आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/३० गते
जाजरकोट

लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण गर्दै आएको कार्यालयले डिजिटल विद्यालय कार्यक्रम संचालन गरेर प्रविधि जडानलाई पनि जोड दिदै आएको हो ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै पालिकाका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक तथा आर्थिक विकासमा जोड दिदै आएको कार्यालय प्रमुख धनबहादुर बिष्टले जानकारी दिएका छन् । कार्यालयले विद्यालयको पूर्वाधार एवं प्रविधि विकासलाई पहिलो प्राथमिकता दिएको छ प्रमुख विष्टले भने–‘कार्यालयले निकासा प्राप्त गर्ने र खर्च गर्नलाई चालु र पुँजीगत अनुदान गरी दुई शिर्षकको बजेट रहेको छ, गत आव २०७६÷०७७ मा पुँजीगत तर्फ कार्यालयले ८७ दशमलब ४ प्रतिशत र चालु तर्फ ४३ दशमलब १३ प्रतिशत मात्र बजेट खर्च गरेको थियो, कम बजेड खर्च हुनुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले गरेको लकडाउन मुख्य कारण रह्यो ।’

कार्यालय विष्टले दिएको जानकारी अनुसार पुँजीगत अनुदान तर्फका अधिकांश कार्यक्रमहरु सम्पन्न भएका थिए भने, चालु अनुदान तर्फका अधिकांश कार्यक्रमहरु सम्पन्न गर्न नसकेर फिर्ता भएका थिए ।

पुँजीगत अनदान तर्फका कार्यालयले संचालन गरेका कार्यक्रमहरु
भेरी नगरपालिका–१३ बाल प्रावि कुशतरा विशेष शिक्षा सञ्चालित विद्यालयको भौतिक सुधारमा निकासा प्राप्त २० लाखमा २० लाख खर्चगरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

भेरी नगरपालिका–९ दिपेन्द्र मावि कालाभुर नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

जुनीचाँदे गाउँपालिकाको महेन्द्र प्रावि कोर्ताङ्ग नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको रामोदय मावि जेवा नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

शिवालय गाउँपालिकाको सरस्वति मावि नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

नलगाड नगरपालिका–१२ विरेन्द्र हिमालय मावि तल्लु नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

कुशे गाउँपालिका–५ लक्ष्मी प्राप्ती मावि खुर्पा नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

बारेकोट गाउँपालिका–२ विरेन्द्र ऐश्वर्य मावि लिम्सा नमुना सामुदायिक विद्यालय भवन निर्माणमा निकासा प्राप्त ५० लाखमा ५० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

जुनीचाँदे गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय नमुना बाल विकास भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

नलगाड नगरपालिका–५ जुनी बाल संरक्षण प्रावि नमुना बाल विकास भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

भेरी नगरपालिका–४ रामजानकी प्रावि इउरी शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

बारेकोट गाउँपालिका–३ दिपेन्द्र मावि मुल्साम शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको भगवति निमावि पिपलतडा शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

कुशे गाउँपालिकाको जनता प्रावि थानबारा शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

जुनीचाँदे गाउँपालिकाको सरस्वति आधारभुत विद्यालय शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको कालिका मावि सेराहखरे शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको कालिका मावि स्वडारी शैक्षिक संस्थाको भवन निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको ज्ञानपुन्ज क्याम्पस दशेरा सामुदायिक क्याम्पसको पूर्वाभार निर्माणमा निकासा प्राप्त २० लाखमा २० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

नलगाड बहुमुखी क्याम्पस दल्ली सामुदायिक क्याम्पसको पूर्वाभार निर्माणमा निकासा प्राप्त २० लाखमा ० प्रतिशत खर्च गरेर वित्तिय तथा भौतिक प्रगति ० प्रतिशत भएको छ ।

भेरी नगरपालिका–३ थाप्ले त्रिभुवन मावि खलंगा बहुप्राविधिक विद्यालय पूर्वाधार भवन निर्माणमा निकासा प्राप्त एक करोडमा ५४ लाख ९७ हजार ९ सय ९१ रुपैया खर्च गरेर वित्तिय प्रगति ५४ दशमलब ९८ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत भएको छ ।

जिल्ला स्थित कभर्ड हल तथा खेलमैदान निर्माणमा निकासा प्राप्त ३० लाखमा ० प्रतिशत खर्च गरेर वित्तिय तथा भौतिक प्रगति ० प्रतिशत भएको छ ।

