आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयको ६६ प्रतिशत वित्तिय र ६८ प्रतिशत भौतिक प्रगति

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२४ गते
जाजरकोट

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटले आर्थिक बर्ष २०७६÷०७७ मा स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटमा ६६ दशमलब ४९ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ६८ दशमलब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

स्वीकृत बार्षिक कार्यक्रमको बजेट २७ करोड ८५ लाख ५९ हजारमा १८ करोड ४० लाख २६ हजार खर्च गरी ६६ दशमलब ४९ प्रतिशत वित्तिय प्रगति र ६८ दशमलब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय प्रमुख ज्वाला शाहीले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख शाहीले दिएको जानकारी अनुसार खानेपानी तर्फ १२ करोड ७ लाख ९७ हजार स्वीकृत बार्षिक बजेटमा ८ करोड ९२ लाख १२ हजार खर्चगरी कार्यालयले ७३ दशमलब ८५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ७९ दशमलब ४६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यसैगरी सिंचाई तर्फ ७ करोड १७ लाख ६२ हजार स्वीकृत बार्षिक बजेटमा ४ करोड ७९ लाख ४३ हजार खर्च गरी कार्यालयले ६६ दशमलब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ६९ दशमलब ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । नदी नियन्त्रण तर्फ २ करोड ८५ लाख स्वीकृत बार्षिक बजेटमा १ करोड ६० लाख ८० हजार खर्चगरी कार्यालयले ५६ दशमलब ४२ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ८५ दशमलब ३६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । उर्जा तर्फ ५ करोड २८ लाख स्वीकृत बार्षिक बजेटमा २ करोड ८७ लाख ११ हजार खर्च गरी कार्यालयले ५४ दशमलब ३८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ५४ दशमलब ३८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । भवन तथा मेसनरी औजार तर्फ १२ लाख स्वीकृत बार्षिक बजेटमा ८ लाख ३७ हजार खर्चगरी कार्यालयले ६९ दशमलब ७५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ६९ दशमलब ७५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । पुँजीगत अनुसन्धान तथा परामर्श तर्फ ३५ लाख स्वीकृत बार्षिक बजेटमा १२ लाख ४३ हजार खर्चगरी कार्यालयले ३५ दशमलब ५१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ भने, ३५ दशमलब ५१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

मुख्य उपलब्धी तर्फ
खानेपानी तर्फः ७ सय ५० घरधुरीमा व्यक्तिगत धारा जडान गरी ४ हजार ४३ जनसंख्या लाभाम्बित भएको कार्यालयले दावी गरेको छ । सिंचाई तर्फः १ सय २१ हेक्टर खेतीयोग्य जमिनमा सिंचाई पुगेको छ । नदी नियन्त्रण तर्फः १ सय १३ हेक्टर खेतीयोग्य जमिन नदी कटानबाट सुरक्षित भएको छ । उर्जा तर्फः बत्ति बिस्तारको लागि सामाग्री सप्लाई भई रहेको कार्यालयले जनाएको छ ।

मुहान दर्ता र उपभोक्ता समिति गठनमा बिबाद आउदा लक्ष्य अनुसारको प्रगति हासिल हुन नसक्नु, बजेट बिनियोजन नहुदा बिगत बर्षहरुमा सम्पन्न गरिएका खानेपानी, सिचाई र जल योजनाको मर्मत, सम्भार गर्नुपर्ने योजनाहरुको संख्या धेरै भएको तर, कम बजेटका कारण आबश्यकता अनुसार सम्बोधन हुन नसक्नु, बिगत बर्षमा सम्झौता भएका ठेक्काहरुको प्रगति सन्तोषजन नहुनुलाई कार्यालयले मुख्य समस्याका रुपमा लिएको छ ।

स्थानीय तहसँग समन्वय गरेर आयोजना कार्यान्वयनमा देखा परेका समस्याहरुको समाधान गर्ने प्रयास गरीएको, बिगतमा सम्झौता भएका ठेक्काको कार्य सम्पन्न गर्न ठेकेदार तथा निर्माण कम्पनीलाई ताकेता गरिनुलाई समस्या समाधानका लागि गरिएका प्रयासका रुपमा कार्यालयले लिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्