आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२९ गते
जाजरकोट

जनप्रतिनीधिहरुको बैठक भत्ता काटेर कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथाममा लगानी गर्ने नलगाड कार्यपालिकाको बैठकले निर्णय गरेको छ । बुधबार बसेको नलगाड कार्यपालिकाको बैठकले सबै जनप्रतिनीधिहरुको तीन वटा बैठकको भत्ता कटौती गरेर कोरोना नियन्त्रण तथा रोकथाममा लगानी गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसबाट विश्व प्रभावित भईरहेको बताउदै नगर प्रवक्ता राममाया शाही (हमाल) ले जनप्रतिनीधिहरुको बैठक भत्तालाई नगर कार्यपालिकाले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कोष मार्फत परिचालन गरिने जानकारी दिईन् ।

स्वास्थ्य सम्बेदनशिलतालाई ख्यालमा राख्दै नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्रका सबै आधारभुत स्वास्थ सेवा केन्दहरुको स्तर वृद्धि गर्ने, कतिपय नयाँ ठाउँमा आधारभुत स्वास्थ सेवा केन्दहरु स्थापना गर्ने निर्णय गरेको प्रवक्ता हमालले जानकारी दिएकी छन् । प्राथमिक स्वास्थ चौकी दल्लीलाई तत्काल मेसिनरी औजार खरिद गर्नको लागि बैठकले आबश्यक रकम बिनियोजन गरेको छ प्रवक्ता हामलले भनिन्–‘वडा नं १० मा कार्यरत अबस्थामै केहि दिन पहिला अचानक मृत्यु भएका कर्मचारी कबिराम रोकाको श्रीमतीलाई सान्तोना सहयोग स्वरुप नगरपालिकाले दुई लाख नगद दिने, मृतक कर्मचारी रोकाका आफन्तजनहरुले पाउनु पर्ने सेवा सुबिधाका बिषयमा नेपाल सरकार तथा विभागिय मन्त्रालयसंग अनुरोध गर्ने निर्णय भएको छ ।’

त्यसैगरी नगर कार्यपालिकाको बैठकले भेरी नगर पालिका–३ माथिल्लो थाप्लोमा रहेको अनाथ आश्रमलाई सहयोग स्वरुप एक लाख बजेट बिनियोजन गर्ने निर्णय गरेको प्रवक्ता हमालले जानकारी दिईएकी छन् ।

प्रवक्ता हमालले दिएको जानकारी अनुसार नगर कार्यपालिकाको बैठकले नेपाल जलवायु परिवर्तन सहयोग नमुना कार्यक्रम नलगाड–४ घुवारको पिपलचौरमा कार्यान्वयन गर्ने, एम्बुलेन्स सेवा सन्चालन निर्देशिका–२०७७ को मस्यौदा तयार गर्ने, आन्तरिक राजश्व सुधारका लागि पुरस्कार र दण्ड प्रणालीलाई लागू गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले नजिकै आउदै गरेको नेपालीहरुको महान् चार्ड वडा दशै तथा तिहारको औपचारिक रुपमा शुभ–कामना आदान–प्रदान गर्ने निर्णय गरेको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्