आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टुङ्गियो अनेरास्ववियू जाजरकोटको एकता प्रक्रिया

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२६ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (जाजरकोट) को एकता प्रक्रिया आईतबार टुङ्गिएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) संगठन बीच एकता पश्चात बनेको अनेरास्ववियुले एकताका बाँकी कामलाई पुरा गरेर प्रक्रियालाई टुङ्ग्याएको हो ।

माऊ पार्टी तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्र बिच पार्टी एकता भएपछि भातृ संगठनका रुपमा रहेका अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) संगठन बीच पनि एकता भएको थियो । राजनैतिक सहमतिका आधारमा गरिएको संगठन एकताले भने पूर्णता पाएको थिएन । यहि असोज १५ गते अनेरास्ववियु केन्द्रिय समितिले जारीगरेको सर्कुलरका आधारमा बसेको जिल्ला कमिटीको बैठकले संगठन एकताका बाँकी कामलाई पुरा गरेको अनेरास्ववियु जाजरकोटका संयोजक प्रदिप खड्काले जानकारी दिएका थिए । केन्द्रिय समितिको निर्देशनमा बाँकी रहेको संगठन एकताका कामलाई पुरा गरेर पार्टी जिल्ला कार्यालय र केन्द्रिय समितिलाई जानकारी दिएको संयोजक खड्काले भनाई राखेका थिए ।

राजनैतिक सहमतिका आधारमा जिल्ला कमिटीले पूर्णता पाएको जानकारी दिदै अनेरास्ववियु जाजरकोटका सह–संयोजक कृष्णराज सिंहले कमिटीलाई सपथग्रहण गराउने काम बाँकी रहेको बताए । सह–संयोजक सिंहले आगामी दशै र तिहारको बिचमा सम्भव भए केन्द्रिय अध्यक्ष, सम्भवन नभए सचिवालयका सदस्यहरुको आथित्यतामा जिल्ला कमिटीलाई सपथग्रहण गराउन लागि परेको जानकारी दिएका थिए ।

अनेरास्ववियुको विधानले गरेको व्यवस्था अनुसार नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य ईमाश्वर देवकोटा (विराक), जिल्ला कमिटि सदस्य नरबहादुर बस्नेतको बिशेष आथित्यता, अनेरास्ववियुका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, अटल आचार्य र चन्द्रबहादुर पुनको आथित्यता र जिल्ला संयोजक प्रदिप खड्का र सह–संयोजक कृष्णराज सिंहको विशेष सहभागितामा बसेको बैठकले अनेरास्ववियु, जाजरकोटले पूर्णता पाएको जनाईएको छ ।

पूर्णता पाएको अनेरास्ववियु, जाजरकोटको विवरण निम्न अनुसार रहेको छ :–
संयोजकमा प्रदिप खड्का रहेका छन् भने, सह–संयोजकमा कृष्णराज सिंह रहेका छन् । संयोजक खड्का तत्कालिन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुन भने, सह–संयोजक सिंह तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का कार्यबहाक अध्यक्ष हुन् ।

त्यसैगरी संयोजक खड्काको संयोजकत्वमा ७ सदस्य जिल्ला कार्यालय टीमको गठन भएको छ । जसमा तत्कालिन अनेरास्ववियुबाट प्रदिप खड्का, कृष्ण शर्मा र दिनेश गौतम रहेका छन् भने, तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य र राजन राना रहेका छन् ।

संयोजक खड्काको संयोजकत्वमा १६ सदस्य सचिवालय गठन भएको छ । जसमा तत्कालिन अनेरास्ववियुबाट प्रदिप खड्का, कृष्ण शर्मा, दिनेश गौतम, चागुनारायण बिष्ट, जानुका मल्ल, कृष्ण शाह, जगतध्वज शाही, डम्बर खड्का र तिलक खड्का रहेका छन् भने, तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य, राजन राना, धुर्वलाल शर्मा, टोपबहादुर वुढा र छवीराज सिंह रहेका छन् ।

