आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाड नगरपालिकामा पासो लगाएर एक युवाको मृत्यु

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/७/२ गते
जाजरकोट

छेडागाड नगरपालिका–९ चल्लोपाेलेमा दोबट्टाको पासो लगाएर एक जना युवाको आईतबार मृत्यू भएको छ । पासो लगाएर मृत्यु हुनेमा ३३ बर्षिय लिलाराम गिरी रहेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कान्छा ससुरा नाता लाग्ने बिष्णु गिरीको घरमा घाँटीमा दोवट्टाको पासो लगाएर लिलारामले आत्म हत्या गरेको स्थानीयले बताएका छन् । लिलारामले आत्महत्या गर्नुको कारण हालसम्म नखुलेको प्रहरी प्रमुख श्रेष्ठको भनाई रहेको छ । बडाबन ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली घटना स्थलमा पुगिसकेको जानकारी दिदै डिएसपी श्रेष्ठले जिल्लाबाट गएको प्रहरी टोली पनि केहि समयमै घटना स्थलमा पुग्ने बताए ।

लिलाराम छेडागाड नगरपालिका–८ रुवाका हुन भने, कान्छा ससुरा बिष्णु गिरीको घर छेडागाड नगरपालिका–९ चल्लोपोलेमा पर्दछ । लिलाराम २ दिन अघि मात्र सुर्खेतबाट घर फर्केको बताईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्