आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लिङ्ग पहिचान पश्चात गरिने भ्रुणहत्याको एउटा कारण बलत्कार

नविन घर्ती प्रकाशित : २०७७/६/२५ गते
जाजरकोट

आजभोली बलत्कार घटनाका समाचारहरु दैनिक गरिने भजनकृतन जस्तैगरी रेडियोबाट सुनिन्छन । एल्बममा सजाईएका तस्विर जस्तैगरी अनलाईन पत्रिकाको मुख्य खबरमा बलत्कारकै समाचार बछ्याप–छ्याप्ती । अनि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा पनि बलत्कारकै चर्चा । केन्द्रीय ‘विषयवस्तु’ पनि यहि ।

‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजले सम्प्रेशन गरेको तथ्याङ्कमा गतवर्ष नेपालमा २ हजार भन्दा बढी ‘बलत्कार’ का घटना दर्ज भएका छन । यसलाई गणितीय हिसाबमा हेर्ने हो भने, नेपालमा दैनिक ५ वटा बलत्कारका घटना घट्छन ।

यो त घटना घटेपछि जनमानसम्म पुग्ने अंक गणित भयो । जनमानससम्म नआएका, भित्र–भित्रै थामथुम पारिएका, बग्रेल्ती बलत्कार घटनाको बास्तबिक तथ्याङ्क कति भयानक होला । तिनीहरूको हिसाब किताब कसले गर्ने ? लेखाजोखा हुन पर्छ कि पर्दैन ? उत्तर गर्भमै छ ।

मैले बुझेको कसैको ईच्छा विपरीत करणी गर्नु भनेको ‘बलात्कार’ हो । बलत्कार महिला वा पुरुष जोसुकैलाई पनि हुन सक्ने सम्भावित घटना हो । त्यसैले सबै सतर्क हुन जरुरी छ ।

अहिलेसम्म भएका बलत्कारका घटनाहरूको नालीबेली केलाएर हेर्ने हो भने, प्रष्टै देखिन्छ कि, नेपाल जस्ता विकासोन्मुख देशहरूमा लगभग ९९ प्रतिशत पुरुष दोषी छन । अझ भनौं महिलाहरुलाई नै जबर्जस्ती करणी गरिएको छ । यसको अर्थ यो होईन कि, महिलाहरु मात्रै सतर्क हुन जरुरी छ । न कि पुरुष सर्तक हुनु पर्दैन भन्ने होईन ।

किन गरिन्छ बत्कार ? सबै केशमा किन महिला मात्र बलात्कृत हुन्छन ? जति सचेतानाको कुरा गरे पनि किन बलत्कारका घटनाहरू दिन दुई गुणा रात चार गुणाको दरले बढि रहेका छन् ?

यसको अकाट्य जबाफ हो, हामी मान्छे नामका सचेत र बिवेकशिल प्राणीहरूले विकास गरेको पृतिसत्तात्मक सामाजले जन्माएको महिला र पुरुष बिच हेर्ने र बुझ्ने फरक दृष्टिकोण, गरिने भिन्न व्यवहारले बलत्कारका घटनालाई ओथारो दिने काम गरिरहेको छ ।

एउटै गर्भबाट जन्मेका छोरी भन्दा, छोरालाई राम्रो देख्ने सोच । आमा बाबुको एउटै काँखमा हुर्केका, एउटै मातृ र पृति स्नेहीतामा बाँचिरहेका छोरा र छोरी बिच गरिने विभेदले नै आज बलत्कारका घटनालाई प्रसय दिएको छ ।

