आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै

संगठनको केन्द्रिय कार्यालय र पार्टी जिल्ला कार्यालयमा असहमति पत्र दर्ता

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२७ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू, जाजरकोटका केहि नेताहरुले मंगलबार संगठनको केन्द्रिय कार्यालय र पार्टी जिल्ला कार्यालयमा असहमति पत्र बुझाएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच संगठन एकताको बाँकी कामलाई पुरा गरेर जिल्ला समिति, प्रदेश निर्वाचन क्षेत्र कमिटी, गाउँ तथा नगर कमिटी र क्याम्पस कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकहरुको नामावली सार्वजनिक तथा घोषणा गरेको तेस्रो दिन आज तत्कालिन अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोगका सदस्य शेखर बोहरा र तत्कालिन अनेरास्ववियू जाजरकोटका सचिब रामचन्द्र घर्तीद्धारा हस्ताक्षर गरिएको असहमति पत्र संगठनको केन्द्रिय कार्यालय र पार्टीको जिल्ला कार्यालयमा बुझाएका हुन् ।

केन्द्रिय कार्यालयमा पुगेर तत्कालिन अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोगका सदस्य शेखर बोहराले संगठनका केन्द्रिय अध्यक्ष ऐन महरलाई असहमति पत्र बुझाएका छन भने, तत्कालिन अनेरास्ववियू जाजरकोटका सचिब रामचन्द्र घर्ती पार्टी जिल्ला कार्यालयमा पुगेर जिल्ला ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ र जिल्ला अध्यक्ष ढकवीर रानालाई असहमति पत्र बुझाएका छन् ।

गौरवपूर्ण ईतिहास बोकेका दूई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बिचको एकता गरी जिल्ला कमिटिलाई पुर्णता दिने सन्दर्भमा केन्द्रिय सदस्य डम्बर सिंह र संयोजक प्रदिप खड्काले संगठनको गरिमा र ओज घट्नेगरी संगठनको केन्द्रिय सर्कुलरलाई लत्याएर, संगठनको विधि विधान मिचेर, होटेलको बन्द कोठामा निश्चित स्वार्थ समुहको गुटगत बैठक गरि, आफु निकट बाहेक अन्य केन्द्रिय सदस्य, आयोग सदस्यको उपस्थिति र सरसल्लाह बिना साथै पार्टी फ्याक्सन ईन्चार्जको उपस्थिति बिना तत्कालिन अनेरास्ववियुको जिल्ला कमिटि, भुगोल कमिटी र क्याम्पस कमिटीका आफु निकटका पदाधिकारी बाहेकका अन्यलाई बाईपास गरेर, विद्यार्थी आन्दोलनमा क्रियाशिल भन्दा पनि अहिलेसम्म संगठनको कुनैपनि कमिटिमा आबद्ध नभएका साथिहरुलाई सिधै जिल्ला कमिटि सचिवालय सदस्य, भुगोल र क्याम्पस कमिटीको जिम्मेवारी दिई बनाईएको कमिटि आफुहरुलाई मान्ने नहुने बुझाईएको असहमिति पत्रमा लेखिएको छ–‘यस कार्यप्रति हाम्रो घोर आपत्ति छ ।’

विद्यार्थी आन्दोलनलाई नै बदनाम गराउनेगरी अबैधानिक र अबैज्ञानिक ढंगले बनाईएको आपत्तिजनक कमिटिलाई अबिलम्ब निलम्बन गरी संगठनको केन्द्रिय सर्कुलर बमोजिम सबैसंग छलफल गरी पुनः जिल्ला, भुगोल र क्पाम्पस कमिटी निर्माण गर्न जोडदार माग गर्दछौं पत्रमा उल्लेख गरिएको छ–‘संगठनको विधान र सर्कुलर विपरित गतिविधि गर्ने र गुटगत मानसिकताबाट लिप्त भएका अनेरास्ववियूका केन्द्रिय सदस्य र जिल्ला संयोजकलाई कारबाहीको माग गर्दछौं ।’

यतिवेला निर्माण तथा गठन गरिएका जिल्ला, भुगोल र क्याम्पस कमिटीहरु संगठनको जिल्ला अधिवेशनबाट नभएर दुई संगठनको एकताबाट गठन भएको अनेरास्ववियूका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले बताएका छन् । अनेरास्ववियूको नवौं जिल्ला अधिवेशनबाट ३३ सदस्य जिल्ला कमिटि निर्वाचित भएको जानकारी दिदै केस सिंहले ३३ सदस्यमध्ये आफु केन्द्रिय सदस्य भईसकेपछि बाँकी ३२ सदस्य मध्ये हाल दुई संगठन बीच भएको एकतामा अनेरास्ववियूबाट २६ जना सदस्य जिल्ला कमिटिमा सहभागी भई बाँकी ६ जना सदस्यलाई समितिमा समेट्न नसकिएको बताएका छन् ।

केन्द्रिय सर्कुलरको मापदण्ड अनुसार दुई संगठनको जिम्मेवारीमा रहेका, सरकारी जागिरमा रहेका, पार्टी र संगठनको कामबाट बिमुख भएकालाई संगठनबाट बिदाई गर्नुपर्दथ्यो र गरिएको छ सिंहले भने–‘संगठनको जिम्मेवारीमा ल्याउने कुरा, उचाई, तौल र छाँती नापेर ल्याउने भन्दा पनि निरन्तर संगठनको काममा रहेका साथिहरुलाई नै हामीले बैधानिक तरिकाले ल्याएका छौं ।’

अहिले बनाईएको जिल्ला कमिटी कोही कसैलाई अबैधानिक जस्तो लाग्छ भने, हामी खुल्ला बहस गर्न तयार छौं तर, असहमति पत्र बुझाएर संगठनका केन्द्रिय अध्यक्ष, पार्टी जिल्ला ईन्चार्ज र अध्यक्षलाई विवादमा ल्याउने प्रयास नगरियोस केन्द्रिय सदस्य सिंहले भने–‘संगठनका अध्यक्ष, पार्टी ईन्चार्ज र अध्यक्ष भनेको हामी सबैको अविभावक हो ।’


Tagged
प्रतिकृया दिनुहोस्