आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२८ गते
जाजरकोट

ब्लड क्यान्सर उपचारका क्रममा मृत्यू भएका कुशे गाउँपालिकाका– ५ पाँचकटियाका निराजन शर्माको परिवारलाई अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको छ । पिडित परिवारलाई क्रिया खर्चमा सहयोग पुर्याउने उदेश्य राखेर अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको हो ।

अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्का, केन्द्रिय सदस्य अटल आचार्य, अन्य विद्यार्थी नेता जगतध्वज शाही र दिनेश गौतम शर्मा लगाएतको टोली घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । अनेरास्ववियू जाजरकोटले विशेष श्रद्धान्जली सभाको आयोजना गरेर स्वर्गिय निराजनका बुवा रामचन्द्र शर्मालाई उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

नाबालक छोरा गुमाएको पिडामा छट्पटाई रहेका निराजनका आमा, बुवा र भाई बैनीलाई सान्त्वना दिनलाई अनेरास्ववियुले सहयोग गरेको जिल्ला संयोजक प्रदिप खड्काले भनाई राखेका थिए । विपन्न नागरिकहरुका पक्ष्यमा अनेरास्ववियूले साथ दिदै आएको बताउदै संयोजक खड्काले विद्यार्थी जीवन कालमै ज्यान गुमाउन पुगेका निराजनको परिवारलाई अनेरास्ववियूले निरन्तर रुपमा गर्न सकिने सहयोग गरिरहने बताएका थिए ।

गरिब र निमुखाहरुको राज्यसत्ता प्राप्तीका लागि अनेरास्ववियूले ठुला–ठुला संघर्ष र आन्दोलन गर्दै आएको बताउदै अनेरास्ववियूका केन्द्रिय सदस्य अटल आचार्यले सुन्दर भविश्यको सपनामा सजाईएको छोरालाई उपचारका क्रममा गुमाउदाको पिडाले आमा, बुवाको मात्र नभई अनेरास्ववियू जस्तो शक्तिशाली संगठनलाई पनि दुखी बनाएको भनाई राखेका थिए । केन्द्रिय सदस्य आचार्यले आमा, बुवालाई निराजनको अभाव भएको महसुस हुन नदिन अनेरास्ववियूले निरन्तर रुपमा सहयोग गर्ने बताएका थिए ।

छोरा गुमाएको दुखान्तपूर्ण पिडाको बेला घरमै पुगेर अनेरास्ववियूले गरेको सहयोगले आफुलाई पिडा कम भएको महशुस गराएको बुवा रामचन्द्र शर्माले भनाई राखेका थिए । छोराको उपचार गर्ने क्रममा र हाल सहयोग गर्ने सबै जनालाई शर्माले धन्यवाद दिएका थिए ।

उपचारकै क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निराजन शर्माको यही असोज १७ गते निधन भएको थियो । ब्लड क्यान्सबाट पिडित शर्माको १७ बर्षको उमेर मृत्यु भएको हो । शर्माको उपचारका लागि अनेरास्ववियू जाजरकोटले यो भन्दा पहिला पनि एक लाख दुइ हजार सहयोग गरेको थियो ।

बुधबार आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रमको सन्चालन अनेरास्ववियूका कार्यालय सदस्य दिनेश गौतमले गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्