आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाड नगरपालिकामा आव २०७६÷०७७ मा चालु र पुँजीगत तर्फ ९२ प्रतिशत वित्तिय प्रगति

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२८ गते
जाजरकोट

छेडागाड नगरपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा स्वीकृत कार्यक्रमको बार्षिक बजेट ६३ करोड ७८ लाख ८ हजार ३ सय ६७ रुपैया निकासा भएको थियो । जसमा चालु तर्फ ४३ करोड ५५ लाख २२ हजार ४ सय ३७ रुपैया निकासा प्राप्त गरेको नगरपालिकाले ४१ करोड ८० लाख ७७ हजार ७ सय ९९ रुपैया खर्च गरेर ९५ दशमलब ९९ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिएका छन् । प्रमुख महतराले दिएको जानकारी अनुसार पुँजीगत तर्फ २० करोड २२ लाख ८५ हजार ९ सय ३० रुपैयाको निकासा प्राप्त गरेको नगरपालिकाले १७ करोड २५ लाख १४ हजार ८ सय १९ रुपैया खर्च गरेर ८५ दशमलब २८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । चालु र पुँजीगत तर्फ जम्मा ५९ करोड ५ लाख ९२ हजार ६ सय १८ रुपैया खर्च गरेको नगरपालिकाले जम्मा वित्तिय प्रगति ९२ दशमलब ५९ प्रतिशत हासिल गरेको छ ।

भौतिक प्रगति
नगर अनुदानबाट संचालन गरिएका आयोजनाहरु
छेडागाड नगरपालिका वडा नं ३ अन्दरकोट मुटुकुना हुँदै वडा कार्यालय जोड्ने सडक निर्माण, वडा नं ३ कै अस्पताल तल्लोगाउँ हुँदै गैरीखोला सातुखाना जोड्ने सडक निर्माण, वडा नं ११ कालढुंगा फुपुन्ठाना पातिहाल्ना जोड्ने सडक निर्माण, वडा नं ७ पजारु टिकाचौर सडक निर्माण, वडा नं १३ पुरानोगाउँ गाँडेसाल सडक निर्माण, वडा नं ८ बुदार्न रौतनगाउँ डाँडागाउँ सडक निर्माण, वडा नं ६ बाहुनगाउँ देखि मेडुका पुल्ला क्रमागत सडक निर्माण, वडा नं २ भुसखोला अन्दरकोट पिपलतरा सडक निर्माण, वडा नं १० मछाइना खलटाकुरा क्रमागत कृषि सडक निर्माण, वडा नं १३ मनाघाट सिर्सेनी जोब्र काँडासाल्मा सडक निर्माण, वडा नं ९ सेरा चोत्रेचौर जिरेपानी सडक निर्माण, वडा नं १३ सानीपोखरी काँडासोती हुँदै डाँडा सडक निर्माण, वडा नं १ सोडारी मष्टा मन्दिर घडेरी सडक निर्माण, वडा नं १२ सोतखोला झाँक्री सल्ला आल साल्मा सडक निर्माण, वडा नं १० कोइतेनाउली सिचाई योजना निर्माण, वडा नं ८ ठुलाखोला सिंचाई योजना निर्माण, वडा नं १२ चौलेना पोख्रा खानेपानी आयोजना निर्माण, वडा नं ३ तल्लो लिरीमिली देखि तलिगाँउ खानेपानी आयोजना निर्माण, वडा नं ११ जनता आधारभुत विद्यालय भवन मर्मत, वडा नं ६ पुल्ला खानेपानी आयोजना निर्माण, वडा नं ४ पातलपानी चाल्नेमालिका खानेपानी आयोजना निर्माण, वडा नं ३ बजेना धौलाटाकुरा थापाटोल खानेपानी आयोजना निर्माण, वडा नं १२ मछलपानी काँडासाल्मा आल खानेपानी आयोजना निर्माण, वडा नं १३ लाँसी खानेपानी आयोजना निर्माण, वडा नं १२ जनकल्याण मावि घेराबार निर्माण, जनज्योती आधारभुत विद्यालय फिल्ड निर्माण, वडा नं ८ नेपाल राष्ट्रिय मावि घेरबार निर्माण, वडा नं ५ भाग्योदय मावि भवन निर्माण, वडा नं १० राम मावि घेरबार निर्माण, वडा नं १३ लोकतान्त्रिक प्रावि घेरबार निर्माण र वडा नं ४ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

