Hamro Sanchar

नेकपा कुशे–१ वडा कमिटीको बैठक सम्पन्न

नव प्रवेशीहरुलाई पार्टी कामको जिम्मेवारी दिने, वडा स्तरमा मत सर्वेक्षण गर्ने निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/६/१७ गते
जाजरकोट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुशे गाउँपालिका–१ को वडा कमिटीको बैठक सुक्रबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष अमरबहादुर चलाउनेको अध्यक्षता र कर्णाली प्रदेश कमिटी सदस्य तथा कुशे गाउँ कमिटीका ईन्चार्ज हरिभक्त नेपालीको बिशेष उपस्थितिमा वडा कमिटीको बैठक सम्पन्न भएको हो ।

२९ जनाको उपस्थिति रहेको वडा कमिटिको बैठकले नेपाली कांग्रेस र नेपाली कांग्रेस पार्टीका भातृसंगठन परित्याग गरेर नेकपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई पार्टी कामको जिम्मेवारी दिने निर्णय भएको वडा कमिटिका अध्यक्ष अमरबहादुर चलाउनेले जानकारी दिएका छन् । बैठकले वडामा पार्टीका तीन वटा टोल कमिटि, पार्टी सेल कमिटि र राष्ट्रिय युवा संघ, नेपालको वडा तथा टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने निर्णय गरेको छ अध्यक्ष चलाउनेले भने–‘ फर्मेट निर्माण गरि वडा स्तरमा नेकपा र नेपाली काँग्रेस पार्टीको मत सर्वेक्षण गर्ने, पार्टी संगठनको लेविलाई व्यवस्थित गर्ने निर्णय गरेका छौं ।’

साथै बैठकले वडास्तरीय खेल मैदान, कुशे–१ देखि छेडागाड–९ जोड्ने सडक र साँध लाग्ने शहिद पार्कलाई उत्कृष्ट आयोजनाका रुपमा छनौट गरी बजेट व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकार, संघीय सरकारको प्रतिनीधि सभा र राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको अध्यक्ष चलाउनेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्