कुशे गाउँपालिका–थर्पु मावि ढिमेमा विद्यालय खेलमैदान तथा महिला÷अपाङ्गमैत्री शौचालय निर्माणमा निकासा प्राप्त १० लाखमा १० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको बाल मावि झाप्रामा विद्यालय खेलमैदान तथा महिला÷अपाङ्गमैत्री शौचालय निर्माणमा निकासा प्राप्त १० लाखमा १० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

छेडागाड नगरपालिकाको कौवा प्रावि झिंग्रामा विद्यालय खेलमैदान तथा महिला÷अपाङ्गमैत्री शौचालय निर्माणमा निकासा प्राप्त १० लाखमा १० लाख खर्च गरेर वित्तिय तथा भौतिक प्रगति सतप्रतिशत भएको छ ।

पूँजीगत अनुदान तर्फ मोटरसाईकल खरिद, मेशेनरी औजार, उपकरण खरिद, कार्यालयको लागि फर्निचर, फिक्चर्स खरिद सहित गरी ७ करोड ५७ लाखको निकासा प्राप्त गरेको सामाजिक विकास कार्यालय, जाजरकोटले ६ करोड ६१ लाख ६२ हजार ५ सय ८५ रुपैया खर्च गरेर वित्तिय प्रगति ८७ दशमलब ५ प्रतिशत हासिल गरेको छ भने, भौतिक प्रगति ९८ प्रतिशत हासिल गरेको छ ।

चालु खर्च तर्फ
चालु खर्च तर्फ २ करोड १० लाख ५६ हजार निकासा प्राप्त गरेको कार्यालयले ९० लाख ८१ हजार ४२ रुपैया खर्चगरी ४३ दशमलब १३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको थियो ।

व्यवसाय गरिरहेका महिलाहरुका लागि उद्यमशिलता विकास कार्यक्रम, जिल्ला स्तरमा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, सामुदायिक पुस्तकालय संचालन अनुदान कार्यक्रम, हिंसा प्रभावित व्यक्तिहरुको लागि प्रदेश स्तरिय दिर्घकालिन र अल्पकालिन आश्रय सहितको पुर्नस्थापना केन्द्र संचालन सहयोग कार्यक्रम, महिला बाल बालिकासँग सम्बन्धित विभिन्न दिवस संचालन कार्यक्रम, बालश्रम विरुद्ध अभियान, छुवाछुत विरुद्धको अभियान, जेष्ठ नागरिक समन्वय बैठक, अभिमुखीकरण, बार्षिक समीक्षा, ऐन कानून निर्माण र स्याहार सुसार कार्यक्रम, मनमोहन जेष्ठ नागरिक दिवस तथा सम्मान कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जन कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरुलाई सीप तथा क्षमता, स्याहार तालिम, स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रमसंग सम्बन्धि अन्य कृयाकलाप, वैदेशिक रोजगारीमा जानेहरूका लागि परामर्श केन्द्र स्थापना कार्यक्रम, साक्षर कर्णाली कार्यक्रम, युवा लक्षित कार्यक्रमको अनुसन्धान र विज्ञान तथा प्राविधिक प्रबद्र्धनमा युवा सहगिता अभिवृद्धि कार्यक्रम, अपाङ्गहरूका लागि खेलकुद प्रतियोगिता, महिला उद्यमी सम्बन्धी सीपमुलक कार्यक्रम, बाल संरक्षण प्रणालीको सुदृढीकरण (बाल संरक्षण, लैँङ्गिक हिँसा र विपदमा बालसंरक्षण सम्बन्धी स्रोत सामग्री निर्माण, सूचना प्रणाली व्यवस्थापन, बाल संरक्षण गृहहरुको अनुगमन, समाज कल्याण सम्बन्धी प्रदेश योजना आयोगसँग नीतिगत पैरवी), बाल विवाह (बाल हिंसा, लैङ्गिक हिँसा, बालबिवाह र विपदमा बाल संरक्षण सम्बन्धी सकारात्मक सामाजिक मूल्यको प्रवद्र्धन, पुरुष सहभागिता र स्थानीय सरकार, न्यायिक समिति, स्थानीय प्रहरी र समुदायमा आधारित संरचनाको क्षमता सुदृढीकरण), बाल विवाह अन्त्य सम्बन्धी राष्ट्रिय योजना, समन्वय र अनुगमन समितिको वैठक, दलित बिपन्न तथा घरवार विहीन जोखिमयुक्त नागरिकका लागि बस्ति स्तरमा स्वास्थ्य शिविर तथा श्रम रोजगार शिविर सञ्चालन कार्यक्रम, छोरी बुहारी मुलप्रवाहीकरण गर्न सचेतनामूलक स्वाथ्य शिक्षा, औपचारिक शिक्षा र श्रम सम्बन्धि एकिकृत कार्यक्रम, वृद्धाश्रम संचालन तथा दिवा सेवा केन्द्र र जोखिममा रहेका बालबालिकाहरुलाई सहयोग जस्ता कार्यक्रम तथा कृयाकलापहरु लकडाउनका कारण संचालन हुन नसकेर बजेट फिर्ता भएको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ
बारेकोट गाउँपालिकाका लागि निकासा भएको ६४ लाखमा ५९ लाख ७९ हजार ४ सय ३३ रुपैया खर्च गरि ९१ दशकलब ८७ प्रतिशत वित्तिय प्रगति भएको छ । जुनीचाँदे गाउँपालिकाका लागि निकासा भएको ६४ लाखमा ६२ लाख ३६ हजार खर्चगरी ९७ दशमलब ४४ प्रतिशत वित्तिय प्रगति भएको छ । शिवालय गाउँपालिकाका लागि निकासा भएको ६४ लाखमा ५९ लाख २ हजार ४ सय ८२ रुपैया खर्चगरी ९२ दशमलब २३ प्रतिशत वित्तिय प्रगति भएको छ । कुशे गाउँपालिकाका लागि निकासा भएको ६४ लाखमा ६१ लाख ४७ हजार ८ सय ३८ रुपैया खर्च गरी ९६ दशमलब ६ प्रतिशत वित्तिय प्रगति भएको छ । नलगाड नगरपालिकाका लागि निकासा भएको ६४ लाखमा ५२ लाख ४८ हजार ४ सय ६४ रुपैया खर्चगरी ८२ दशमलब १ प्रतिशत वित्तिय प्रगति भएको छ । छेडागाड नगरपालिकाका लागि निकासा भएको ६४ लाखमा ६० लाख खर्चगरी ९३ दशमलब ७५ प्रतिशत वित्तिय प्रगति भएको छ । भेरी नगरपालिकाका लागि निकासा भएको ६४ लाखमा ६२ लाख ७० हजार ३ सय ५८ रुपैया खर्चगरी ९७ दशमलब ९७ प्रतिशत वित्तिय प्रगति भएको छ । ७ वटै पालिकामा कार्यक्रम अनुगमनका लागि निकासा भएको १ लाख ५० हजारमा सबै खर्च भएर सतप्रतिशत वित्तिय प्रगति भएको छ । जिल्लाका सात वटै पालिकाको लागि निकासा प्राप्त भएको ४ करोड ४९ लाख ५० हजार मध्ये ४ करोड १८ लाख ३४ हजार ५ सय ७५ रुपैया खर्चभई ९३ दशमलब ७ प्रतिशत वित्तिय प्रगति भएको कार्यालयले जनाएको छ ।