त्यसैगरी ५१ सदस्य जिल्ला कमिटी गठन गरिएको छ । जसमा तत्कालिन अनेरास्ववियुबाट प्रदिप खड्का, कृष्ण शर्मा, दिनेश गौतम, चागुनारायण बिष्ट, जानुका मल्ल, कृष्ण शाह, जगतध्वज शाही, डम्बर खड्का, तिलक खड्का, दुर्गबहादुर श्रेष्ठ, राजेन्द्र विवश पुन, हरिबहादुर कार्की, महेन्द्र महतरा, तेजु बोहरा, प्रेम गिरी, मनरुप परियार, लक्ष्मी बिसी, प्रकाश शाही, राजन थापा, विमला सिंह, योगेन्द्र सिंह, केशवजंग वुढा, लोकेन्द्रनाथ योगी, बालकृष्ण शाही, कल्पना विक र अनिस रावल रहेका छन भने, तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य, राजन राना, धुर्वलाल शर्मा, टोपबहादुर वुढा, छवीराज सिंह, टेक बहादुर खत्री, जयबहादुर पुन, सोमराज केसी, प्रकाश न्यौपाने, लक्ष्मी आरसी, कविन्द्र घर्ती, मिना शाही, प्रेमबहादुर बस्नेत, शान्तबहादुर वुढा, गोविन्द चन्द, रेशम चन्द, शिव परियार, प्रदिप खत्री, लालबहादुर परियार, मेनुका केसी, हरि बहादुर रावत, विशाल किरण बस्नेत र नवराज सुनार रहेका छन् ।

त्यसैगरी जिल्लाको प्रदेश निर्वाचन क्षेत्रका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी दिएको छ । जसमा प्रदेश निर्वाचन क्षेत्र (क) को ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का धुर्वलाल शर्मालाई तोकिएको छ भने, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका कृष्ण शाहलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी संयोजकमा तत्कालिन अनेरास्ववियुका जगतध्वज शाही र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का हरिबहादुर रावतलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी । प्रदेश निर्वाचन क्षेत्र (ख) को ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका कृष्ण प्रसाद शर्मा र सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का प्रेमबहादुर बस्नेतलाई मनोनित गरिएको छ भने, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का प्रदिप खत्री र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका लक्ष्मी बिसीलाई मनोनित गरिएको छ ।

त्यसैगरी जिल्लाका सातवटै पालिकाका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी ताकिएको छ । जसमा बारेकोट गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका प्रेम गिरी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का बिशालकिरण बस्नेत, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का नवराज सुनार र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका विमला सिंहलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी नलगाड नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका चागुनारायण विष्ट, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का जयबहादुर पुन, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का टेकबहादुर खत्री र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका मनरुप परियारलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी भेरी नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका डम्बरबहादुर खड्का, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का गोविन्द चन्द, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का झरना चन्द र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका हरिबहादुर कार्कीलाई जिम्मेवारी दिईएको छ ।

कुशे गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का प्रकाश न्योपाने, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका जानुका मल्ल, संयोजकमा तत्कालिन अनेरास्ववियुका प्रकाश शाही र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का अर्जुनराज सिंहलाई जिम्मेवारी दिईएको छ ।

जुनीचाँदे गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका बालकृष्ण शाही, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का मिना शाही, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का कविन्द्र घर्ती र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका लोकेन्द्र नाथ योगीलाई जिम्मेवारी दिईएको छ ।

छेडागाड नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का लालबहादुर परियार, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका महेन्द्र महतरा, संयोजकमा तत्कालिन अनेरास्ववियुमा तिलक खड्का र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का गणेश अधिकारीलाई जिम्मेवारी दिईएको छ ।

शिवालय गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का टोप बहादुर वुढा, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका महेन्द्र महतरा, संयोजकमा तत्कालिन अनेरास्ववियुका योगेन्द्र सिंह र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का रमेश थापालाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी जिल्लाका तीन वटा क्याम्पसको ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी किटान गरिएको छ । जसमा भेरी ज्ञानोदय क्याम्पस खलंगाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का छवीराज सिंह, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका दुर्गाबहादुर श्रेष्ठ, संयोजकमा तत्कालिन अनेरास्ववियुका दिनेश गौतम र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का किशोर सिंहलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी नलगाड बहुमुखी क्याम्पस दल्लीको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का सोमराज केसी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका कल्पना विक, संयोजकमा तत्कालिन अनेरास्ववियुका अनिस रावल र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का शेरबहादुर विकलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी जन ज्ञानकुञ्ज क्याम्पस दशेराको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका लक्ष्मी बिसी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का लक्ष्मी प्रसाद शर्मा, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का राजन थापा र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका राजेन्द्र विवश पुनलाई जिम्मेवारी दिईएको छ ।

प्रतिकृया दिनुहोस्