आन्तरिक श्रोत, कर्णाली प्रदेश र नेपाल सरकारको अनुदानमा संचालिन आयोजनाहरु
वडा न. १३ को मालिका आधारभुत विद्यालयको क्रमागत २ कोठे भवन निर्माण, वडा नं २ क्रमागत भट्टमास ब्लक भवन निर्माण, वडा नं ५ भाग्योदय मावि बडावनको क्रमागत २ कोठे ब्लक निर्माण, मर्मत संभार तथा समपुरक कोषबाट थुप्रै आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।

वित्तिय समानिकरण अनुदानमा संचालित आयोजनाहरु
वडा नं, १ मा इन्द्रज्योती मावि भवन मर्मत तथा फर्निचर निर्माण, कालिका मावि व्यवस्थापन तथा फर्निचर निर्माण, खारा सामुदायिक भवन शौचालय निर्माण तथा व्यवस्थापन, गुसारा बालविकास भवन निर्माण तथा व्यवस्थापन, पोख्रेपन्न क्रमागत मन्दिर निर्माण र वडा नं २ को वडा कार्यालय हल निर्माण भएको छ ।

वडा नं, २ मा घट्टेखोला धर्मशाला सिंचाई योजना निर्माण, चुलेधारा रिप्का जुकेफाल्ना थानाती खानेपानी मर्मत, जीवनज्योती प्रावि भवन निर्माण, मन्काल मन्दिर निर्माण, मालिका सामुदायिक बालविकास भवन निर्माण तथा फर्निचर निर्माण र शंकरस्थान आधारभुत विद्यालय घेरबार निर्माण निर्माण भएको छ ।

वडा नं, ३ मा क्याम्पस भवन देखि पुल्ला मेडुका सडक निर्माण, कोलछरा गैरी खोला खानेपानी आयोजना निर्माण, गैरागल्या खानेपानी आयोजना निर्माण, टाटा दलितटोल खानेपानी आयोजना मर्मत, थलेचौर खानेपानी मर्मत, बडिमूल अन्दरकटेरी खानेपानी मर्मत, जनविकास प्रावि फिल्ड तथा घेराबार निर्माण र दशेरा भयाँर मन्दिर निर्माण कार्य सम्पन्न भएको छ ।

वडा नं, ४ मा चौतारा देखि विसुनहाल्ने चौर सडक निर्माण, जेवाकोट देखि चाल्ने मालिका सडक निर्माण, जेवाकोट देखि चौरजेवा गल्पा सडक निर्माण, सिद्धडाँडा देखि कोलकाँटियाँ सडक निर्माण र विद्याज्योती आधारभुत विद्यालय फिल्ड निर्माणको काम सम्पन्न भएको छ ।

वडा नं, ५ मा फलिहाल्ना देखि माविसम्म घोरेटोबाटो निर्माण, हितद्याउन देखि सुगुरखालसम्म घोरेटोबाटो निर्माण, धैयाटोल मुग्र खानेपानी योजना निर्माण, लेवाखोला बेतेनी चंखिला खानेपानी आयोजना निर्माण, वडवान गुयाली धारा खानेपानी निर्माण र पूर्णज्योती प्रावि शौचालय निर्माणको काम सम्पन्न भएको छ ।

वडा नं, ६ मा जनविकास मावि फर्निचर निर्माण, लाममेला देखि पैरापानी सिंचाइ योजना, साङटा सिंचाई पोखरी निर्माण, पुरानपानी राँकाडाँडा खानेपानी आयोजना निर्माण, पुरानपानी खानेपानी आयोजना मर्मत, मेडुका खानेपानी आयोजना मर्मत, राँगा मटेला रातामाटा खानेपानी आयोजना मर्मत, सानीमेला खानेपानी आयोजना मर्मत, जनभावना मेहेल्ने शौचालय निर्माण, खोपकेन्द्र निर्माण नाउली र जनशक्ती आधारभुत विद्यालय छाना मर्मतको काम सम्पन्न भएको छ ।

