आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल जाजरकोटको एकता भेला सम्पन्न

मेघराज खत्रीको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति चयन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२७ गते
जाजरकोट

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) जाजरकोटको एकता भेला मंगलबार सम्पन्न भएको छ । सदरमुकाम खलंगामा सम्पन्न एकता भेलाले प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन, जाजरकोटको अध्यक्षमा मेघराज खत्रीलाई चयन गरेको छ । सम्पन्न एकता भेलाले खत्रीको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति चयन गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ईन्जिनियरहरुको संगठन PEAN को उपाध्यक्षमा मोहन मल्ल, सचिवमा महेश काफ्ले, कोषाध्यक्षमा सर्जन बुढालाई भेलाले सर्वसम्मत चयन गरेको थियो । PEAN जिल्ला समिति सदस्यहरुमा चाँदनी शाह, गोपाल शाही, नवराज शर्मा, जीवन शाही, मनोज केसी, विष्णु रोकाय, रविन कार्की, काँसल केसी र सर्मिला श्रेष्ठ चयन भएका छन । भेलाले जनक आर.सी र पदम थापा रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

ईन्जिनियरहरु देश विकासका मेरुदण्ड भएको राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले बताएका थिए । एकता भेला सफलताको शुभकामना मन्तव्य राख्दै कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले प्राविधिक जनशक्ति इमान्दार र जिम्मेवार भएपछि मात्र देशको विकासले फड्को मार्ने भनाई राखेका थिए । PEAN आफ्नो पार्टीको भातृ संगठन भएपनि पेशागत कामलाई राजनितिकरण गर्न नहुने श्रेष्ठले बताएका थिए । पेशागत काममा रहेर इमान्दारीता प्रदर्शन गर्नु नै पार्टी प्रतिको जिम्मेवारी र कर्तव्य पुरा हुने बताउदै श्रेष्ठले सबैको ध्यानाकर्षण गराएका थिए ।

बिकास निर्माणका काममा प्राविधिक जनशक्तिको महत्वपुर्ण भुमिका हुने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए थिए । नविनतम प्रविधिको प्रयोगले संसारलाई नयाँ ठाउँमा ल्याई पुर्याएको बताउदै नगरप्रमुख घर्तीले ईन्जिनियरहरुलाई क्षमताको विकाससंगै प्रविधिमैत्री बन्न आग्रह गरेका थिए ।

पेशागत हक हितको संरक्षण गर्न आफुहरु संगठित भएको PEAN कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष यज्ञ बहादुर कार्कीले बताएका थिए । केन्द्र, प्रदेश र जिल्ला तहमा संगठन विस्तार भईरहेको जानकारी दिदै कार्कीले संगठनको कार्यक्रम अनुसार नै जाजरकोटमा पनि जिल्ला समिति गठन गरिएको बताए । आफ्नो पेशा प्रति इमान्दार भएर सरकार र पार्टीले अघि सारेको ‘समृद्ध नेपाल–सुखी नेपाली’ राष्ट्रिय अभियानलाई पुरा गर्न संगठनले महत्वपूर्ण भुमिका खेल्ने कार्कीले भनाई राखेका थिए ।

PEAN कर्णाली प्रदेश कमिटीका सदस्य सुर्य प्रसाद लम्सालको अध्यक्षतामा जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भेलामा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, पुर्व साँसद रत्नप्रसाद शर्मा, नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्यला अध्यक्षा ढकवीर राना, प्रदेश कमिटी सदस्य यज्ञ बहादुर खत्री, भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्ती, नगर उपप्रमुख भावना भण्डारी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य प्रताप जैसी, कमान खड्का, नगर कमिटी अध्यक्ष मुकुन्द प्रसाद शर्मा, PEAN कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष यज्ञ बहादुर कार्की र पत्रकारहरुको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्