डिजिटल विद्यालय कार्यक्रम तर्फ
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको डिजिटल विद्यालय कार्यक्रम अन्तरगत नलगाड नगरपालिकाको जनकल्याण माविलाई निकासा प्राप्त २ लाखमा २ लाखनै खर्च भएर सतप्रतिशत वित्तिय प्रगति भएको छ । शिवालय गाउँपालिकाको विरेन्द्र मावि जुगाथापाचौरमा निकासा प्राप्त २ लाखमा २ लाखनै खर्च भएर सतप्रतिशत वित्तिय प्रगति भएको छ । छेडागाड नगरपालिकाको रामोदय मावि जेवामा निकासा प्राप्त १४ लाख ७७ हजारमा १४ लाख ७७ हजार खर्च भएर सतप्रतिशत वित्तिय प्रगति भएको छ । छेग्डागाड नगरपालिकाको जनप्रिय मावि दशेरामा निकासा प्राप्त १४ लाख ७७ हजारमा १४ लाख ७७ हजार खर्च भएर सतप्रतिशत वित्तिय प्रगति भएको छ । भेरी नगरपालिकाको शिवशंकर मावि जगतिपुरमा निकासा प्राप्त १४ लाख ७७ हजारमा १४ लाख ७१ हजार ८ सय ७५ रुपैया खर्च गरेर ९९ दशमलब ६५ प्रतिशत वित्तिय प्रगति भएको छ । जम्मा निकासा प्राप्त ४८ लाख ३१ हजारमा ४८ लाख २५ हजार ८ सय ७५ रुपैया खर्च भएर ९९ दशमलब ८९ प्रतिशत वित्तिय प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्