वडा नं, ७ मा टिकाचौर खानेपानी आयोजना मर्मत, वडा कार्यालय पाइप खरिद, भानुभक्त आधारभुत विद्यालय पैराम २ कोठे भवन निर्माण, महाजैसी मन्दिर निर्माण र सामुदायिक बालविकास केन्द्र शौचालय निर्माणको काम सम्पन्न भएको छ ।

वडा नं, ८ मा पशुपति आधारभुत विद्यालय रौतनगाउँ छाना मर्मत तथा फर्निचर निर्माण, शिव प्रावि छाना मर्मत, झिंग्रा बेठारेचौर खानेपानी आयोजना रौतनगाउँ थप, तल्लो घोगी खानेपानी आयोजना मर्मत, नाउली नाउला गैरा खानेपानी आयोजना निर्माण, माथिल्लो घोगी खानेपानी आयोजना मर्मत, इन्द्रज्योती आधारभुत विद्यालय रुप शौचालय निर्माण, डाँडागाउँ दुध्या मष्टा मन्दिर निर्माण, रुप नदाइ मन्दिर निर्माण, घोगी बज्यैको मन्दिर निर्माण, डाँडागाउँ भैयार मन्दिर निर्माण बादी टोल, रौतनगाउँ महादेव मन्दिर निर्माण, विजय प्रावि पौजा घेराबार निर्माण र सल्याना डाडाँगाउँ दलितटोल मन्दिर निर्माणको काम सम्पन्न भएको छ ।

वडा नं, ९ मा डाँडा पजारुदेखि गैरा पजारुसम्म सडक निर्माण, सेराचोत्रेचौर सडक निर्माण, खानेपानी एक घर एक धारा डिपिआर निर्माण, खानेपानी मर्मत, घट्टे विरालडाँडा खानेपानी आयोजना निर्माणका काम सम्पन्न भएका छन् ।

वडा नं, १० मा आरुखर्क अन्नपुर्ण आधारभुत विद्यालय सडक निर्माण, मछाईना खलटाकुरा कृषि सडक निर्माण, कोटमारा तल्लो बुकेरा खानेपानी आयोजना मर्मत, ढारखर्क खानेपानी आयोजना मर्मत, दुधेखर्क मछाइना खानेपानी आयोजना मर्मत, राचेकुरी खलटाकुरा खानेपानी मर्मत, सुर्योदय प्रावि खानेपानी आयोजना मर्मत, सुवापानी खानेपानी आयोजना मर्मत, सासौरे जलजला खानेपानी आयोजना निर्माण, सिम्दाला खानेपानी आयोजना मर्मत, पूर्णसरसफाई कार्यक्रम, नाउली सामुदायिक भवन निर्माण र सरस्वती आधारभुत विद्यालय छाना मर्मतको काम सम्पन्न भएको छ ।

वडा नं, ११ मा खरानाउली सडक तारजाली निर्माण, ओखलढुंगि खानेपानी निर्माण, गुयाली खानेपानी निर्माण, छिपछिपे घट्टाला टोल क्रमागत खानेपानी निर्माण, झाप्राटोल खानेपानी निर्माण, दमाईटोल खानेपानी निर्माण र पाईप खरिद माझँगाउँ चौरधारा खानेपानी मर्मतका काम सम्पन्न भएका छन् ।

वडा नं, १२ मा मनाघाट शहिद पार्क तथा सार्वजनिक जग्गा व्यवस्थापन, चाख्लेपाखा विद्यालय लामाडाँडा सडक निर्माण, संग्रैनीगैरी काप्तोला सडक निर्माण, जाम्नेखोला पाईप सिंचाई योजना, बल्ले सिंचाई योजना र काँडाटोलमा लिफ्ट खानेपानी डिपिआर निर्माणका काम सम्पन्न भएका छन् ।

वडा नं, १३ मा खारा सिम्ली हुँदै डौरीकाँडासम्म सडक निर्माण, चैतेटाकुरा लाखुरी सडक निर्माण, लाँसी हुँदै वडा नं १२ को मेलमुडासम्म सडक निर्माण, चुकेना खानेपानी योजना निर्माण धुम्पा सिमचौर खानेपानी मर्मत, भुम्पा खानेपानी निर्माण र सिमाधारा पैयाचौर खानेपानी आयोजना मर्मतका कामहरु सम्पन्न भएका छन् ।

