आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाडको आपतकालीन कोषमा नेकपाका नेता बिसीद्धारा २८ हजार जम्मा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/२१ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण बहादुर बिसीले छेडागाड नगरपालिकाको आपतकालिन कोषमा २८ हजार ५ सय ३१ रुपैया जम्मा गरेका छन् । यस बर्षको बाढी पहिरोबाट घरबास बिहिन भएका छेडागाड नगरपालिका भित्रकै बाढी पहिरो पिडितहरुलाई सहयोग गर्न उक्त रकम नगरपालिकाको आपतकालिन कोषमा जम्मा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छेडागाड नगर कमिटिको आयोजनामा सोमबार देखि मंगलबारसम्म मनघाटमा संचालन गरिएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उक्त रकम नेता बिसीले आपतकालिन कोषमा जम्मा गर्न छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरालाई हस्तान्तरण गरेको (नेकपा) छेडागाड नगर कमिटीका अध्यक्ष जयराम न्यौपानेले बताए ।

नेकपा शिवालय गाउँ कमिटीका ईन्चार्ज समेत रहेका नेता बिसीले जाजरकोटमै घर भएर हाल कोहलपुरमा बसोबास गरेका व्यक्तिहरुले स्वईच्छीक रुपमा संकलन गरेको रकम नगरपालिकाको आपतकालिन कोषमा जम्मा गर्ने गरि नगर प्रमुखलाई हस्तान्तरण गरिएको जानकारी दिएका थिए । वास्तविक बाढी पहिरो पिडितहरुको पहिचान गर्नुको साथै नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर वितरण गरिने राहतमा थप मद्दत गर्ने मनसायले उक्त रकम संकलन गरेर हस्तान्तरण गरिएको नेता विसीले भनाई राखेका थिए ।

नेकपाका स्थायी कमिटीका सदस्य एवं वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आथित्यतामा छेडागाड नगर कमिटीले दुई दिनसम्मको अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको अन्य अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश कमिटीका सह–ईन्चार्ज कालीबहादुर मल्ल, केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश कमिटीका सचिब तथा राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला ईन्चार्ज तथा राष्ट्रिय सभा सदस्य भैरब सुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला सह–ईन्चार्ज रामदीप आचार्य, केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला सह–ईन्चार्ज निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य तथा जाजरकोटका अध्यक्ष ढकवीर राना, कर्णाली प्रदेश कमिटी सदस्य कृष्णबहादुर बिसी, लालबहादुर महतरा लगाएतका नेताहरु रहेका थिए ।

प्रतिकृया दिनुहोस्