विश्व मानवजातिको खोज तथा ईतिहासका बारेमा लेखेर संसार हल्लाएको, विश्व–विख्यात पुस्तक SapiensM A Brief History Of Humankind मा प्रोफेसर ÷ लेखक हरारीले लेखेका छन्ः–“समुह, कविला, राष्ट्र हुँदै अनेकन अवधारणामा अघि बढिरहेको मानव समाजमा, निजीसम्पत्ति जोरजाम गर्ने चक्करमा बिहेबारी भन्ने चलनको सुरुवात भएको थियो । त्यहि बेलादेखि, ‘महिलाहरु केवल भोग्या वस्तु हुन, उनीहरुलाई मनोरन्जनका साधनका रुपमा मात्र प्रयोग गर्नु पर्छ ।’, ‘महिलाहरू बच्चा जन्माउनलाई मात्रै बनेका हुन र उनीहरुलाई बच्चा मन्माउने मेसिनका रुपमा बुझ्नु पर्छ ।’ भन्ने जस्ता संकुचित सोचहरुले महिलाहरुको अनईच्छामा जबरजस्ती करणी हुने गरेका छन् ।”

छोरीलाई घर भित्रकै धन्दा गर्न मात्रै सिकाएर हुर्काउने, छोरालाई घर भित्र सिन्को भाँच्न नदिने, अनि घर बाहिरको मात्रै काम गर्ने भएपछि स्वतः छोरा मान्छेहरू उन्मुक्त भए । अनि, आफ्नो मनको गर्ने भए । अनि सुरु भयो, घरबाटै छोरी र महिलालाई दमन गर्ने चलनको सुरुवात ।

अब कुन पुरुषले महिलालाई दमन गर्दैन ? यस्तो स्कुलिङ्ग घरमै पाएर, देखेर हुर्किएपछि । तब कुन महिलाले जे पनि सहन अभ्यस्त ? घरमै आमाहरुले जे भएपनि सहने बानी सिकाए पछि ।

यसरी आफु, आफु वरिपरिका मान्छेहरू, अनि समाजका लगभग सबै सदस्यहरुको नालीबेली नियालि सकेपछि मलाई पनि यति भन्न मन लागेको छ–‘हरेक पुरुष सम्भावित बलत्कारी हो, यो समाज बलात्कारी जन्माउने सामाज हो, यो देशको कानुनले महिलाहरुको रक्षा गर्न सक्दैन, पुरुषहरुले गर्ने उपर्दोलाई बढवा दिनलाई मात्र बनेको कानुन हो ।’

यदि कानुन त्यसो हुदैन्थ्यो भने, आफ्नै नाबालिका छोरीलाई बलत्कार गर्न पछि नहट्ने नरपिपासु बुवाहरु कहाँबाट आए ? कुन समाजमा हुर्किए थिए ? कस्तो संस्कारबाट अघि बढेका हुन ?

अझ वाक्क लाग्ने कुरा त, पीडितले किटानी जाहेरी गर्दा समेत केही गर्न नसक्ने हाम्रो देशको कस्तो कानुन ? दोषीहरु दिनदहाडै खुल्ला स्वतन्त्र रुपमा हिड्डुल गर्न छुट दिने र सकारात्मक तरिकाले बुझ्ने तर, पीडित छोरी मान्छेले न्याय पाएर आत्म सम्मानका साथ बाँच्न पाउनुको सट्टा छिछी र दुरदुर दृष्टिकोणबाट बुझ्ने अपहेलित भएर बाँच्नु पर्ने ।

घटना स्थलमा पुगेर सप्रमाणहरु नष्ट गर्न हतार गर्ने पुलिस प्रशासन दोषीलाई कारबाही गर्नु साटो केही पैसा खाएर, गुपचुपमै कुरा मिलाउने प्रयास गर्छ ।

घटनाको दोषी पुरुष सामान्य गल्ती गरेको जस्तैगरी निर्वाद रुपमा समाजमा घुलमिल भएको हुन्छ । तर, पीडित महिला भने कलंक बोकेर आजीवन समाजबाट च्युत हुन्छिन । यस्तो परिपाटीको अझै पनि अन्त्य नहुने हो र यसैगरी बढी नै रहने हो भने, भोलिका आमाहरु छोरी जन्माउनु अगाडी केहि नसोच्लान भन्न पनि सकिदैन । सकिने पनि छैन छोरीहरुको भ्रुणहत्याको दर घटाउन ।

प्रतिकृया दिनुहोस्