न्याय तथा कानुनी सेवा तर्फका उपलब्धी
नगरपालिकाले जम्मा ५७ वटा कानुनहरु निर्माण गरेको, गत आर्थिक वर्षमा १७ वटा कानुन निर्माण गरिएको, ४५ वटा कानुन राजपत्रमा प्रकाशित गरिसकेको (स्थानीय सरकार संचालन ऐन २०७४ जारी हुनुभन्दा अघी निर्माण गरिएका कानुन राजपत्रमा प्रकाशन गर्ने प्रावधान नभएकोले राजपत्रमा प्रकाशन नगरिएको) । जसमा १६ वटा ऐन, १० वटा निमावली, २१ वटा कार्यविधी, ६ वटा निर्देशिका, २ वटा आचारसंहिता र २ वटा मापदण्ड रहेका छ ।

३० जना मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । वडास्तरका मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गर्ने तयारी गरिएको छ ।

सुशासन तर्फ
सुशासन कायम गर्न छेडागाड नगरपालिकाले सबै वडाहरुमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सबै आयोजनाहरुको सार्वजनिक परीक्षणलाई अनिवार्य गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नामावली सम्बन्धित वडा कार्यालयमा प्रकाशित गरिएको छ । सुचना अधिकारी, वेवसाईट, गुनासो सुनुवाई तथा गुनासो पेटिकाको व्यवस्था गरिएको छ ।

नगरपालिकाका मुख्य उपलब्धी
छेडागाड नगरपालिकाले गत आर्थिक बर्षमा १ सय ९८ किलोमीटर नयाँ सडकको ट्रयाक खोली हालसम्म जम्मा ३ सय ८० किलोमीटरस डक नयाँ ट्रयाक खोलेको, नमूना विद्यालय निर्माण गर्ने नीति अनुसार कार्यक्रम संचाचल गरिरहेको, सुयाडा क्षेत्रलाई पर्यटन गन्तव्य स्थलका रूपमा निर्माण गरिरहेको, बालबालिकामा गरिने लगानीलाई पहिलो प्राथिमकतामा राखेको, बाल अक्षयकोष स्थापना गरी संचालनमा ल्याएको, ‘कृषकसँग मेयर’ कार्यक्रम संचालनमा ल्याएको, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरीसकेको, हालसम्म ६ वटा झोलुङ्गे पुलहरुको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याईएको, गत आर्थिक वर्षका खानेपानी आयोजनाबाट लाभान्वित घरधुरी संख्या २ सय ५ रहेको र हालसम्म नगरपालिकाका १ हजार ५३ घरधुरी खानेपानी आयोजनाबाट लाभान्वित भएको, गत आर्थिक वर्षका ३ वटा सिंचाई योजनाबाट ६ हेक्टर जमिन सिंचाई भएको र हालसम्म जम्मा २४ हेक्टर जमिन सिंचाई पुगेको, गत आर्थिक वर्षमा ५ किलोवाट विद्युत उत्पादन गरी हालसम्म ८ किलोवाट विद्युत उत्पादन भएको, ३ किलोमिटर विद्युत प्रशारण लाईन विस्तार गरिएको, गत आर्थिक वर्षमा ३३ वटा र चालु आर्थिक वर्षमा १८ वटा विद्यालय भवनका कक्षाकोठाहरु निर्माण गरी जम्मा ५१ भवनका कक्षाकोठाहरु संचालनमा आएको, सशर्त अनुदानबाट ८ वटा स्वास्थ्य चौकीहरु भवन निर्माणाधिन अवस्थामा रहेका, गत आर्थिक वर्षमा ९ र चालु आर्थिक वर्षमा ३ वटा सामुदायिक भवनहरु निर्माण गरिएको, नगरको नाममा ९ रोपनी जग्गा नामसारी गरिएको र नगरको प्रशासनिक भवन निर्माणको लागि डिपिआर गरिसक्नुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएको प्रमुख महतराले जानकारी दिएका छन् ।

