आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गजल

मिना गौतम प्रकाशित : २०७७/६/२७ गते
जाजरकोट

दुनियाँले मेरो खुशी, लुट्न थाल्यो आज यहाँ ।
आँखाबाट आशुधारा छुटन थाल्यो आज यहाँ ।

खुशि जति हराएर, पिडाहरु छल्कि दिदा,
मन भित्र ज्वालामुखी, फुट्न थाल्यो आज यहाँ ।

मनको सुख खोज्न दुःखसंग लड्नु भन्दा,
समयको असिनाले चुट्न थाल्यो आज यहाँ ।

गन्तव्यका यात्राहरु, अनायासै हराउदा,
विश्वश्ताको नाता पनि टुट्न थाल्यो आज यहाँ ।

जिबनकै उपहार गहँभरी आशु झर्दा,
चारैतिर ज्वारभाटा, उठन थाल्यो आज यहाँ ।


Tagged
प्रतिकृया दिनुहोस्