घरेलु, महिला तथा बाल हिंसा, बालश्रम जस्ता विभिन्न खाले कुरिति र कुसंस्कारको अन्त्य गर्न गाउँपालिकाले ‘सासु बुहारीसंग–उपाध्यक्ष’ कार्यक्रम संचालन गरेर विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको उनले बताईन् ।

बाल बालिकामा लगानी, युवालाई रोजगारी र बृद्धालाई सम्मान गर्ने नीति लिएको गाउँपालिकाले विभिन्न खाले कार्यक्रमको आयोजना गरिरहेको बताउदै उपाध्यक्ष आचार्यले सामाजिक सुरक्षा तथा सामाजिक विकासमा एकल तथा बिधुवा महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, दलित तथा जनजातिहरुलाई पहिलो प्राथमिकताको सुचीमा राखेको बताईन । साथै उनले गाउँपालिकाले ‘बैंक खाता छोरीको–सुरक्षा जीवन भरिको ।’ कार्यक्रम संचालन गरेर एकमुष्ट १० हजार रुपैया खातामा जम्मा गर्ने गरेको बताईन् ।

आर्थिक विकास बिना जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्ने बताउदै काबा अध्यक्ष आचार्यले आर्थिक विकासमा गाउँपालिकाले कृषि, पशुपंक्षी, लघु उद्ययमशिलता र विभिन्न प्रकारका रोजगारका कामलाई प्राथमिकता दिएको बताईन् । कृषिलाई प्रोत्सान गर्न विभिन्न प्रकारका अनुदान, पशु पालनलाई प्रोत्सान गर्न गाउँपालिकाले ‘भैसी सुत्केरी भत्ता’ को कार्यक्रम संचालन गरेको बताईन् । गाउँका युवा युवतीहरुलाई लघु उद्ययमी बनाई स्वरोजगार बनाउन सहुलियत अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको बताईन् ।

सुशासनलाई व्यवस्थित गर्न गाउँपालिकाले संस्थागत विकासलाई जोड दिएको बताउदै संस्थागत विकासमा गाउँपालिकाले निर्माण गर्नुपर्ने विभिन्न प्रकारका ऐन, निमावली, कार्यविधी र मापदण्डहरु निर्माण गरेर संचालनमा ल्याईएको काबा अध्यक्ष आचार्यले जानकारी दिएकी छन् ।

चुनावी घोषणा–पत्रमा उल्लेख गरिएका ९५ प्रतिशत प्रतिबद्धताहरु पुरा भईसकेको बताउदै काबा अध्यक्ष आचार्यले बाँकी रहेका ५ प्रतिशत प्रतिबद्धतालाई बाँकी रहेको १६–१७ महिनामै पुरा गरिसक्ने भनाई राखेकि छन् ।

व्यवस्था परिवर्तनको लागि सुरु गरिएको राजनैतिक यात्रालाई निरन्तर रुपमा जनता र भुगोलको अबस्था परिवर्तनमा लगाई राख्ने आचार्यको भनाई रहेको छ । राजनीति भनेको व्यवसायिक व्यापार र नाफामुखी पेशा नभएर जनता र भुगोलको सेवा गर्ने, अबस्था परिवर्तनमा समय लगाउने समाज सेवा भएको उनले बताईन् । गाउँपालिका भित्र बसोबास गरिरहेका जनताको गरिबीलाई घटानउने र जुनीचाँदेलाई समग्र विकासको मुलप्रवाहमा ल्याउन सधैभरी लागि पर्ने आचार्यले भनाई राखेकी छन् ।

समुदायमा लैंङ्गिक रुपमा हेर्ने दृष्टिकोण फरक रहेको बताउदै काबा अध्यक्ष आचार्यले त्यसको पिडा आफुले पनि भोग्नु परिरहेको बताईन् । गत असोज २१ गते ७ जनाको ज्यान जानेगरी जुनीचाँदे गाउँपालिका–१ औल पातिहाल्ना टाकुरीमा भएको जीप दुर्घटनाको बिषयलाई लिएर आफुलाई विभिन्न आरोप लगाएको काबा अध्यक्ष आचार्यले बताईन् । जीप दुर्घटना भएको जानकारी प्राप्त हुन वित्तिकै आयोजित कार्यपालिकाको बैठकलाई स्थगित गरेर घटना स्थलमा पुग्नुको साथै घटना स्थलका लासहरुको व्यवस्थापन, घाईते नरबहादुर वुढाको उद्धार, उपचारको व्यवस्थापन गाउँपालिकाले गर्यो तर, त्यहाँ आक्रोशित भीडले परालेमा कार्यपालिकाको बैठक राखेर जीप दुर्घटना भयो भनेर मलाई नै आक्रमण गर्नुको साथै मेरो कुर्ता च्यात्ने, चश्मा फुटाउने काम गरियो काबा अध्यक्ष आचार्यले भनिन्–‘मलाई त्यसो गरिनुमा पनि महिला भएरै गरिएको हो भन्ने मैले बुझेकी छु ।’

टेलिफोन सम्पर्क नभएको हुदा भोलिपल्ट (२२ गते) प्रमुख जिल्ला अधिकारी चेतराज बरालको टीम घटनास्थलमा पुग्यो तर, समन्वय नहुदा म पुग्न सकिन, त्यसपछि यतिठुलो दुखान्तपूर्ण घटना स्थलमा काबा अध्यक्ष पुगिनन् भन्ने आरोप पनि महिला भएरै होला, मलाई नै लगाईयो आचार्यले भनिन्–‘यसरी लगाईने आरोप र गरिने टिप्पनीलाई मैले सामान्य रुपमा लिएकी छु, कार्यविधिमा भएको व्यवस्था अनुसार गाउँपालिकाका तर्फबाट जनही क्रिया खर्च वाफत २५ हजार र जनप्रतिनीधि र कर्मचारीहरुको सेवाबाट कटौती गरेर मृतकका आफन्तलाई जनही एक लाख रुपैया सहयोग गर्ने नीतिगत निर्णय गरेका छौं ।’

रोजगारी सृजनाको अबसर प्राप्त भएमा उक्त घटनामा मृत्यु भएका जनप्रतिनीधि र गाउँपालिकामा कार्यरत कर्मचारीहरुको घर परिवालाई प्राथमिकता दिने गाउँ कार्यपालिकाबाटै निर्णय गरिएको आचार्यले जानकारी दिईन् । हालसम्म हराई रहेका उक्त घटनाका गाडी चालक गोरख बस्नेतको खोजीकार्यमा नेपाल प्रहरीलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरिएको पनि आचार्यले बताईन् ।

१४ बर्षको उमेरदेखि राजनैतिक जीवन यात्राको सुरु गरेकी आचार्य हाल ३२ बर्षको भईन् । २०५६ सालमा तत्कालिन नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धमा लागेर एरिया कलाकार, एरिया विद्यार्थी संगठन, जिल्ला कलाकार हुनै अन्तमा जनमुक्ति सेनाका विभिन्न मोर्चाहरु समाल्दै आएकी आचार्यले सेना समायोजन पछि भुगोलको राजनीतिमा सक्रिए छन् । दैलेखको नौमुले, म्याग्दीको बेनी र बाँकेको खैरीखोला जस्ता भिषण लगाईका मोर्चाहरुको अनुभव संगालि सकेकी आचार्यले व्यवस्था परिवर्तनको लागि सुरु गरिएको राजनैतिक जीवनलाई अन्तसम्म जुनीचाँदेको अबस्था परिवर्तनमै लगाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्