समस्था तथा चुनौतिहरु
कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण समयमै र प्रभावकारी रुपमा काम हुन नसकेको, यस वर्षको अत्याधिक वर्षाको कारण सडक यातायात अवरुद्ध हुदा महंगी बढ्नुका साथै दैनिक जीवन यापनमा कठिनाई भएको, प्रदेश तथा संघबाट आउने केही बजेट असार मसान्तको नजिक अख्तियारी प्राप्त हुँदा खर्च गर्न नसक्नु, सार्वजनिक सुनुवाई जस्ता कृयाकलापहरु नियमितरुपमा संचालन नहुँदा योजनाको कार्यान्वयनको प्रभावकारीता जाँच गर्न नसकिनु, समयमा केन्द्र र प्रदेश सरकारबाट बजेट सिलिङ्ग र मार्गदर्शन प्राप्त नहुनु, वर्षातको पानी र हावाहुरीका कारण वर्षेनी नगरपालिकाका केही विद्यालयहरू तथा व्यक्तिका घर जग्गाहरु पूर्णरूपमा क्षति भएको र क्षति भएका घरपरिवारहरुलाई तत्काल राहत प्रदान गर्न नसक्नु, डढेलो, खोटो संकलन र चरिचरणका कारण वन विनास तीव्ररूपमा हुनु, केन्द्रीय विद्युत प्रसारण लाइन नगरपालिकाको केन्द्र र सबै वडाहरूमा पुर्याउन निकै चुनौति हुनु, टेलिफोन र इन्टरनेटको समस्या हुनु, मोर्कखोला, खाराखोला र मनघाट स्थित छेडाखोलामा पुल नहुँदा वर्षायाममा आवतजावतमा समस्या हुने गरेको, मध्यपहाडी राजमार्गको कार्कीगाउँ, झाप्राको काँडा फुप्ना जोड्ने ट्रयाक नखुलेको, कार्यालय नजिक प्रहरी पोष्ट नहुँदा सुरक्षा व्यवस्थामा समस्या रहेको, बैंक सेवाको सहज पहुच नहुँदा दैनिक कामकाजमा समस्या रहेको, प्रदेश सरकारबाट विनियोजित समपुरक बजेट ढिला प्राप्त हुँदा खर्च गर्न कठिनाइ भएको, योजना सम्झौताको काम चैत मसान्त भित्र सम्पन्न गर्न नसकिनुलाई नगरपालिकाले मुख्य समस्या तथा चुनौतिका रुपमा लिएको छ ।

सम्भावना, अबसर तथा सिकाई
कोरोना भाईरसको सन्त्रासका कारण हजारौ उद्यमशिल व्यक्तिहरु स्वदेश फर्केका छन् । उनीहरुको सीप तथा क्षमतालाई पहिचान गरी विभिन्न पेशा तथा काममा लगाउन सकिने, चालु आर्थिक वर्षको चैतपछि योजना सम्झौता गर्ने परिपाटीको अन्त्य गर्दा योजना कार्यान्वयन प्रभावकारी हुने, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट संचालित योजनाहरूको कार्यान्वयन प्रक्रिया स्पष्ट हुनुपर्ने, पालिकाबाट संचालन हुने कार्यक्रमहरूको जिल्ला समन्वय समितिबाट अधिकतम अनुगमन गरी पृष्ठपोषण प्राप्त भएमा उपयुक्त हुने, अन्तरपालिका समन्वय तथा सम्पर्कलाई अलि व्यापक बनाउनुपर्ने र दैनिक ज्यालादारीमा काम गर्ने परिपाटीको विकास गर्नुलाई नगरपालिकाले सम्भावना, अबसर तथा सिकाईका रुपमा लिएको छ ।

नगरपालिकाको आगामी योजना
उत्पादनशिल क्षेत्रमा लगानी बृद्धि गरी रोजगारी सृजना गर्न ‘कृषकसँग मेयर’ कार्यविधि तयार गरी योजना तर्जुमा र कार्यान्वयनको चरणमा रहेको, विद्यालय दरबन्दी अभावलाई पुर्ति गर्न विद्यार्थी शिक्षकको अनुपातको आधारमा अनुदान वितरण गर्ने परिपाटीलाई निरन्तरता दिईने, छेडागाड नगरपालिकाको एउटा विद्यालयमा प्राविधिक धारको पठनपाठन संचालन भएको र अन्य २ वटा माध्यमिक विद्यालयहरुलाई आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षालयको रुपमा प्रवद्र्धन गर्ने योजना रहेको र नगरपालिकाको समृद्धिको लागि विशेषज्ञहरुको सहभागितामा नगरको गुरुयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस्